रौतहट । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सबैले आफ्नो आस्थाअनुसारको धर्म, संस्कृति र परम्पराअनुसार अघि बढ्ने अवस्थाको जगेर्ना गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्रीसमेत रहेका सिंहले मङ्गलबार रौतहटमा चलिरहेको पञ्चवर्षीय गढीमाई मेला महोत्सवमा सहभागी हुने क्रममा यस्तो बताएका हुन् ।
नेपाल बहुधार्मिक, बहुभाषिक र बहुजातीय राष्ट्र भए पनि समाजमा आपसी सद्भाव सुदृढ रहेको र त्यसमा पुर्खाहरूको ठुलो योगदान रहेको सिंहको भनाइ थियो । आ–आफ्नो धर्मसंस्कृतिलाई संरक्षण र संवर्द्धन गर्न सबैले मिलेर अघि बढ्नुपर्नेमा पनि उनले जोड दिए ।
‘‘नेपाली समाज बहुजातीय, बहुभाषिक, बहुधार्मिक छ । विगतमा हाम्रा पुर्खाहरूले मिलीजुली समाजमा राम्रो वातावरण बनाए । आउने दिनहरूमा पनि हाम्रो पुर्खाहरूले देखाएको बाटोलाई अनुसरण गर्नुपर्छ,’’ उनले भने, ‘‘आआफ्नो आस्थाअनुसार धर्म संस्कृतिअनुसार पाठपूजा, जात्रा, महोत्सव गर्न सक्ने माहौललाई जोगाएर अघि बढ्न सक्नुपर्छ ।’’ उनले गढीमाई मेला महोत्सवको सफलताको शुभकामना पनि दिए ।
राजनीति स्थायित्व र स्थिरतामा वर्तमान सरकारले जोड दिएको भन्दै उनले बिग्रिएको अर्थतन्त्रको लय ठिक ठाउँमा ल्याउन सरकारले काम गरिरहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८१ - २०:५४
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१ स्थित देवघाटको पुलबाट हामफालेर एकजना बेपत्ता भएका छन् । मंगलबार मध्यान्ह देवघाट र तनहुँ जोड्ने झोलुंगे पु...
माघ १ गते, २०८१ - २०:४५
पाँचथर । नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) पाँचथर शाखाले जिल्लामा क्रियाशील दूई जना पत्रकारलाई पुरस्कारसहित सम्मान गरेको छ । पाँचौ जिल्ल...
माघ १ गते, २०८१ - २०:४०
दाङ । दाङको घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत गुर्जे खोला नजिकै मंगलबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । घाइते हुनेमा घोराही...
माघ १ गते, २०८१ - २०:३५
काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता विजयकुमार गच्छेदारले संविधान संशोधनमा पहिचान स्थापित गर्नुपर्ने बताएका छन् । थारु राष्ट्र...
माघ १ गते, २०८१ - २०:२२
सुडान । सुडानी स्वयंसेवक उद्धारकर्ताहरूले नाइल नदीको छेउमा रहेको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको क्षेत्रमा भएको गोलाबारीमा १२० जनाभन्दा बढ...
माघ १ गते, २०८१ - २०:०७
बागलुङ । नेपाल सरकारका कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले मुलुकमा आथिक संकुचनका कारण सरकारले सोचेअनुसार काम गर्न नसकेको बताएका छन् । उनले हरेक ...
माघ १ गते, २०८१ - २०:०२
सुर्खेत । कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ । अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्...
माघ १ गते, २०८१ - १९:४५
सिराहा । घरमै प्रतिबन्धित लागुऔषध बिक्री गरिरहेको अवस्थामा प्रहरीले सिराहाको लहान नगरपालिका–१, पानीट्यांकीबाट लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ...
माघ १ गते, २०८१ - १९:३२
सिन्धुपाल्चोक । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खेल पर्यटनको राम्रो संभावना भएकाले यसलाई प...
माघ १ गते, २०८१ - १८:५७
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताकाे नाममा गैर कम्युनिस्ट पार्...
प्रतिकृया लेख्नुहोस्: