Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

सरकारको हरेक गलत कदमको खबरदारी गर्छौँ: वर्षमान पुन

खबरडबली संवाददाता

राेल्पा । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले बिचौलियाको डिजाइनअनुसार सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्ने अनुमति दिन लागेको आरोप लगाएका छन् । सरकारको यो कदमले देशको अर्थतन्त्र डामाडोल हुने र यसको स्वामित्व पूरै बिचौलियाको हातमा पुग्ने  उनको भनाइ छ ।

आफू अर्थमन्त्री भएको वेलामा नै नयाँ स्टक एक्सचेन्ज खोल्न ठुलो दबाब आएको, तर अस्वीकार गरेको स्मरण गर्दै उनले त्यही बिचौलिया समूहले अहिलेको सरकार र अर्थमन्त्रीलाई प्रभावमा पारेर धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नेदेखि नयाँ स्टक एक्सचेन्जको अनुमति दिनेसम्मको खेल गरिरहेको उनले दाबी गरे । 

‘देशको आर्थिक समृद्धिका लागि हाम्रो सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न छोडेर यो सरकारले आर्थिक विचलन ल्याउन खोजिरहेको छ । स्वार्थ समूहले नै यो सरकार बनाएको भन्ने हाम्रो भनाइ अहिले सरकारले व्यवहारमा नै पुष्टि गरिरहेको छ,’ उनले भने, ‘अहिले नयाँ स्टक एक्सचेन्ज बिचौलिया समूहको योजनामा खुलाउन प्रक्रिया थाल्नु गलत छ । यो नीतिगत भ्रष्टाचारकै अर्को नमुना हो । नयाँ स्टक एक्सचेन्ज खोल्नुभन्दा पनि सरकारले नेपाल सरकारको स्वामित्वमा रहेको नेप्सेलाई नै सुदृढ गर्नुपर्छ । निजीलाई दिने सरकारको योजनामा अरबौँको भ्रष्टाचार र चलखेल हुँदै छ ।’ 

गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले धितोपत्र बजार सञ्चालनका लागि अनुमतिपत्र प्रदान गर्ने सम्बन्धमा गठित अध्ययन समितिको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो । उक्त प्रतिवेदनले नेपालमा दोस्रो धितोपत्र बजार सञ्चालनका लागि अनुमतिपत्र दिनु उपयुक्त हुने सुझाव दिएको थियो ।

आफ्नो निर्वाचन क्षेत्र रोल्पा जिल्लाका कार्यक्रमहरूमा व्यस्त रहेका नेता पुनले माओवादी लुंग्री गाउँपालिकाको पहिलो बैठकलाई सम्बोधन गरेका हुन् । पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुनले सरकारको यो गलत कदमको माओवादीले सदन र सडकबाट भण्डाफोर र खबरदारी गर्ने चेतावनी दिए । 

आफू अर्थमन्त्री हुँदा अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकारले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउँदै देशको समानुपातिक विकास गर्ने गरी ल्याएको बजेट अहिलेको सरकारले कार्यान्वयन नगरेर आर्थिक अराजकता सिर्जना गरेको उनको टिप्पणी छ । प्रधानमन्त्री केपी ओली, सत्तारूढ दलका नेता शेरबहादुर देउवा, अर्थमन्त्री विष्णु पौडेललगायतका नेताहरूले आफ्नो जिल्ला र चुनावी क्षेत्रमा बजेट केन्द्रित गरिरहेको उनले बताए । बजेटले कृषि, पर्यटन, जलविद्युत् र उद्योग तथा सूचना प्रविधिमा रूपान्तरणको परिकल्पना गरे पनि अहिलेको सरकारले त्यसको कार्यान्वयन नगरेर गल्ती गरिरहेको उनको भनाइ छ । 

यो सरकारसँग गति र मति दुवै नभएको टिप्पणी गर्दै नेता पुनले भने, ‘भुटानी शरणार्थीको फाइल बन्द गर्ने, सहकारीमा आफ्नो मा़न्छे जोगाउने र नयाँ–नयाँ सेटिङमा यो सरकार लागेको छ । हामी सरकारको हरेक गलत कदमको खबरदारी गर्छौँ ।’

केही समयअघि सम्पन्न उपनिर्वाचन र नेपाल पत्रकार महासंघको निर्वाचनले देशमा क्रान्तिकारी शक्तिहरूको विकल्प छैन भन्ने कुरा फेरि पुष्टि गरेको उनले तर्क गरे । समाजको बौद्धिक वर्गले काम गर्ने पत्रकार महासंघको चुनावमा प्रेस सेन्टरको मत बलियो हुनु, उपचुनावमा माओवादी जनमत बढाउँदै दोस्रो हुनुले पनि जनताले विकल्पका रूपमा माओवादी रोजेको छ,’ उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: