सुलीकोट। गोरखाको मनकामना मन्दिर देखि गोरखकाली मन्दिर सम्मको म्याराथनमा एक सय २५ जना धावक सहभागी भएका छन् । जिल्ला खेलकुद विकास समिति गोरखाले आयोजना गर्न लागेको म्याराथनमा देशभरिबाट एक सय २५ जना धावकहरू सहभागी भएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्त सिंह बस्नेतले जानकारी दिए।
जिल्ला खेलकुद विकास समिति गोरखाले शनिवार गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर देखि गोरखकाली मन्दिर सम्म झन्डै ४२ किलोमिटर शनिवार बिहान ९ः१५ बजेबाट म्याराथन सुरु भएको जिल्ला खेलकुद विकास समिति गोरखाले जनाएको छ ।
नेपालका म्याराथन खेलाडी टिका बहादुर बोगटीको प्राविधिक सहयोगमा शनिवार बिहान ९ः१५ बजे एक कार्यक्रमका बीच मनकामना मन्दिरको प्राङगढबाट प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष मोहन बहादुर थापा मगरले रिबन काटी सिट्टी फुकेर म्याराथन उद्घाटन गर्नु भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्त सिंह बस्नेतले बताए।
खेलकुद विकास समितिका अध्यक्ष शान्त सिंह बस्नेतका अनुसार मनकामना मन्दिर देखि गोरखकाली मन्दिर सम्म १० स्थानमा हेल्प डेस्क र म्याराथन खेलाडीहरूको लागि मध्यनजर गर्दै ५ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।
म्याराथनमा सहभागीहरूलाई थाकेर निर्धारित समयमा दुरी पार गर्न नसक्नेलाई पनि २ वटा बसको व्यवस्था गरिएको छ । म्याराथनमा २० भन्दा बढी राष्ट्रिय स्तरका धावकहरू सहभागी हुने भएका आयोजकले जनाएको छ ।
म्याराथनमा सहभागी भई प्रथम, दितिय, तृतीया हुनेलाई क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष बस्नेतको भनाई छ । त्यस्तै गरी सहभागी भएका १० जना धावकलाई नगद पुरस्कार समेत व्यवस्था गरिने बताइएको छ ।
म्याराथनमा सहभागी भएका मध्ये गोरखा जिल्लाबाट सहभागी भएका धावकले निर्धारित दुरी पार गरेको खण्डमा नगद १२ हजार र धावक मध्ये सबै भन्दा कम उमेर भएको धावकलाई पनि १२ हजार प्रदान गरिने भएको छ ।
म्याराथनमा १ सय २५ जना मध्ये १ सय २२ जना पुरुष धावक र ३ जना महिला धावकले नाम दर्ता गरी म्याराथनमा सहभागी भएका अध्यक्ष बस्नेले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १२:४२
सङ्खुवासभा । जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन् । केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका चि...
पौष १४ गते, २०८२ - १२:३१
म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजारबाट पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जोड्ने बेनी–दरवाङ सडकको वैकल्पिक मानिएको महारानीथान–छाप–डाडाखेत–ठूल...
पौष १४ गते, २०८२ - १२:१५
काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज मुख्य राजनीतिक दललगायतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने तयारी गरेका छन् । न...
पौष १४ गते, २०८२ - १०:४९
रौतहट। रौतहटमा चिसो अत्याधिक बढेपछि चन्द्रपुर नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको छ । बढेको अत्याधिक चिसोका...
पौष १४ गते, २०८२ - १०:३५
विराटनगर । मोरङ प्रहरीले गाँजा तस्करी नियन्त्रण गर्ने क्रममा आइतबार राति पनि हवाई फायर गरेको छ । मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई...
पौष १४ गते, २०८२ - १०:०४
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन्। निर्वाचन आयोगले तोकेको नि...
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...




प्रतिकृया लेख्नुहोस्: