Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

उपनिर्वाचनपछि दलहरुकाे प्रतिक्रियाः मूलधारका राजनीतिक दल र नेतृत्वप्रति नै जनताको भरोसा

खबरडबली संवाददाता

काठमाडौं । राजनीतिक दलका नेताहरुले स्थानीय तहको उपनिर्वाचनको मतपरिणामले फेरि पनि मूलधारका राजनीतिक दल र नेतृत्वप्रति नै जनताले भरोसा गरेको प्रतिक्रिया दिएका छन् । 

आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचनको नतिजा सार्वजनिक भएपछि उनिहरुले मतपरिणालाई लिएर आत्तिने, मात्तिने र हौसिने अवस्था नरहेको र जनतातर्फ फर्कनुपर्ने सन्देश दिएको बताए । सहर र तराई मधेसमा माओवादीको प्रगति गरेकाे छ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले पार्टी नेतृत्वले बारम्बार जनतातर्फ फर्कनुपर्छ भनेर राख्दै आएको विचारलाई निर्वाचनको परिणामले पुष्टि गरेको बताए । जति स्थानमा पार्टीका उम्मेदवार विजयी भएका छन्, त्यसले धेरै राम्रो सन्देश दिएको छ । जहाँ निकटतम प्रतिस्पर्धामा पुगेको अवस्था छ, यो खुसीको विषय हो । उनले भने । 

देश र जनतालाई गोलबन्द गरेर लैजान विचार र नेतृत्व नै मुख्य कुरा रहेछ भन्ने प्रमाणित भएको छ । निर्वाचनको परिणाम महत्वपूर्ण सङ्केतका रुपमा आएको छ । माओवादी पार्टी र नेतृत्वप्रति जनताको सकारात्मक भाव प्रकट भएको छ, यसलाई हामीले विगतमा भएका कमी कमजोरीलाई सच्याएर बढ्नुपर्छ भन्ने पनि देखिएको छ । 

उत्पीडित जनताको पक्षमा केन्द्रित हुनुपर्नेछ । सहरी र तराई मधेशका क्षेत्रमा पार्टीका विचार प्रवाह गर्न सकेका थिएनौँ, अहिलेको जनमतले त्यसतर्फ प्रगति भएको देखाएको छ । निर्वाचनले धेरै मात्तिनु र आत्तिनु पनि हुँदैन भन्ने सन्देश दिएको छ । मूलधारका दल र नेतृत्वप्रतिको भरोसा नवीकरण गरेकाे  नेकपा एमाले नेता महेश बर्तौलाले बताए । एमालेका मुख्य सचेतक रहेका बर्ताैलाले एमाले लोकतन्त्रमा जनताको अभिमतलाई सबैले स्वीकार गर्ने पार्टी रहेकाे बताए । अहिलेको परिणामलाई एमालेले सहर्ष स्वीकार्दै ग्रहण गरेको छ । निर्वाचन परिणामबाट आत्तिन, निराश र हौसन पर्ने परिस्थिति छैन । जनताले उम्मेदवारलाई हेरेर दलहरुका सम्बन्धमा पनि अदलबदल गर्न सक्छन् भन्ने परिणामबाट देखिएको छ । 

एउटा निर्वाचनलाई हेरेर त्यो स्थानमा त्यही दलको वर्चस्व रहन्छ भन्ने विषय परिणामले देखाएन । मूलधारका प्रमुख राजनीतिक शक्तिप्रति नै नागरिकको भरोसा देखाएको छ । जनताले समयक्रममा निर्णय फेरबदल गर्न सक्छन् है भन्ने देखाएको छ । नतिजा तीन दलकै पोल्टामा गएकाले भरोसा पनि यिनै दलप्रति छ भन्ने सन्देश आएको छ । 

यो परिणामले कसैलाई हौसाउने, कसैलाई निराश बनाउने गरेको छैन, आमरुपले मूलधारका राजनीतिक दल र नेतृत्वप्रति भरोसा रहेको कुराको नवीकरण गरेको छ । मतदाताको समर्थनलाई विश्वासमा परिणत गर्नु गर्नुपर्ने वेला आएकाे नेपाली कांग्रेसका महामन्त्री तथा संसद विश्वप्रकाश शर्माले बताए । कांग्रेसलाई उपनिर्वाचनमा मतदाताले व्यक्त गरेको मतमार्फत प्राप्त सन्देशको विस्तृत रुपमा पछि विश्लेषण र समग्र समीक्षा गरिनेछ ।

प्रारम्भिक समीक्षामा ‘एक्लै लडेर प्राप्त स्थान’ लाई सन्तोषजनक एवम् उत्साहवद्र्धक सङ्केतका रुपमा लिएका छौँ । उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति नागरिकको समर्थन र ऐक्यबद्धता फेरि एक पटक बलियोरुपमा प्रदर्शित भएको छ । मुलतः मुख्य दलहरुप्रति मतदाताले प्रकट गरेको समर्थनलाई विद्यमान प्रणालीमार्फत प्रगतिको दिशामा प्राप्त ऐक्यबद्धताका रुपमा लिएर तिनै तहका सरकारले काममा गति बढाउँदै नागरिक विश्वास अझ बलियो बनाउन जरुरी छ । 

लोकतन्त्रमा शत प्रतिशत स्थानमा जितको अपेक्षा लोकतान्त्रिक सोच हुन्न, तर जित र हार व्यहोरेका सबै स्थानको कारण र प्रवृत्तिको वस्तुगत समीक्षा आगामी चुनावी रणनीति निर्माणका लागि महत्वपूर्ण रहने निष्कर्ष छ । मतपरिणामले सङ्गठनको आवश्यकता खड्कियकाे राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले बताए । उनले राजनीतिक दल, दलको विचार, कार्यक्रम, अवस्था र परिस्थिति, उम्मेदवारको व्यक्तित्व, उम्मेदवारको एजेण्डा र व्यक्तिगत नाफाघाटाको सूचकका आधारमा उम्मेदवारलाई मतदाताले मूल्याङ्कन गरेर निर्णय गरेको बताए । 

राजनीतिक दलको स्थापना र सङ्गठनका आधारमा रास्वपा सुरुआती चरणमा छ । सङ्गठनको आवश्यकता निकै खड्केको देखियो । सहरी क्षेत्रका मतदाताले पार्टीलाई उत्साहित बनाए पनि दूरदराज र गाउँगाउँमा सङ्गठन बनाउनुपर्ने देखियो । चुनावका नतिजाले मतदाताबिचमा राजनीतिको स्पष्ट मार्गको कमी देखिएकाे नेपाल किसान मजदुर पार्टीका नेता तथा सांसद प्रेम सुवालले बताए । उनले हाम्रो जस्तो मुलुकमा चुनाव एउटा वर्ग सङ्घर्ष जस्तै हो । स्थानीय तहको उपनिर्वाचनको मतपरिणामले कामदार वर्ग कमजोर जस्तो देखियो । त्यसकारण यो वर्ग एकजुट हुने उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending