Khabar Dabali २४ कार्तिक २०८२ आईतवार | 9th November, 2025 Sun
Investment bank

नेपाल र एडिबीबिच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता

खबरडबली संवाददाता

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट–एमआइआइपी) र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना (सिआरएलएलपी) कार्यान्वयनका लागि २१ अर्ब २३ करोड (एक सय ५७ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।

आज अर्थ मन्त्रालयमा भएको सम्झौताअनुसार उक्त परियोजनाका लागि एडिबीले १४ अर्ब ८८ करोड ऋण तथा दुई अर्ब (१५ मिलियन अमेरिकी डलर) अनुदान दिनेछ । 
त्यस्तै, जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजनाका लागि रु एक अर्ब ३५ करोड (१० मिलियन अमेरिकी डलर) ऋण रु दुई अर्ब ९७ करोड ९२२ मिलियन अमेरिकी डलर अनुदान सम्झौता भएको हो । सम्झौतापत्रमा अर्थसचिव डा रामप्रसाद घिमिरे र एडिबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरे ।

मधेश प्रदेशको रौतहट र सर्लाही जिल्लामा लागू गरिने यान्त्रिक सिँचाइ परियोजनाअन्तर्गत उन्नत सिँचाइ प्रविधि लागू गरिनेछ । जसमा किसानले ‘प्रिपेड कार्ड’को माध्यमबाट आवश्यकतानुसार पानी उपयोग गर्नसक्ने सुविधा प्रदान गरिनेछ । यस परियोजनाबाट एक लाख २१ हजारभन्दा बढी किसान लाभान्वित हुने विश्वास लिइएको छ । परियोजनाको मुख्य उद्देश्य कृषिको उत्पादकत्व वृद्धि, वर्षभर सिँचाइ सुनिश्चितता र खाद्य सुरक्षा प्रवर्द्धन गर्नु हो ।

त्यसैगरी जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजनाका कर्णाली र सुदूरपश्चिम प्रदेशका ग्रामीण समुदायलाई जलवायु परिवर्तनका असरप्रति प्रतिरोधी बनाउने उद्देश्यले सञ्चालन हुनेछ । यसले खानेपानीको समस्या समाधान गर्न, प्रकृतिमा आधारित जीविकोपार्जन प्रवर्द्धन गर्न र स्थानीय समुदायलाई दिगो जल व्यवस्थापन, कृषि वन र वन व्यवस्थापनका माध्यमबाट सशक्त बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सम्झौतापत्रमा हस्ताक्षरपछि अर्थसचिव घिमिरेले यी परियोजनाको माध्यमबाट उन्नत सिँचाइ प्रविधि र दिगो जल व्यवस्थापनले खाद्य सुरक्षाका साथै जलवायु परिवर्तनको असर सामना गर्न सहयोग पुग्ने बताए । एडिबीका देशीय निर्देशक कोश्वाले यी परियोजनाका विशेषता र यसले नेपालको आर्थिक क्षेत्रमा ल्याउने योगदानको चर्चा गर्दै जलवायु अनुकूलन, कृषि उत्पादकत्व र जल सुरक्षा क्षेत्रमा एडिबीले नेपाललाई सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाए । यी सम्झौता नेपाललाई दिगो विकास हासिल गर्न र जलवायु परिवर्तनको चुनौतीसँग जुझ्न महत्वपूर्ण कोसेढुङ्गा सावित हुने विश्वास उनले व्यक्त गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा सवारी दुर्घटनामा ६ जना घाइते

उदयपुर ।  उदयपुर जिल्लाको विभिन्न स्थानमा चारवटा छुट्टाछुट्टै सवारी दुर्घटना हुदा ६ जना यात्रुहरु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका ...

करदाता सेवा कार्यालय खारेजीको विरोधमा राजविराज बजार बन्द

सप्तरी । करदाता सेवा कार्यालय खारेजीको निर्णयविरुद्ध उद्योग वाणिज्य संघ सप्तरीले राजविराज बजार बन्द गरेको छ । संघले शुक्रबार बिहानदेखि राजविराजको मुख्...

प्रधानमन्त्री कार्कीद्वारा नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई सक्रिय नागरिकको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दै मतदाता नामावलीमा नाम दर्ता गर्न र आगामी निर्...

हितेन्द्रदेव शाक्यलाई अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अन्तरिम आदेश पाउन असफल भएका छन् । सर्वोच्च अदालतले उनलाई प्राधि...

प्रतिनिधिसभा निर्वाचन: प्रचार–प्रसार अवधि १४ दिनको मात्रै हुने

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कार्ययोजना तयार गरेको छ । आयोगले फागुन २१ गतेका लागि मिति तोकिएको निर्वाचनका तयारी तीव्र...

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कक क्षेत्रमा पक्राउ अभियान जारी

रामल्ला । इजरायली सेनाले शुक्रबार प्यालेस्टिनी जनता विरुद्धको निरन्तर अभियानमा कब्जा गरिएको वेस्ट ब्याङ्कका धेरै क्षेत्रमा छापा मार्ने र पक्राउ गर्ने ...

जापानद्वारा दुई वर्षमा पहिलो पटक चीनमा समुद्री खाद्य निर्यात पुनः सुरु

टोकियो । दुई वर्षअघि फुकुसिमा दाइची आणविक ऊर्जा संयन्त्रबाट प्रशोधित रेडियोधर्मी फोहोर पानी समुद्रमा छोडिएपछि चीनले जापानी समुद्री खाद्य पदार्थमा लगाए...

टर्कीमा फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा १८ जना पक्राउ

इस्तानबुल । टर्कीमा फुटबल खेलमा सट्टेबाजी तथा म्याच फिक्सिङ र शक्तिको दुरुपयोग गरेको शङ्कामा रेफ्रीहरूको अनुसन्धानका लागि १८ जनालाई पक्राउ गरिएको इस्त...

लेबनानमा भएको इजरायली आक्रमणको इरानद्वारा निन्दा

तेहरान । इरानले लेबनानमा भएको इजरायली आक्रमणलाई “बर्बरता“को संज्ञा दिदै शुक्रबार कडा निन्दा गरेको छ । विज्ञप्ति जारी गर्दै इरानी विदेश मन्त्रालयले ...

इरानमाथि लगाइएका प्रतिबन्ध हटाउन राष्ट्रपति ट्रम्प ‘खुला’

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानमाथि लगाइएका कडा अमेरिकी प्रतिबन्धहरूबारे छलफल गर्न आफू खुला रहेको बताएका छन् । उनका अनुसार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending