Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

बर्दिवास अस्पताल कर्मचारीकै कमाउने अखडा, सेवाग्राही मारमा

विशाल बस्नेत

महोत्तरी । पालिकास्तरिय अस्पतालमा मधेश प्रदेश कै उत्कृष्ट मुल्यांकनमा परेको बर्दिवास अस्पतालको सेवा प्रवाहका विषयमा असन्तुष्टि बढ्दै गएकाे छ । अस्पतालले उपलब्ध गराउदै आएको कमजोर सेवा प्रवाहका कारण सेवाग्राहीहरुका असन्तुष्टि चुलिदै गएका हुन ।

`पर्याप्त जनशक्ति भएतापनी सामान्य रगत जाँचको लागि वाहिर जानू पर्दो रहेछ,` स्थानिय विनोद लामाले भने, ´अस्पतालको व्यवस्थापकिय पाटोको कमजोरीले विकृति बढिरहेको पाईयो ।´ अचम्मलाग्दो त कहाँनिर छ भने कर्मचारीहरुले अस्पतालमा आउने सेवाग्राहीलाई आर्थिक उपार्जन गर्ने हतियार बनाएका छन् ।

अस्पताल परिसरवाट बाहिर निस्केपछी झण्डै एक दर्जन औषधि पशल, प्याथोलोजी ल्याव, डाईग्नोसिस सेन्टर देख्न सकिन्छ । वाहिरपट्टी वाक्लै देखिने क्लिनक र औषधी पसलहरुले अस्पताल आन्तरिक रुपमा कति खोक्रो छ भन्ने जोफकोहीले सहजै अनुमान लगाउन सक्छन ।

अस्पतालको वाहिरी गेट देखी परिसरको गेटसम्म ३० मिटरको दुरीमा एक दर्जन स्वास्थ्य क्लिनक अस्पतालमा काम गर्ने कर्मचारीको नै सेटिङ्गमा खुलेका छन ।  यसमध्ये कतिपय खुलमखुला देखिन्छन भने कतिपय गुपचुप खोलेका छन । यसको एउटा उदाहरण हो स्मार्ट फार्मेसी, अस्पतालभित्र यो फार्मेसीका प्रोपाईटर सियाराम महतो फार्मेसी इन्चार्ज छन । 

`भित्र पाउने औषधि समेत छैन भनेर बाहिर पठाउने र मोटो रकम कमाउने हतियारको रुपमा अस्पताललाई प्रयोग गररिएको रहेछ,´ अर्का सेवाग्राही रमिला प्रधानले भनिन, `निक्कै ठुलो विकृति रहेछ ।´

अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ को दफा ११ को उपदफा ११ अनुसार अस्पताल परिसरमा औषधिको व्यापारिक प्रवद्वन सम्बन्धी कुनै पनी क्रियाकलाप गर्न नपाईने स्पष्ट व्यवस्था छ । तर खुलेआम वाक्लै संख्यामा खुलेका फार्मेसीले अस्पतालको व्यवस्थापकिय पाटो माथी नै गम्भीर आसंका उत्पन्न गराएका छन्  ।

अस्पतालका प्रबक्ता जगत खडका अस्पताल परिसरमा केही अभाव भयो भने मात्र बाहिर जाने यदपी यथेष्ट सुविधाहरु परिसर भित्रै रहेको जिकिर गर्छन ।

तर सोमवार कयौ सेवाग्राही सिविसी चेक जाँचका लागि बाहिर खुलेका प्याथोलोजी ल्यावमा गएका देखिन्थे । यही विषयलाई लिएर  विनोद लामाले प्रबक्ता खडकालाई अस्पतालको यस्तो विकृतिको विषयमा ध्यानाकर्षण गराईरहेका थिए ।

अस्पतालको गेट नजिकै राधे राधे प्याथोलोजी ल्यावका संचालक विजय महतोका अनुसार भित्र मेसिनहरुले काम नगर्दा भिडियो एक्सरे लगायत सम्पुर्ण जाँच गर्ने गरिन्छ ।

महतोले एकजना वाहिरी डाक्टर समेत राखेका छन । `कहिलेकाँही विरामीहरु सिधा यहाँ आउनुहुन्छ अनि यतैवाट डाक्टर वोलाउछौ । पहिले- पहिले भित्रवाट पनि डाक्टर सापहरु वोलाउने गर्दथ्यौ,´ महतोले भने ।

त्यस्तै हयापी फार्मेसीका संचालक सुनिल महतो पनि अस्पताल कै फार्मेसी डिपार्टमेन्टमा काम गर्छन । औषधि विभागका कर्मचारीले बाहिर आफ्नै औषधि पसल राख्नुलाई पनि धेरैले अनौठो मानेका छन ।

 `भित्र औषधिहरु नपाईने भएकाले वाहिर सवै औषधि पाउनेगरी राखेको हौ ।´ संचालक महतोले भने । `सकेसम्म सेवाग्राहीहरु टाढा जान नपरोस भन्ने अभिप्राय हो ।´

 तर सेवाग्राहीहरुलाई अस्पतालमा औषधि खरिद गर्दा र बाहिर खरिद गर्दा ५० प्रतिशत भन्दा बढी पर्ने स्थानिय उर्मिला घिमिरे वताउछिन ।

अस्पतालले निर्धारित सेवा सुविधामा ध्यान पुर्‍याउन नसक्दा अस्पताल वरपर नै  मेरो फार्मेसी, राम्रो फार्मेसी, खुसी फार्मेसी लगायतका आधा दर्जन फार्मेसीहरु खुलिसकेका छन भने अझै खुल्ने क्रममा छन ।

यतिमात्र हैन ३० मिटर कै वरपर कतिपय पोलिकिल्निकहरुले त प्रयोगशाला नै राखेर सेवाग्राहीहरुलाई अस्पताल जान वाटो छेक्ने गर्दछन ।

 सुदिक्षा प्याथोलोजी, खुसी मेडिकल एण्ड डाइग्नोसिस सेन्टर, ओम प्याथोलोजी एण्ड डाईग्नोसिस सेन्टर लगायतका पोलिकिल्निकहरु निर्वाध संचालन भैइरहेका छन ।

तर अस्पतालमा यति धेरै वेथितीहरु देखिएतापनी जनप्रतिनिधि र व्यवस्थापन समितिका पदाधिकारीहरु मौन देखिन्छन । अस्पतालमा भएका विकृतिहरुको विषयमा जानकार रहेको वताउदै क्रमशः सुधार गर्दै अगाडि वढीरहेको अस्पतालका प्रबक्ता जगत खडकाको दावि छ ।

 केमिकल सकिएको कारण सिविसीलाई निरन्तरता दिन नसकिरहेको स्विकार गर्दै ल्याव इन्चार्ज मनोज राय समस्याको सावधान छिट्टै हुने वताए ।

 तर सेवाग्राहीहरु यस्तो वहाना हरेक विभागमा वनिरहने गुनासो गर्छन । बर्दिवास-३ कि उर्मिला घिमिरे यदि सोझो वन्यो भने सवै काम गर्न सेटिङ्गमा बाहिर जान बाध्य वनाउने गुनासो गरिन ।

यसैलाई फाईदा उठाएर वाहिरवाट आएर किल्निक  खोल्ने क्रम समेत वढेको छ । परिणामस्वरूप लाहान अल्ट्रासाउन्ड किल्निक भर्खरै खुलेको छ । 

आफुलाई डा.प्रमोद साह वताउने यस्का प्रोपाईटरले भित्र दिने सवै सुविधा याँहा पाईने वताए ।

बाहिर निजि अस्पतालमा काम गर्ने कतिपयले समेत बर्दिवास अस्पताललाई लक्षित गरेर औषधी पशल तथा किल्निकहरु खोलेका छन् । अस्पतालको कमजोर व्यस्थापन र सेवाप्रवाहलाई मध्यनजर गर्दै यस्तै किल्निक खोल्ने अर्का पात्र हुन् प्रमोद महतो । उनी लालागढ़ अस्पतालको ल्याप्रोसीमा काम गर्ने गर्दछन । बर्दिवास ल्यावोटरी रिलाईवेवल नामले संचालन गरिरहेका महतोले अस्पतालको कमजोरीलाई फाईदा उठाएर पैसा कमाउने अस्त्र वनाएको देखिन्छ ।

नाम नखुलाउने सर्तमा अस्पतालका एक जना कर्मचारीका अनुसार अस्पतालको वरपर ८० प्रतिशत कर्मचारीहरुको औषधि पशल तथा किल्निकहरु छन् । जस्ले अस्पतालको सेवासुविधालाई कब्जामा लिएर धराशयी वनाईरहेको देखिन्छ ।

 यता बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले अस्पतालमा देखिएको वेथितिहरुको तत्कालै अनुगमन गर्ने वताएका छन् । अस्पतालका कर्मचारीहरुले त्यसरी औषधि पशल र किल्निक खोल्नु गलत भएको वताउदै तत्काल छानबिन प्रक्रियालाई अगाडी समेत वढाउने प्रतिवद्वता जनाए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनशक्ति अभावले अर्घाखाँचीका तीन अस्पताल भवन प्रयोगविहीन

अर्घाखाँची । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले करोडौँ रुपैयाँ लगानीमा निर्माण गरिएका अर्घाखाँचीका तीन वटा १५ शय्याका अ...

बागमती किनार सौन्दर्यीकरणको तयारी, छ स्थानमा पार्क निर्माण गरिने

काठमाडौँ । सरकारले बागमती नदी तथा उपत्यकाका विभिन्न खोला किनारका अतिक्रमित क्षेत्र खाली गराएपछि ती स्थानको संरक्षण र सौन्दर्यीकरणको काम अघि बढाउने तया...

युद्ध रोक्न प्रत्यक्ष संवादको प्रस्तावसहित जेलेन्स्कीले पुटिनलाई पठाए खुला पत्र

किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने (प्रत्यक्ष) वार्...

मिर्गौला रोगबाट श्रीमानको मृत्यु, कुमाल परिवारलाई किरिया खर्च जुटाउनै सकस

बुटवल । प्यूठानको झिमरुक गाउँपालिका–६ निन्युखर्ककी शान्ता कुमाल र उनका तीन छोरी गम्भीर आर्थिक संकटमा परेका छन्। दुवै मिर्गौला फेल भएपछि उपचारका क्रममा...

माडीमा बाघसँग मोटरसाइकल ठोक्किएपछि…

चितवन । माडीमा गुडिरहेको मोटरसाइकल अचानक बाघसँग ठोक्किँदा एकजना चालक घाइते भएका छन् । ​गयराति करिब ८:०० बजेको समयमा माडी नगरपालिका वडा नं. ९ स्थित रात...

आउन थाल्यो नेपाली आँप (तस्बिरहरू)

काठमाडौं । काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा उत्पादित नेपाली आँप भित्रिन थालेपछि बजारमा चहलप...

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी गर्दै उदाहरणीय बने मित्रबहादुर

नवलपुर । नवलपुरको कावासोती नगरपालिका–४ हसौराका मित्रबहादुर गाहा मगर व्यावसायिक तरकारी खेतीबाट वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गर्दै उदाहरणीय किसान...

सशस्त्रका ७ डीआईजीको सरुवा, ७ को पदस्थापन, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका सात जना नायब महानिरीक्षक (डीआईजी) को सरुवा र सात जनाको पदस्थापन गरेको छ । बिहीबार सशस्त्र प्रहरी बल, प्...

भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

चितवन । भरतपुर कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो ।  जिल्ला कारागारका प्रमुख रवीन्द्र...

वर्षासँगै तराईमा तातो लहर, १४ जिल्लामा सतर्कता

काठमाडौँ । मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending