काठमाडौँ । साउथ सुपरस्टार अल्लु अर्जुनको घरमा उस्मानिया विश्वविद्यालय संयुक्त कार्य समितिको सदस्य भएको दाबी गर्ने व्यक्तिहरूको समूहले तोडफोड गरेको छ । यस घटनामा ६ जनालाई पक्राउ गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेको छ ।
उस्मानिया विश्वविद्यालयको संयुक्त कार्य समितिका सदस्यहरूले हैदरावादको जुबली हिल्समा रहेको अर्जुनको घरमा आक्रमण गरेको भिडियो पनि सार्वजनिक भएको छ।
भिडियोमा उनको घरमा ढुंगा हानेको देख्न सकिन्छ । आइतवार, उस्मानिया विश्वविद्यालयका विद्यार्थीहरूको एक समूहले अर्जुनको घर बाहिर हंगामा मच्चाए र टमाटर फ्याँकेका थिए । प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको बताइएको छ ।
घटनाको समयमा अल्लु अर्जुन घरमा थिएनन् । अल्लु अर्जुनको घरमा जबरजस्ती प्रवेश गर्न खोज्दै भागदौडमा निधन भएका रेवतीको परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्तिको माग गरेका थिए भने भागदौडमा घाईते भएका र हैदरावादको एक निजी अस्पतालमा उपचार गराइरहेका ९ वर्षीया बालिका सृतेजलाई न्याय दिन पनि माग गरेका थिए ।
अल्लु अर्जुनले आइतबार एक विज्ञप्ति जारी गरेपछि घटना भएको जानकारी दिदै आफ्ना फ्यानहरूलाई कुनै पनि अपमानजनक भाषा वा व्यवहारबाट बच्न अनलाइन र अफलाइनमा संध्या थिएटर स्टम्पेड केसमा आफूमाथि लगाइएका नयाँ आरोपहरूको पोष्टमा नजोडिन आग्रह गरेका थिए ।
उनले पोस्टमा लेखेका छन्, 'म मेरा सबै फ्यानहरूलाई सधैं झैं जिम्मेवारीपूर्वक आफ्ना भावनाहरू व्यक्त गर्न र अनलाइन र अफलाइनमा कुनै पनि प्रकारको अपमानजनक भाषा वा व्यवहारको सहारा नगर्न अपील गर्दछु । आफुलाई मेरो फ्यान भनी गलत परिचय दिएर फेक आइडी र फेक प्रोफाईलबाट बदनाम गर्ने पोस्ट गर्ने विरुद्ध कडा कारबाही गरिनेछ । म फ्यानहरूलाई त्यस्ता पोष्टहरूमा संलग्न नहुन अनुरोध गर्दछु ।'
डिसेम्बर १३ मा, अल्लु अर्जुन हालै रिलिज भएको फिल्म पुष्प २: द रुलको प्रिमियरको क्रममा सन्ध्या थिएटरमा भएको दुखद भागदौडको सम्बन्धमा पक्राउ परेका थिए, जसमा रेवती नामकी एक महिलाको मृत्यु भएको थियो र घाइते भएका उनका छोरालाई आइसीयुमा उपचार भइरहेको छ । यस प्रकरणमा अल्लु अर्जुनले जेलमा एक रात बिताएपछि जमानत पाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - २०:५२
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार रातिदेखि शुक्रबारसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।...
आषाढ़ ३१ गते, २०८३ - २०:३९
काठमाडौं । करिब दुई वर्षअघि सातबुँदे सहमतिसहित सुरु भएको नेपाली कांग्रेस–एमालेको सत्ता सहकार्य अब अन्त्यतिर पुगेको संकेत देखिएको छ। कर्णाली र सुदूरपश्...
आषाढ़ ३१ गते, २०८३ - २०:१९
बारा । जनकपुरधामबाट काठमाडौंसम्म पैदल यात्रा गरिरहेका मिटरब्याज पीडितले गृहमन्त्री सुधन गुरुङसँगको वार्ताबाट पनि ठोस आश्वासन नपाएपछि आन्दोलन थप कडा बन...
आषाढ़ ३१ गते, २०८३ - २०:०९
काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी तथा अवकाशप्राप्त व्यक्तिको सम्पत्ति छानबिन सम्बन्धी सम्पत्ति छानबिन आयोगको कामकारबाही पुनः रोक्न अन्तर...
आषाढ़ ३१ गते, २०८३ - १९:५६
काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा राष्ट्रिय सुरक्षा अधिकारीहरूसँग बैठक गर्दै इरानविरुद्धको सैन्य कार...
आषाढ़ ३१ गते, २०८३ - ०९:१६
बाजुरा । स्थानीय सरकारहरूले दुर्गम बस्ती जोड्ने उद्देश्यले निर्माण गरेका ग्रामीण सडक अहिले बाजुराका गाउँबस्तीका लागि नै जोखिमको कारण बनेका छन्। मापदण्...
आषाढ़ ३१ गते, २०८३ - ०९:०६
पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ५ करोड रुपैयाँको बजेट ल्याए पनि खर्च भने २० अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ। आर्थिक ...
आषाढ़ ३१ गते, २०८३ - ०८:५७
काठमाडौं । असार महिना सकिँदासम्म देशभर धान रोपाइँ ५० प्रतिशत मात्र भएको छ। गत वर्ष यही अवधिमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। कृषि विभागका अनु...
आषाढ़ ३१ गते, २०८३ - ०८:५२
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ‘अनलाइन’ जुवा (सट्टाबाजी) खेलाउने तथा सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ...
आषाढ़ ३१ गते, २०८३ - ०८:४५
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्नुका साथै नयाँ विधेयक र अ...



प्रतिकृया लेख्नुहोस्: