सिरहा । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा पद्मोदय फाउन्डेसनद्वारा सिरहाका ६४ जना अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर वितरण गरिएको छ ।
‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने मूल नाराका साथ मनाइएको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसअन्तर्गत आज यहाँ आयोजित कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले ह्विलचेयर वितरण गरेका हुन् ।
मन्त्री सिंहले अपाङ्गता भएका व्यक्तिको सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, “अपाङ्गता भएका व्यक्तिको फरक क्षमताको पहिचान गर्ने र उहाँहरूको सशक्तिकरणका लागि प्रदेश सरकार सदैव सहयोग र समन्वय गर्न प्रतिबद्ध छ ।” मन्त्री सिंहले अपाङ्गता भएका व्यक्तिको जीवनस्तर उकास्न कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखे ।
धनगढीमाई नगरपालिकाका प्रमुख शिवशङ्कर महतोले समाजमा समान अवसर प्रदान गर्न र अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन यस प्रकारका सहयोगको आवश्यकता पर्ने बताए । उनले पद्मोदय फाउन्डेसनप्रति आभार व्यक्त गर्दै अपाङ्गता भएका व्यक्तिलाई प्रदान गरिएको ह्विलचेयरले उनीहरूको दैनिकी सहज हुने विश्वास व्यक्त गरे ।
अपाङ्गता भएका व्यक्तिको सम्मान, उनीहरूको क्षमता विकास र सामाजिक सहभागितामा सकारात्मक सन्देश फैलाउने उद्देश्यका साथ यो कार्यक्रम गरिएको पद्मोदय फाउन्डेसनका अध्यक्ष दिपेन्द्र महतोले बताए । उनले आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्न यस्ता गतिविधिलाई निरन्तरता दिने उल्लेख गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: