Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

अन्तिम चरणमा पुुुुुुुुुुुुुुुुुुुुुग्याे लामिछानेविरुद्धको अनुसन्धान

खबरडबली संवाददाता

पोखरा । सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलगायत माथि जारी अनुसन्धान अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहनुभएका लामिछानेलगायतमाथि देशका पाँच सहकारीबाट ६५ करोडभन्दा बढी रकम अवैधानिक रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर हिनामिना गरेको आरोप छ । 

सोही आरोपमा लामिछानेलाई कात्तिक २ गते प्रहरीले काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याएको थियो । पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा पाँच करोड ५८ लाख रकम अवैधानिक रूपमा गएको देखिएको छ । महानगरको सहकारी शाखाको प्रतिवेदनले सभापति लामिछानेको नाममा सूर्यदर्शन सहकारीबाट एक करोड रकम जम्मा भएको औँल्याएको छ । कास्की प्रहरीले एकसाथ थप अभियोग र पूरक प्रतिवेदन बुझाउने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया अनुसन्धान अन्तिम चरणमा पुगेको बताउँछन् । 

“अनुसन्धान करिब सकिएको छ । अनुसन्धान अधिकृतहरूले प्रतिवेदन तयार गर्दै हुनुहुन्छ,” ओलियाले भने, “थपिएकै म्यादमा सक्ने प्रयत्न छ, अहिले नै यही दिनमा प्रतिवेदन बुझाउँछौँ भन्ने अवस्था रहेन ।” प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा थप अभियोगपत्र बुझाइसकेको छ भने पूरक प्रतिवेदन तयार गर्दै छ ।

जिल्ला न्यायाधिवक्ता कमला काफ्ले प्रहरी प्रतिवेदन प्राप्त भइसकेपछि अभियोजनतर्फ लाग्ने उल्लेख गरे । “हामी एकसाथ दुई अभियोगपत्र, थप अभियोग र पूरक अभियोग लैजान्छौँ । थप अभियोगपत्र भर्खर प्राप्त भएको छ,” काफ्लेले भने, “पूरक अभियोगपत्र प्राप्त हुनै बाँकी छ । अभियोगपत्र प्राप्त भइसकेपछि केही समय त्यसको अध्ययनका लागि चाहिन्छ । अध्ययनपछि मुद्दा चल्ने वा नचल्ने निक्र्योल हुन्छ । त्यसपछि अभियोगपत्र तयार गर्ने चरण आउँछ ।”

सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर भएपछि अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छाड्ने वा साधारण तारिखमा छाड्नेमध्ये एक आदेश आउने छ । कास्की अदालतले रविलाई धरौटी वा साधारण तारिखमा छाड्ने आदेश दिए पनि अन्यत्रका चार सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएकाले प्रहरीले उहाँलाई हिरासतमै राख्ने छ । पाँच वटै ठाउँमा लामिछानेको बयान सकिएकाले पुर्पक्षमा राख्ने वा नराख्ने वा हिरासतमा राख्ने वा नराख्ने भन्ने निर्णय पनि अदालतको आदेशमै निर्भर हुन्छ ।

थप पाँच दिन थुनामा राख्न अनुमति

जिल्ला अदालत कास्कीले पूर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछानेसहित पाँचै जनालाई थप पाँच दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनीहरूलाई बिहीबारदेखि लागु हुने गरी पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङविरुद्ध पनि पाँच दिन म्याद थप भएको हो । लामिछानेविरुद्ध यसअघि छ पटक म्याद थप गरी सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान जारी छ । 

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ पर्नुभएका लामिछानेको मानवअधिकार र स्वास्थ्यबारे सार्वजनिक रूपमा चर्चा भएकोतर्फ सङ्केत गर्दै अदालतले मानव अधिकार उल्लङ्घन हुने गतिविधि नगर्न, नगराउनसमेत भनेको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिले हिरासतमा पाँच जना रहेकामा सबैभन्दा पहिले पूर्वउपाध्यक्ष जोशीलाई असोज ६ गते प्रहरीले पक्राउ गरेको थियो । ९० दिनभित्र अभियोजन गर्नुपर्नेमा बिहीबार थपिएको म्यादसहित प्रहरीले ८६ दिन अनुसन्धानका लागि पाएको छ । पछि पक्राउ गरिएकाहरूलाई पनि जोशीसँगै अभियोजन गर्नुपर्ने भएकाले पुस ५ गतेभित्र अभियोगपत्र बुझाइसक्नु पर्छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending