Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

उदयपुरकाे बेलका-९ मा पाँचसय मत गन्दा माओवादीको अग्रता

खबरडबली संवाददाता

उदयपुर । उदयपुरको वेलका नगरपालिका ९ मा पाँच सय मत गणना हुँदा माओवादी केन्द्रले अग्रता लिएको छ । 

माओवादी वडाध्यक्षका उम्मेदवार भरत घिमिरेले १ सय ४९ मतसहित अग्रता लिएका हुन् । उनलाई एमालेका मोहन खड्काले १ सय ३३ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै नेपाली कांग्रेसका नवराज बस्नेतले १ सय ६ मत प्राप्त गरेका छन् ।

जसपाका राजकुमार राईले ५६ मत प्राप्त गर्दा रास्वपाका तेजमान विश्वकर्माले ३५ मत पाएका छन् । बेलकामा दलहरूले बदर मत बढाएका कारण मत गणना स्थगित गरिएको थियो । पछि निर्वाचन आयोगले नै विवादित मतलाई पुनः गणना गर्न निर्देशन दिएपछि साँझ ५ बजेदेखि मत गणना सुरू भएको हो । 

हिजो ५ सय मत गणना गर्दा २ सय २० मत बदर संख्यामा गणना गरिएको थियो । त्यसलाई निर्वाचन अधिकृतले निर्देशिकाविपरीत गणना गरिएको भन्दै मतगणना स्थगित गरेका थिए । सोही विवाद मिलाउन सोमबार बिहान सर्वदलीय बैठक बसेको थियो । जसमा माओवादी केन्द्रको मत गणना पुनः सुरू गर्नुपर्ने माग थियो । एमालेको भने गणना भइसकेको मतलाई मानेर बाँकी मत गणना गर्नुपर्ने अडान थियो । 

आज सोही २ सय २० मतलाई पुनः गणना गर्दा जम्मा ९ मत मात्र बदर भएको निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताले बताए । वेलका ९ मा वडाध्यक्षका लागि उपनिर्वाचन भएको थियो । यो वडामा यसअघि नेपाली कांग्रेसका पदम खड्का विजयी भएका थिए । उनको सडक दुर्घटनामा मृत्यु भएको थियो । 

यसपालि वडाध्यक्षका लागि कांग्रेसबाट नवराज बस्नेत, एमालेबाट मोहन खड्का, माओवादीबाट भरत घिमिरे र रास्वपाबाट तेजमान विश्वकर्मा चुनावी मैदानमा छन् । एमालेका उम्मेदवार मोहन खड्का यसअघिका अध्यक्ष पदम खड्काका भाइ हुन् । यो वडामा जम्मा एक हजार ८ सय ८५ मत खसेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: