काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–भारतबिच निर्माण हुन लागेका अधुरा आयोजनालाई वर्तमान सरकारले अगाडि बढाउने बताएका छन् ।
बुद्धिष्ट वर्ल्ड पिस फाउण्डेसनद्वारा बिहीबार यहाँ आयोजित ‘इन्डो नेपाल समरसता रत्न अवार्ड’ कार्यक्रममा उनले नेपाल–भारतबिच यसअघि सम्झैता भई अधुरा रहेका आयोजना अगाडि बढाउन वर्तमान सरकार लागिपरेको बताए ।
“सरकारले ढिलासुस्ती नगरी अधुरा कामलाई अगाडि बढाएर समृद्ध मुलुक निर्माणमा लागेको छ”, मन्त्री खड्काले भने । उनले यस्ता कार्यक्रमले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ बनाउन थप सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
नेपालले भारतसँगै छिमेकी मुलुक चीन र अन्य राष्ट्रसँग पनि सुमधुर सम्बन्ध स्थापित गरेको मन्त्री खड्काले बताए । उनले दुई ठुला राजनीतिक दल मिलेर बनेको वर्तमान गठबन्धनको सरकार आगामी निर्वाचनसम्म जाने उल्लेख गरे ।
“हामीले आन्तरिक र अन्तराष्ट्रिय सम्बन्धलाई बलियो बनाउन सक्यौँ भने मात्र हाम्रा परराष्ट्र सम्बन्धहरू सुमधुर र स्थायी हुन्छन्, आन्तरिक सम्बन्धलाई मजबुत राखेर छिमेकीसँग पनि स्थायी र सुमधुर सम्बन्ध विस्तारमा लाग्नुपर्छ”, उनले भने ।
कार्यक्रममा पूर्वउपपराष्ट्रपति परमानन्द झा, उपसभामुख इन्दीरा राना, पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्वमन्त्री अब्दुल खान, पूर्वमन्त्री राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत व्यक्तिको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: