जनकपुरधाम । मधेश प्रदेशमा कार्यरत विद्यालय नर्सहरू करार म्याद थप गराउन प्रदेश सरकारको दैलोमा पुगेका छन् ।
प्रदेश सरकारले सञ्चालन गरेको विद्यालय नर्स कार्यक्रमअन्तर्गत कार्यरत नर्सहरूले करार अवधिको म्याद थप गर्न पटक–पटक सरकारलाई घचघचाउँदा पनि सरकार गम्भीर नभएपछि सोमबार जनकपुरधामस्थित शिक्षा तथा संस्कृति मन्त्रालय अगाडि धर्नामा बसेका हुन् ।
विगत चार वर्षदेखि कार्यरत विद्यालय नर्सहरू गत असारपछि म्याद नथपेको र पाँच महिनादेखि मौखिककै भरमा काम गरिरहेको बताउँदै करार म्याद थप गर्न दबाब स्वरूप प्रदेश सरकारलाई घचघचाउन धर्ना बसेको नर्सहरूले बताएका छन् । सरकारसँग जागिर सुरक्षाको माग गर्दै उनिहरू भन्छन्, “विद्यालयमा हाम्रो भूमिका महत्त्वपूर्ण छ । हामीले विद्यार्थीहरूको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न काम गरिरहेका छौँ । तर हाम्रो रोजगारी नै सङ्कटमा परेको छ ।”
नर्सहरू विद्यालयमा विद्यार्थीहरूको स्वास्थ्य जाँच, प्राथमिक उपचार र स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउनका लागि खटिएका हुन् । तर, उनीहरूको करार अवधि गत आर्थिक वर्ष असारमा समाप्त भएपछि नवीकरणको सुनिश्चितता नभएको कारण उनीहरू आन्दोलनमा उत्रिएका विद्यालय नर्सका रूपमा कार्यरत पिंकी कुमारी साहले बताइन ।
उनले भनिन्,“हाम्रो करार म्याद नथपेरै पुनः नयाँ करारका लागि भर्ना खोलेर हाम्रो स्थानमा राख्नु अन्याय हो । हामीहरू पनि परीक्षा पास गरेर यहाँसम्म आएका छौँ, करार हटाएर करारमा नियुक्त गर्नु उपयुक्त होइन ।” उनि जनकपुरधामस्थित संकटमोचन माध्यमिक विद्यालयमा कार्यरत छन् ।
गत साता मधेशका शिक्षामन्त्री रानीकुमारी तिवारीले बजेट अभावमा हाल कार्यरत विद्यालय नर्सको म्याद थप गर्न नमिल्ने । तर, पूर्ण रूपमा बजेट विनियोजन भयो भने नयाँ नर्स भर्ना कार्यक्रममा पुरानालाई प्राथमिकतामा राख्ने भन्नुभएको प्रति नर्सहरूको आपत्ति छ । प्रदेश सरकारले विद्यालय नर्स कार्यक्रमको लागि ४० लाख रुपियाँ विनियोजन गरे पनि बजेट अभावको कारण देखाउँदै कार्यक्रम बन्द गर पनि मौखिक आश्वासनकै भरमा उनिहरू काम गर्दै आएका थिए ।
अहिले मधेश प्रदेशका विभिन्न जिल्लामा विद्यालय नर्सका रूपमा ४० जना कार्यरत छन् भने मौखिकको भरमा पाँच महिना काम गरेपछि पारिश्रमिक पनि पाएका छैनन् । यस अघि यही माग लिएर उनिहरूले प्रदेश सरकारसमक्ष ज्ञापनपत्र समेत बुझाउँदै मधेशका मुख्यमन्त्री सतीशकुमार सिंहको आवास अगाडि धर्नासमेत दिएका थिए । यता, शिक्षामन्त्री तिवारीसँग यही विषयमा जानकारी लिन खोज्दा उनको फोन सम्पर्क हुन सकेन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: