सुलीकोट। गोरखाको मनकामना मन्दिर देखि गोरखकाली मन्दिर सम्मको म्याराथनमा एक सय २५ जना धावक सहभागी भएका छन् । जिल्ला खेलकुद विकास समिति गोरखाले आयोजना गर्न लागेको म्याराथनमा देशभरिबाट एक सय २५ जना धावकहरू सहभागी भएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्त सिंह बस्नेतले जानकारी दिए।
जिल्ला खेलकुद विकास समिति गोरखाले शनिवार गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर देखि गोरखकाली मन्दिर सम्म झन्डै ४२ किलोमिटर शनिवार बिहान ९ः१५ बजेबाट म्याराथन सुरु भएको जिल्ला खेलकुद विकास समिति गोरखाले जनाएको छ ।
नेपालका म्याराथन खेलाडी टिका बहादुर बोगटीको प्राविधिक सहयोगमा शनिवार बिहान ९ः१५ बजे एक कार्यक्रमका बीच मनकामना मन्दिरको प्राङगढबाट प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष मोहन बहादुर थापा मगरले रिबन काटी सिट्टी फुकेर म्याराथन उद्घाटन गर्नु भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्त सिंह बस्नेतले बताए।
खेलकुद विकास समितिका अध्यक्ष शान्त सिंह बस्नेतका अनुसार मनकामना मन्दिर देखि गोरखकाली मन्दिर सम्म १० स्थानमा हेल्प डेस्क र म्याराथन खेलाडीहरूको लागि मध्यनजर गर्दै ५ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।
म्याराथनमा सहभागीहरूलाई थाकेर निर्धारित समयमा दुरी पार गर्न नसक्नेलाई पनि २ वटा बसको व्यवस्था गरिएको छ । म्याराथनमा २० भन्दा बढी राष्ट्रिय स्तरका धावकहरू सहभागी हुने भएका आयोजकले जनाएको छ ।
म्याराथनमा सहभागी भई प्रथम, दितिय, तृतीया हुनेलाई क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष बस्नेतको भनाई छ । त्यस्तै गरी सहभागी भएका १० जना धावकलाई नगद पुरस्कार समेत व्यवस्था गरिने बताइएको छ ।
म्याराथनमा सहभागी भएका मध्ये गोरखा जिल्लाबाट सहभागी भएका धावकले निर्धारित दुरी पार गरेको खण्डमा नगद १२ हजार र धावक मध्ये सबै भन्दा कम उमेर भएको धावकलाई पनि १२ हजार प्रदान गरिने भएको छ ।
म्याराथनमा १ सय २५ जना मध्ये १ सय २२ जना पुरुष धावक र ३ जना महिला धावकले नाम दर्ता गरी म्याराथनमा सहभागी भएका अध्यक्ष बस्नेले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - १७:४५
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...
आषाढ़ २० गते, २०८३ - १७:३४
काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...
आषाढ़ २० गते, २०८३ - १७:२५
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...
आषाढ़ २० गते, २०८३ - १७:१०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...
आषाढ़ २० गते, २०८३ - १६:५८
बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...
आषाढ़ २० गते, २०८३ - १६:४५
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...
आषाढ़ २० गते, २०८३ - १६:३६
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...
आषाढ़ २० गते, २०८३ - १६:२२
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...
आषाढ़ २० गते, २०८३ - १६:११
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...
आषाढ़ २० गते, २०८३ - १५:५९
मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...



प्रतिकृया लेख्नुहोस्: