Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

खोटाङ र उदयपुर जोड्ने सुनकाेसी नदीकाे फोक्सिनटारको पक्की पुल बाढीले बगाएपछि बेलिब्रिज निर्माण सुरु

खबरडबली संवाददाता

उदयपुर । गएको असोज महिनामा सुनकोशी नदीमा आएको बाढीले बगाएको पक्की पुलको विकल्पमा उक्त स्थानमा बेलिब्रिज निर्माण सुरु भएको छ । सगरमाथा लोकमार्गमा पर्ने सुनकोशी नदीमा रहेको फोक्सिनटारको पक्की पुल बाढीमा बगेपछि विकल्पको रूपमा बेलिब्रिज निर्माण सुरु भएको हो । 

सगरमाथा लोकमार्गबाट उदयपुर–खोटाङ जोड्ने फोक्सिनटारको पक्की पुल बाढीले बगाएपछि सिधा यातयात अवरुद्ध बनेको थियो । उदयपुरको रौतामाई गाउँपालिका– ५ फोक्सिनटार र खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका– ९ को लिच्कीराम्चेबिचमा पर्ने सुनकोशी नदीमा अहिले सीधा यातायात सञ्चालनका लागि बेलिब्रिज निर्माण सुरु गरिएको सगरमाथा लोकमार्ग गाईघाट–दिक्तेल योजनाका कार्यालय प्रमुख डिई पशुपति ज्ञवालीले बताए ।

उनले भने, ‘आर्यन कन्स्ट्रक्सन मल्टिप्रोज प्राइभेट लिमिटेडले ठेक्का लिएर काम सुरु गरिसकेको छ । अहिले ढुंगा जम्मा गर्ने, वाल लगाउनेलगायतका काम भइरहेको छ । सम्भवतः एक महिनाभित्र बेलिब्रिज निर्माण भएर सञ्चालनमा आउनेछ ।’ उनका अनुसार बेलिब्रिज निर्माणका लागि आर्यन कन्स्ट्रक्सन मल्टिप्रोज प्राइभेट लिमिटेडले एक करोड दुई लाख ९४ हजार ६७७ रुपैयाँ ७८ पैसामा ठेक्का लिएर काम सुरु गरिसकेको छ । 

निर्माण सम्पन्न भएर दुई वर्षअघि मात्र सञ्चालनमा आएको फोक्सिनटारको आर्क ब्रिज डिजाइनको पुल बाढीले बगाएपछि उदयपुर र खोटाङको सीधा यातायात अवरुद्ध भएको थियो । पुल बगेको स्थानमा बन्न लागेको बेलिब्रिजको सामान पुरानै अवस्थामा रहेकाले बेलिब्रिज निर्माण छिटो हुने सगरमाथा लोकमार्ग गाईघाट–दिक्तेल योजनाका कार्यालय प्रमुख डिई ज्ञवालीले बताए ।

११ करोड ६० लाखको लागतमा निर्माण भएको यो पक्की पुल सुरुमा गाईघाट–दिक्तेल सडक योजना कार्यालय र पछि पुल सेक्टर १ धरान–इटहरीको सुपरिवेक्षणमा बनेको थियो । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण नाै वर्षमा बल्ल निर्माण सम्पन्न भएको भए पनि पुल सरकारलाई हस्तान्तरण गरिनसकेकै अवस्थामा सुनकोशी नदीमा आएको बाढीले बगाएको थियो । 

पक्की पुल बगेपछि फोक्सिनटारमा यातायात ठप्प हुँदा यात्रुहरूले झोलुङे पुलको साहारा लिँदै आएका छन् । पूर्वी नेपाल तथा गाईघाटबाट खोटाङ चल्ने ठुला सवारीसाधन गाईघाट–कटारी हुँदै सिद्धिचरण लोकमार्ग भएर खोटाङको दिक्तेल पुग्ने गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: