ढाका। बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई ढाका फर्काउन भारतलाई कूटनीतिक नोट पठाएको जनाएको छ ।
हसिना गत अगस्ट ५ देखि भारतमा निर्वासित जीवन बिताइरहेका छन् । विद्यार्थी आन्दोलनको बीचमा उनी देश छोडेर भारत गएकी थिइन् ।
सो अघि शेख हसिना बंगलादेशमा २० वर्षसम्म सत्तामा रहेकी थिइन् । उनी पहिलो पटक २३ जुन १९९६ मा प्रधानमन्त्री बनेकी थिइन् ।
ढाकास्थित इन्टरनेशनल क्रिमिनल ट्रिब्युनल (आईसीटी) ले हसिना र उनका मन्त्रीहरू, सल्लाहकारहरू, सैन्य र प्रशासनिक अधिकारीहरूविरुद्ध'मानवता विरुद्धको अपराध र नरसंहारु को लागि पक्राउ पुर्जी जारी गरेको छ।
अन्तरिम सरकारका विदेशमन्त्री तौहीद हुसेनले आफ्नो कार्यालयमा पत्रकारहरुसँग भने, ‘हामीले भारत सरकारलाई कूटनीतिक सन्देश पठाएका छौँ कि हसीनालाई बंगलादेशमा न्यायिक प्रक्रियाका लागि ढाका फिर्ता पठाइयोस्।’
यसअघि गृह मन्त्रालयका सल्लाहकार जहाँगिर आलमले अपदस्थ प्रधानमन्त्री हसिनालाई भारतबाट सुपुर्दगी गर्न आफ्नो कार्यालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको जानकारी दिएका थिए ।
एक प्रश्नको जवाफमा उनले सञ्चारमाध्यमलाई भने, ‘हामीले उनको (हसिना) सुपुर्दगीका सम्बन्धमा परराष्ट्र मन्त्रालयलाई पत्र पठाएका छौं। प्रक्रिया अझै चलिरहेको छ।’
ढाका र नयाँ दिल्लीबीच सुपुर्दगी सन्धि भएको आलमले बताए । यो सन्धि अन्तर्गत हसिनालाई बंगलादेश फर्काउन सकिनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - १६:३७
तपाईंहरूले बनाएको कानुनअनुसार नै हामीले काम गरेका हौँ
आषाढ़ २६ गते, २०८३ - १६:१७
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नक...
आषाढ़ २६ गते, २०८३ - १६:०८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर ...
आषाढ़ २६ गते, २०८३ - १५:५९
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्न रोस्ट्रममा पुगेपछि भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर आफ्नो धारणा ...
आषाढ़ २६ गते, २०८३ - १५:५०
काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरू काठमाडौं महानगरपालिका घेराउ गर्न जाने क्र...
आषाढ़ २६ गते, २०८३ - १५:३४
काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा ...
आषाढ़ २६ गते, २०८३ - १५:१८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...
आषाढ़ २६ गते, २०८३ - १५:०१
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...
आषाढ़ २६ गते, २०८३ - १४:५१
काठमाडौं । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको शून्...
आषाढ़ २६ गते, २०८३ - १४:२९
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जनतामाथि कर र जरिवाना थोपर्दा नागरिकको जीवन सुरक्षित हुन नसकेको ...



प्रतिकृया लेख्नुहोस्: