Ntc summer Offer
Khabar Dabali २ माघ २०८१ बुधबार | 15th January, 2025 Wed
Investment bank

सूचना–प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीलाई सञ्चारमन्त्रीको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको सूचना–प्रविधि (आइटी) क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरुलाई आग्रह गरेका छन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा सामाजिक सञ्जाल टिकटकले मङ्गलबार यहाँ आयोजना गरेको  ‘डिजिटल सेफ्टी समिट’मा उनले  नेपालमा लगानीको सुरक्षा रहेको तथा आइटी क्षेत्र आकर्षक लगानीको विधा भएकाले त्यसमा ढुक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरुलाई आह्वान गरेका हुन् । उनले वैदेशिक लगानी सुरक्षित गर्न सरकारले पर्याप्त नीतिगत व्यवस्था गरेको बताए । 

टिकटकजस्ता अन्तर्राष्ट्रिय बहुराष्ट्रिय कम्पनीहरुलाई नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार गरिएको जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले निजी क्षेत्र तथा बहुराष्ट्रिय कम्पनीहरुको लगानी सुरक्षा गर्न प्रतिबद्ध रहेको बताए । उनले भने, “नेपालमा डिजिटल टेक्नोलोजीमा लगानीको वातावरण छ, प्रतिफल पनि सुनिश्चित गरिएकाले निर्धक्क भएर लगानी गर्न सक्नुहुन्छ ।”

सूचना–प्रविधिको क्षेत्रमा लगानी गर्ने कम्पनीहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रलायले समाजप्रतिको सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्ने सर्तहरु पनि राखेको जानकारी दिए । ती सर्त पालना गरेर नेपालमा टिकटक पुनः सञ्चालनमा आएको उनले बताए । सरकारको डिजिटल नेपाल बनाउने उद्देश्य साकार पार्न नागरिक समाज, निजी क्षेत्र, सामाजिक सञ्जाल प्लेटफर्म प्रयोगकर्तालगायत व्यक्ति र संस्थाको साझा प्रयत्न आवश्यक छ भने । मन्त्री गुरुङले सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका, २०८१ बमोजिम मन्त्रालयमा टिकटक सूचीकरण भएको बताए । 

टिकटकले डिजिटल सुरक्षा अभियान, तालिम र कार्यशाला, स्थानीय सामग्री उत्पादनमार्फत डिजिटल साक्षरता बढाउन, शैक्षिक सामग्री तयार गर्न, छात्रवृत्ति प्रदान, शैक्षिक प्रतिष्ठानमा स्मार्ट कक्षाकोठा सञ्चालनका माध्यमबाट मुलुकको शैक्षिक प्रणालीको आधुनिकीकरणमा सघाउ पुर्‍याउनेमा आफू विश्वस्त रहेको मन्त्री गुरुङले बताए । 

देशको पर्यटन प्रवर्द्धनमा सघाउने, आइटीको विकासमा योगदान गर्ने, सांस्कृतिक र शैक्षिक उन्नतिमा जोड दिनेलगायत सर्त सरकारले टिकटकसँग राखेको जानकारी मन्त्री गुरुङले दिए । सरकारले राखेका ती सर्त पालना गरेकाले टिकटक नेपालमा दर्ता भई पुनः सञ्चालनमा आएको बताए । 

“टिकटकले सामाजिक आर्थिक विकासका साथै मर्यादित समाजिक सञ्जालको छवि कायम गर्छ भन्नेमा विश्वस्त छौं”, उनले भने, “नेपाल सरकारले आगामी दशकलाई आइटी दशकका रूपमा घोषणा गरिसकेको तथा देशलाई सूचना– प्रविधिको हबका रूपमा विकास गर्ने लक्ष्य छ ।” उनले आइटीका माध्यमबाट पाँचदेखि १० लाख रोजगारीका अवसर सृजना गर्ने सरकारी लक्ष्य पनि सुनाए । 

फरक प्रसङ्गमा सञ्चारमन्त्री गुरुङले सामाजिक सञ्जालहरू मुलुकको मौजुदा ऐन, कानुन र कार्यविधिअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए । उनले बढ्दो ‘साइबर’ अपराध नियन्त्रणबाट नै सभ्य समाजको निर्माणमा सहयोग पुग्ने भएकाले साइबर सुरक्षाका निम्ति पनि सरकार प्रतिबद्ध रहेको दोहोर्‍याए । महिला तथा बालबालिका यसबाट बढी प्रभावित भएकामा चिन्ता व्यक्त गर्दै मन्त्री गुरुङले सूचना प्रविधिको सही उपयोगमा जोड दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देवघाटको पुलबाट हाम फालेर एकजना बेपत्ता

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१ स्थित देवघाटको पुलबाट हामफालेर एकजना बेपत्ता भएका छन् ।  मंगलबार मध्यान्ह देवघाट र तनहुँ जोड्ने झोलुंगे पु...

पाँचथर फोनिज अधिवेशनमा दुई पत्रकार सम्मानित

पाँचथर । नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) पाँचथर शाखाले जिल्लामा क्रियाशील दूई जना पत्रकारलाई पुरस्कारसहित सम्मान गरेको छ ।  पाँचौ जिल्ल...

दाङमा मोटरसाइकल दुर्घटनामा परी दुईजना घाइते

दाङ । दाङको घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत गुर्जे खोला नजिकै मंगलबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।  घाइते हुनेमा घोराही...

संविधान संशोधन गरेर भए पनि पहिचान स्थापित गर्नुपर्छ: नेता गच्छेदार

काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता विजयकुमार गच्छेदारले संविधान संशोधनमा पहिचान स्थापित गर्नुपर्ने बताएका छन् । थारु राष्ट्र...

सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु

सुडान । सुडानी स्वयंसेवक उद्धारकर्ताहरूले नाइल नदीको छेउमा रहेको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको क्षेत्रमा भएको गोलाबारीमा १२० जनाभन्दा बढ...

जनताले चाहेअनुसारको विकास निर्माण हुन सकेकाे छैन: मन्त्री अधिकारी

बागलुङ । नेपाल सरकारका कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले मुलुकमा आथिक संकुचनका कारण सरकारले सोचेअनुसार काम गर्न नसकेको बताएका छन् । उनले हरेक ...

कर्णालीकाे अदुवा र बेसार यूरोपेली बजारमा निर्यात हुँदै

सुर्खेत । कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ । अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्...

सिराहामा लागुऔषध बिक्री गरिरहेको अवस्थामा एक पक्राउ

सिराहा । घरमै प्रतिबन्धित लागुऔषध बिक्री गरिरहेको अवस्थामा प्रहरीले सिराहाको लहान नगरपालिका–१, पानीट्यांकीबाट लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ...

नेपालमा खेल पर्यटनलाई प्रवर्द्धन गरेर लैजानु पर्छः अध्यक्ष प्रचण्ड

सिन्धुपाल्चोक । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खेल पर्यटनको राम्रो संभावना भएकाले यसलाई प...

कम्युनिस्टको नाममा गैरकम्युनिस्ट काम भयाे: अध्यक्ष नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताकाे नाममा गैर कम्युनिस्ट पार्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy