Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा असर

खबरडबली संवाददाता

काठमाडौं । जलवायु परिवर्तनले कृषिमा ठुलो असर गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभाग र पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागद्वारा बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सो अध्ययनबारे जानकारी गराइएको हो । 

नेपालमा जलवायु परिवर्तनले कृषिमा पारेको असर, अनुकूलनका चुनौती र उपायहरू तथा नीतिगत सवाल नामक अनुसन्धान परियोजनाका प्रमुख प्रा.डा. प्रेमसागर चापागाईँले जलवायु परिवर्तनले नेपालको कृषि क्षेत्रमा ठुलो असर गरेको बताए । उनका अनुसार जलवायु परिवर्तनले आगामी दिनमा थप असर गर्ने अध्ययनले देखाएको छ । नेपालको मुख्यतः रसुवा, नुवाकोट, चितवन, तनहुँ र कास्की जिल्लाका २११ घरधुरीमा नमुनाको रूपमा गरिएको अध्ययनले गत ३० वर्ष यता तापक्रम उच्च वृद्धि भएको, वर्षाको मात्रा घटेको, आन्तरिक र बाह्य बसाइँ सर्नेक्रम बढेको र कृषि पशुपालनको दाँजोमा विप्रेषणको मात्रा बढ्दैगएको उनले बताए । 

यो अनुसन्धानमा समेटिएका क्षेत्रका किसानले मौसम र कृषिसम्बन्धी सूचनामाथि विश्वास नगरेको देखिएको पनि उनको भनाइ छ । अध्ययनका अनुसार तराईमा ३४ प्रतिशत घरपरिवार, पहाडमा २२ प्रतिशत र हिमालमा ८.५ प्रतिशत घरपरिवारले मात्र मौसमसम्बन्धी प्राप्त सूचनामा विश्वास गरेको देखिएको छ । 

अध्ययनले तराईमा औषत वार्षिक ०.००४२ डिग्री सेन्टिग्रेड, पहाडमा ०.९२१ डिग्री सेन्टिग्रेड र हिमालमा ०.०२५४ डिग्री सेन्टिग्रेडका दरले तापक्रम वृद्धि भइरहेको देखिएको पनि चापागाईँले जानकारी दिए । सोहीअनुसार वार्षिक रूपमा हिमाली क्षेत्रमा १३.१२ मिलिमिटर वर्षा, पहाडी क्षेत्रमा ९.३९ मिलिमिटर र तराईमा ५.०२ मिलिमिटर वर्षा घटेको देखिएको उनले जानकारी गराए । 

जलवायु परिवर्तनकै कारण खडेरी बढिरहेको, मनसुनको ढिलाइका कारण बालीमा असर पुगेको, बाली बिरुवा फूल फुल्ने र फल लाग्ने प्रक्रियामा असर परेको, उत्पादन घटेको अध्ययनले देखाएको छ । जलवायु परिवर्तनको असरका कारण किसानहरू कृषि कर्म छाडेर वैदेशिक रोजगारतर्फ आकर्षित हुँदैगएको समेत अध्ययनले देखाएको चापागाईँले जानकारी दिए । 

त्रिभुवन विश्वविद्यालय, भूगोल केन्द्रीय विभागका प्रमुख प्रा.डा. उमेश मण्डलले जलवायु परिवर्तनको विषय गम्भीर भएकाले मिडियाले गम्भीरतापूर्वक उठाउनुपर्ने बताए । यसको असर कम गर्नमा अन्तर्राष्ट्रिय समुदायलाई पनि दबाब दिनुपर्ने उनको सुझाव छ । पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. कुन्दन अर्यालले आफूहरू विभागको तर्फबाट समय समयमा समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम गर्दैआएको बताए । पत्रकारिता विभागले हरेक साता शुक्रबार नेपालका वरिष्ठ पत्रकारहरूसँग नियमित अन्तरक्रिया गर्दैआएको पनि उनले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: