Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

अन्तिम चरणमा पुुुुुुुुुुुुुुुुुुुुुग्याे लामिछानेविरुद्धको अनुसन्धान

खबरडबली संवाददाता

पोखरा । सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलगायत माथि जारी अनुसन्धान अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहनुभएका लामिछानेलगायतमाथि देशका पाँच सहकारीबाट ६५ करोडभन्दा बढी रकम अवैधानिक रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर हिनामिना गरेको आरोप छ । 

सोही आरोपमा लामिछानेलाई कात्तिक २ गते प्रहरीले काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याएको थियो । पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा पाँच करोड ५८ लाख रकम अवैधानिक रूपमा गएको देखिएको छ । महानगरको सहकारी शाखाको प्रतिवेदनले सभापति लामिछानेको नाममा सूर्यदर्शन सहकारीबाट एक करोड रकम जम्मा भएको औँल्याएको छ । कास्की प्रहरीले एकसाथ थप अभियोग र पूरक प्रतिवेदन बुझाउने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया अनुसन्धान अन्तिम चरणमा पुगेको बताउँछन् । 

“अनुसन्धान करिब सकिएको छ । अनुसन्धान अधिकृतहरूले प्रतिवेदन तयार गर्दै हुनुहुन्छ,” ओलियाले भने, “थपिएकै म्यादमा सक्ने प्रयत्न छ, अहिले नै यही दिनमा प्रतिवेदन बुझाउँछौँ भन्ने अवस्था रहेन ।” प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा थप अभियोगपत्र बुझाइसकेको छ भने पूरक प्रतिवेदन तयार गर्दै छ ।

जिल्ला न्यायाधिवक्ता कमला काफ्ले प्रहरी प्रतिवेदन प्राप्त भइसकेपछि अभियोजनतर्फ लाग्ने उल्लेख गरे । “हामी एकसाथ दुई अभियोगपत्र, थप अभियोग र पूरक अभियोग लैजान्छौँ । थप अभियोगपत्र भर्खर प्राप्त भएको छ,” काफ्लेले भने, “पूरक अभियोगपत्र प्राप्त हुनै बाँकी छ । अभियोगपत्र प्राप्त भइसकेपछि केही समय त्यसको अध्ययनका लागि चाहिन्छ । अध्ययनपछि मुद्दा चल्ने वा नचल्ने निक्र्योल हुन्छ । त्यसपछि अभियोगपत्र तयार गर्ने चरण आउँछ ।”

सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर भएपछि अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छाड्ने वा साधारण तारिखमा छाड्नेमध्ये एक आदेश आउने छ । कास्की अदालतले रविलाई धरौटी वा साधारण तारिखमा छाड्ने आदेश दिए पनि अन्यत्रका चार सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएकाले प्रहरीले उहाँलाई हिरासतमै राख्ने छ । पाँच वटै ठाउँमा लामिछानेको बयान सकिएकाले पुर्पक्षमा राख्ने वा नराख्ने वा हिरासतमा राख्ने वा नराख्ने भन्ने निर्णय पनि अदालतको आदेशमै निर्भर हुन्छ ।

थप पाँच दिन थुनामा राख्न अनुमति

जिल्ला अदालत कास्कीले पूर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछानेसहित पाँचै जनालाई थप पाँच दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनीहरूलाई बिहीबारदेखि लागु हुने गरी पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङविरुद्ध पनि पाँच दिन म्याद थप भएको हो । लामिछानेविरुद्ध यसअघि छ पटक म्याद थप गरी सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान जारी छ । 

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ पर्नुभएका लामिछानेको मानवअधिकार र स्वास्थ्यबारे सार्वजनिक रूपमा चर्चा भएकोतर्फ सङ्केत गर्दै अदालतले मानव अधिकार उल्लङ्घन हुने गतिविधि नगर्न, नगराउनसमेत भनेको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिले हिरासतमा पाँच जना रहेकामा सबैभन्दा पहिले पूर्वउपाध्यक्ष जोशीलाई असोज ६ गते प्रहरीले पक्राउ गरेको थियो । ९० दिनभित्र अभियोजन गर्नुपर्नेमा बिहीबार थपिएको म्यादसहित प्रहरीले ८६ दिन अनुसन्धानका लागि पाएको छ । पछि पक्राउ गरिएकाहरूलाई पनि जोशीसँगै अभियोजन गर्नुपर्ने भएकाले पुस ५ गतेभित्र अभियोगपत्र बुझाइसक्नु पर्छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकीकरण एक हप्ताभित्र टुंग्याउने प्रयास भइरहेकाे छ: माधव नेपाल

काठमाडौ । काठमाडौँमा आयोजित कार्यक्रममानेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको बाँकी सङ्गठनात्मक एकीकरण ...

संविधानमाथि प्रहार भए सदनभित्र र बाहिरबाट प्रतिवाद गर्ने प्रचण्डको चेतावनी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान मिचेर जनताको हकअधिकार खोस्ने काम भए सडक र सदनबाट प्रतिवाद गर्न...

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending