Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

असन्तुष्टसँग वार्ता हुन्छ की हुँदैन ?

\"Madhesi-morcha\"काठमाडौं । संविधान निर्माण प्रक्रिया सँगसँगै प्रमुख दलले असन्तुष्ट मधेसी दलहरूसँग पनि अनौपचारिक संवाद जारी राखेका छन् । थप संवाद गराउन मानवअधिकारकर्मी तथा नागरिक समाजका अगुवाले प्रयास गरेका छन् ।   आजको नयाँ पत्रिका दैनिकमा खबर छ सकेसम्म असन्तुष्ट दललाई जारी प्रक्रियामा नै सहभागी गराउने प्रयास प्रमुख दलको छ । संविधान ३ असोजमा जारी गर्ने तयारी भएकाले त्यसअघि असन्तुष्ट मधेसी दललाई संविधानसभामा फर्काउने सम्भावना न्यून छ ।   संविधान जारी भएपछि असन्तुष्टका जायज माग संविधान संशोधनमार्फत सम्बोधन गरेर जाने प्रमुख दलका नेताहरूले बताएका छन् । संविधान जारी भइसकेपछि आन्दोलन आफैँ मत्थर हुँदै जाने पनि प्रमुख दलका केही नेताको बुझाइ छ ।   कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले संवादबाट समस्या समाधानको विकल्प कायमै रहेको बताए । ‘हामीले अझै वार्ता र संवादबाट हल खोज्ने अवस्थालाई त्यागेका छैनौँ । वार्ता र संविधान निर्माण सँगै लान्छौँ भनेका छौँ,’ खड्काले भने, ‘वार्ता र संवादको अर्को विकल्प संविधान जारी गर्दासम्म असन्तुष्टका केही विषय सम्बोधन गर्न सकिने भए हामी तयार नै छौँ ।’ वार्ता चल्दै गर्दा अनौपचारिक सहमति भएमा संविधान जारी भएपछिको १०–१५ दिनमा संशोधन गरेर जान सकिने खड्काले बताए । यो बाटोबाट संविधान जारीअघि सहमति भएमा र प्रक्रियाका कारण प्राविधिक समस्या हुने अवस्थामा संविधान जारी भएपछि असन्तुष्टका माग समेट्ने सकिने उनको भनाइ छ ।   एमाले सचिव प्रदीप ज्ञवालीले भने संविधान जारी भएपछि आन्दोलन कमजोर बन्दै जाने दाबी गरे । ‘अहिले संविधान जारी गर्ने अन्तिम क्षण भएकाले माग सम्बोधन गर्न सकिन्छ कि भन्ने भावनाले काम गरेकाले पनि आन्दोलन अलिक चर्किएको हो,’ ज्ञवालीले भने, ‘तर, संविधान जारी भइसकेपछि यो आफैँ मत्थर हुँदै जान्छ ।’   मधेसी दलका नेताहरूले संविधान जलाउने चेतावनी दिएका छन् । तर, यसो गर्न मधेसका जनताले साथ नदिने ज्ञवालीले बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान च्यात्नु भनेको संघीयता, लोकतन्त्र र गणतन्त्र नै च्यात्नु हो । यस्तो गलत काममा मधेसका जनताले साथ दिने छैनन्,’ उनले भने, ‘अहिले संविधानसभा छाडे पनि भोलि रूपान्तरित संसद्मा मधेसवादी दलहरू पनि हुनेछन् । उनीहरूका माग संसद्भित्रै उठ्न सक्छन् । त्यहाँ छलफल हुन्छ र जायज माग सम्बोधन गर्न सकिन्छ ।’   एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान जारी भएपछि पनि असन्तुष्ट पक्षहरूको माग समाधान गर्न सकिने बताए । वार्तामार्फत सहमति गर्ने र संशोधन गरेर जान सकिने उनको भनाइ छ । तर, असन्तुष्टको माग सम्बोधन हुनुपथ्र्यो पनि भन्ने र भोलि संशोधन गरौँला पनि भन्नु झुट कुरा भएको उनले बताए ।   मानवअधिकारकर्मी डा। विजयकान्त कर्णले संविधान जारी भएपछि पनि असन्तुष्टका माग सम्बोधन गर्न सकिन्छ भन्नु नै झुट भएको बताए । सरकारकै कारण असन्तुष्ट दलहरूसँग वार्ता हुन नसकेको उनको आरोप छ ।   ‘अरू मधेसी दल त आएनन् रे, वार्ता गर्न टोली बनाएर गएका थरुहटहरूसँग प्रधानमन्त्रीले किन वार्ता गर्न अस्वीकार गरे रु’ कर्णले भने, ‘संघीयतामा, नागरिकतामा टसमस नगर्ने, नामांकनमा प्रवेश नै नगर्ने भन्ने अनि वार्ता केमा हुन्छ ?’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending