म्याग्दी। करोडौं रुपियाँ खर्चिएर निर्माण गरिएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहिन भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका १ दोवामा निर्माण भएको पालिकास्तीय अस्पताल भवन मेडिकल उपकरण, स्वास्थ्य जनशक्ति र अन्य पूर्वाधारको व्यवस्थापन नहुँदा दुई वर्षदेखि प्रयोगविहिन बनेको हो ।
'भवन मात्र ठडिएको छ । अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने अन्य पूर्वाधारको अभाव छ । मेडिकल उपकरण खरिद गर्ने बजेट छैन' गाउँपालिका अध्यक्ष भारतकुमार पुनले भने, ूभवन मात्र बनाएर अस्पताल सञ्चालन गर्न सकिँदैन । अस्पतालका लागि आवश्यक पर्ने पूर्वाधार र जनशक्ति माग गर्न तीन पटक सम्म संघीय सरकारसँग पुग्यौं हाम्रो कुराको सुनुवाई भएन । हजुरको मात्र होइन देशभर यस्तै समस्या छ भनेर जवाफ पायौं । अस्पताल संचालनमा ल्याउन नसक्दा अहिले भवन अलपत्र जस्तै बनेको छ '
संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्य अनुसार २०७९ फागुनमा अस्पताल भवन निर्माण सम्पन्न भएको थियो । भवन बनेको लामो समय हुँदा पनि अस्पताल सञ्चालनमा नआउँदा पालिकावासीहरु आधारभूत तहको स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको पालिका अध्यक्ष पुनले बताए।
पाँच करोड १२ लाख ६० हजार ६ सय ५२ रुपियाँ लागतमा अपाङ्गमैत्री पाँच शैया क्षमताको भूकम्प प्रतिरोधी भवन निर्माण भएको थियो । निर्माण भएको भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधी भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवास सहित ३५ वटा कोठा रहेका छन् । भवनको माथिल्लो तल्लाका तीनवटा कोठामा स्वास्थ्यकर्मीका लागि आवास निर्माण गरिएको छ ।
भवन निर्माणका लागि २०७८ वैशाख १७ गते रविना–अमित जेभीले सम्झौता गाउँपालिकासँग सम्झौता गरी भवन निर्माण गरेको थियो । भवन निर्माण सम्पन्न भएपनि निर्माण व्यवसायीलाई केही रकम भुक्तानी गर्न बाँकी रहेको पालिकाले जनाएको छ ।
आवश्यक सामग्री र जनशक्ति व्यवस्थापन गरी अस्पताल सञ्चालनका लागि गाउँपालिकाले संघीय सरकारसँग माग गरेको पालिका अध्यक्ष पुनले बताए। दोवाका बासिन्दाले अस्पताल निर्माण गर्न १२ रोपनी सात आना दुई दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका थिए । सो जग्गाको स्थानीय बजार मूल्य एक करोड रुपियाँ भन्दा बढी छ ।
अस्पताल भवन निर्माण लागि नौप्रसाद पुर्जाले एक रोपनी तीन पैसा, यादवबहादुर गर्बुजाले एक रोपनी आठ आना, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, अमरबहादुर गर्बुजाले पाँच रोपनी चार आना, घमती पुर्जाले १३ आना, कर्णबहादुर पुर्जाले दुई रोपनी दुई आना र टीकाबहादुर पुर्जाले साढे दुई आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए । अस्पताल भवन निर्माणका लागि निशुल्क जग्गा दिएका जग्गादाताहरु अस्पताल भवन अलपत्र पर्दा दुःखी भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १९ गते, २०८२ - १३:५३
फ्रान्स। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीलाई हत्या गरिएमा अमेरिका हस्तक्षेप गर्न तयार रहेको चेतावनी दिएको छन् । उनले इरानले प्र...
पौष १९ गते, २०८२ - १३:३३
काठमाडौँ। सन् २०२६ मा नेपाली क्रिकेट मैदानमा बाह्रै महिना सक्रिय हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार सार्वजनिक गरेको वार्षिक क्यालेन...
पौष १९ गते, २०८२ - १३:१४
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र चुलिएको आन्तरिक विवादका विषयमा आफूनिकट नेताहरू तथा कार्यकर्तासँग छलफल गरेका छन्। क...
पौष १९ गते, २०८२ - १२:५२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ बाट उम्मेद...
पौष १९ गते, २०८२ - १२:३४
चितवन। सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले सबै सञ्चार माध्यममा काम गर्नेहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने बताएको छन् । चितवनको भरत...
पौष १९ गते, २०८२ - ११:४०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवार बनेका फुटबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष स...
पौष १९ गते, २०८२ - ११:२२
दमक। झापा कन्काई नगरपालिका वडा नं. ४ स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत माईखोला पुल नजिक शनिबबार बिहान फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाले नि...
पौष १९ गते, २०८२ - ११:१६
काठमाडौँ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन...
पौष १७ गते, २०८२ - १६:५०
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...
पौष १७ गते, २०८२ - १६:४०
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...




प्रतिकृया लेख्नुहोस्: