विराटनगर । नेपाली कांग्रेसका नेता डाक्टर शेखर काेइरालाले आफु सभपति भए कसैलाई काखा र पाखा नगर्ने बताएका छन् ।
उनले पार्टी अगामी महाधिवेशनपछि पार्टीमा रहेको गुटउपगुट अन्त्य हुने भन्दै आफू सभापति भएपछि कसैलाई काखा र पाखा नगर्ने र सबै कार्यकर्तालाई समान रुपले संरक्षण गर्ने प्रतिबद्धता पनि जनाए ।
विराटनगरमा मंगलबार अयोजित कांग्रेस इतर पक्षको कोशी प्रदेशका पालिका सभापतिहरूको प्रशिक्षण भेलालाई सम्बोधन गर्ने क्रममा उनले १५ औं महाधिवेशनपछि कांग्रेसका सबै गुट उपगुट अन्त्य हुने बताए । समयमै माधिवेशन नभए पार्टी कमजोर हुने भन्दै उनले अबको एक बर्षपछि महाधिवेशन सम्पन्न गराउन गाउँगाउँबाट दबाब सृजना गर्न सर्मथक, नेता कार्यकर्ताहरूलाई निर्देशन पनि दिए ।
कोइरालाले पार्टीभित्र निषेधको राजनीति नगर्न संस्थापन पक्षलाई चेतावनी पनि दिए । बहुमतको आडमा अल्पमतमा परेकालाई दबाउने र सिध्याउने खेल जारी राखे त्यसको प्रतिवादमा कार्यकर्ताहरू स्वतस्र्फुत अगाडी आउने बताए । कोइरालाले निषेधको राजनीति गरेर पार्टीभित्र तिक्तता नबढाउन सभापति शेरबहादुर देउवालाई आग्रह पनि गरे ।
२२ मंसिरमा कांग्रेस कोशी प्रदेश समितिले सम्मेलन आयोजना गर्ने घोषणा गरेपछि डा. शेखर समूहले त्यसअघि नै कोशी प्रदेश स्तरीय भेला आयोजना गरेको हो । प्रशिक्षणको बन्द सत्र बुधबार मोरङको बेलबारीमा हुने र त्यसले डा. कोइरालालाई अगामी महाधिवेशनबाट सभापति बनाउने संकल्प सर्वसम्मतले पारित गर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २८ गते, २०८१ - २०:५३
दाङ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले अध्यादेशबाट सरकार सञ्चालन गर्नु विडम्बनापूर्ण भएको बताएका छन् । घोराहीमा आइतबार आयोजित कां...
पौष २८ गते, २०८१ - २०:४७
काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औं बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माण...
पौष २८ गते, २०८१ - २०:२०
काठमाडौं । सरकारले संसद् बैठक बोलाउनुपर्नेमा त्यसो नगरी अध्यादेश जारी गर्ने निर्णय गरेकोमा नागरिक समाजका अगुवाले गम्भीर आपत्ती जनाएका छन् । संसद्को हि...
पौष २८ गते, २०८१ - १९:४६
माेरङ । सिर्जना निङलेकुले आफ्नो पहिलो चलचित्र 'कार्साङ'मा गहिरो र प्रभावशाली अभिनय प्रस्तुत गर्दै दर्शक र समीक्षक दुवैको मन जितेकी छन् । नेपाल...
पौष २८ गते, २०८१ - १९:४२
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सूचनाको हक लोकतन्त्रको आधार भएको बताएका छन् । आइतबार राष्ट्रिय सूचना आयोगले गरेको सूचनाको हक सम्बन...
पौष २८ गते, २०८१ - १९:३७
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लाग...
पौष २८ गते, २०८१ - १९:३३
रौतहट । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रौतहट राजदेवी नगरपालिका-९ घर भएका ५६ वर्षीय राजु सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उक्त मुद...
पौष २८ गते, २०८१ - १९:३०
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो तीन प्रदेशको थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ । मौसम ...
पौष २८ गते, २०८१ - १९:२३
यस्ताे छ, कुलमानकाे स्पष्टीकरण
पौष २८ गते, २०८१ - १८:५५
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आगामी चैत १ र २ गते दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्ने भएको छ । एनआरएनएले आइतबार यहाँ पत्रकार ...
प्रतिकृया लेख्नुहोस्: