उदयपुर । गएको असोज महिनामा सुनकोशी नदीमा आएको बाढीले बगाएको पक्की पुलको विकल्पमा उक्त स्थानमा बेलिब्रिज निर्माण सुरु भएको छ । सगरमाथा लोकमार्गमा पर्ने सुनकोशी नदीमा रहेको फोक्सिनटारको पक्की पुल बाढीमा बगेपछि विकल्पको रूपमा बेलिब्रिज निर्माण सुरु भएको हो ।
सगरमाथा लोकमार्गबाट उदयपुर–खोटाङ जोड्ने फोक्सिनटारको पक्की पुल बाढीले बगाएपछि सिधा यातयात अवरुद्ध बनेको थियो । उदयपुरको रौतामाई गाउँपालिका– ५ फोक्सिनटार र खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका– ९ को लिच्कीराम्चेबिचमा पर्ने सुनकोशी नदीमा अहिले सीधा यातायात सञ्चालनका लागि बेलिब्रिज निर्माण सुरु गरिएको सगरमाथा लोकमार्ग गाईघाट–दिक्तेल योजनाका कार्यालय प्रमुख डिई पशुपति ज्ञवालीले बताए ।
उनले भने, ‘आर्यन कन्स्ट्रक्सन मल्टिप्रोज प्राइभेट लिमिटेडले ठेक्का लिएर काम सुरु गरिसकेको छ । अहिले ढुंगा जम्मा गर्ने, वाल लगाउनेलगायतका काम भइरहेको छ । सम्भवतः एक महिनाभित्र बेलिब्रिज निर्माण भएर सञ्चालनमा आउनेछ ।’ उनका अनुसार बेलिब्रिज निर्माणका लागि आर्यन कन्स्ट्रक्सन मल्टिप्रोज प्राइभेट लिमिटेडले एक करोड दुई लाख ९४ हजार ६७७ रुपैयाँ ७८ पैसामा ठेक्का लिएर काम सुरु गरिसकेको छ ।
निर्माण सम्पन्न भएर दुई वर्षअघि मात्र सञ्चालनमा आएको फोक्सिनटारको आर्क ब्रिज डिजाइनको पुल बाढीले बगाएपछि उदयपुर र खोटाङको सीधा यातायात अवरुद्ध भएको थियो । पुल बगेको स्थानमा बन्न लागेको बेलिब्रिजको सामान पुरानै अवस्थामा रहेकाले बेलिब्रिज निर्माण छिटो हुने सगरमाथा लोकमार्ग गाईघाट–दिक्तेल योजनाका कार्यालय प्रमुख डिई ज्ञवालीले बताए ।
११ करोड ६० लाखको लागतमा निर्माण भएको यो पक्की पुल सुरुमा गाईघाट–दिक्तेल सडक योजना कार्यालय र पछि पुल सेक्टर १ धरान–इटहरीको सुपरिवेक्षणमा बनेको थियो । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण नाै वर्षमा बल्ल निर्माण सम्पन्न भएको भए पनि पुल सरकारलाई हस्तान्तरण गरिनसकेकै अवस्थामा सुनकोशी नदीमा आएको बाढीले बगाएको थियो ।
पक्की पुल बगेपछि फोक्सिनटारमा यातायात ठप्प हुँदा यात्रुहरूले झोलुङे पुलको साहारा लिँदै आएका छन् । पूर्वी नेपाल तथा गाईघाटबाट खोटाङ चल्ने ठुला सवारीसाधन गाईघाट–कटारी हुँदै सिद्धिचरण लोकमार्ग भएर खोटाङको दिक्तेल पुग्ने गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: