Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

सम्राटको एकल अभिनय र करणको स्वरमा अस्तिभन्दा हिजो

खबरडबली संवाददाता

काठमाडौं । बाल कलाकार सम्राट दाहाल यतिबेला किशोर अबस्थामा पुगेका छन् । उनको एकल अभिनयमा नयाँ गीत अस्ति भन्दा हिजो....को भिडियो दर्शकमाझ आएको छ ।

यो गीतको भिडियोलाई सम्राट क्रिएसनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । सम्राटले यो गीतमा आफुजस्तै किशोरहरुको भावना समेटिएकाले यसमा आफुले अभिनय गरेको बताएका छन् ।

उमेरले १४ वर्ष पुगेका सम्राटको यो १४ औं भिडियो हो । सम्राटले पाँच वर्षको उमेरबाटै राष्ट्रिय गीतमा अभिनय गरेर अभिनय यात्रा थालेका थिए । अमेरिकामा बस्दै आए पनि सम्राटले निरन्तर मोडलिङ गरिरहेका छन् ।  

यो गीतमा नेपाल आइडल सिजन ५का विजेता करण परियारको स्वरमा छ । गीतमा संगीतकार दीपक शर्माले संगीत सृजना गरेका हुन् । 

गीतको बोल यस्तो छ,
‘अस्ति भन्दा हिजो
हिजोभन्दा आज अझै
झनझन झनझन
हावामा हराउँदैछु किन
म त बुझ्दै बुझिन...’

गीतको शब्द जती सान्दर्भिक छ । गीत पनि निकै माधुर्य बनेको छ । गीतमा गायक करणले न्याय गरेका छन् । गीतमा सम्राट न्यौपानेको संगीत संयोजन रहेको छ ।

किशोर मनोविज्ञापनमा आधारित भएर तयार गरिएको यो गीतलाई निर्देशक सुमन दाहालले लेखेका हुन् । भिडियोमा निर्देशन पनि सुमनकै रहेको छ ।

गीतकार सुमनका अनुसार बालबाट किशोरावस्थामा प्रवेश गरेका किशोरहरुको मनोविज्ञानमा  यो गीत केन्द्रित रहेको छ । किशोरमा प्रवेश गर्दै गर्दा उनको शारीरिक र मानसिक विकासमा आएका परिवर्तनले जीवनमा ल्याउने कौतुहलतालाई गीतमा प्रस्तुत गरिएको सुमनले बताए ।

उनका अनुसार यो गीतको भिडियोको सबै छायांकन अमेरिकाको केन्टकी राज्यका विभिन्न रमणीय स्थानमा गरिएको हो । गीतको मर्म अनुसार भिडियोलाई विभिन्न समयमा छायांकन गरिएको छ । सम्राटको यो भिडियोले अहिले दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको छ । पवन गौतम र चाल्र्स मोरल्याण्ड तृतीयले भिडियो छायांकन गरेका हुन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending