जनकपुरधाम । मधेश प्रदेशमा कार्यरत विद्यालय नर्सहरू करार म्याद थप गराउन प्रदेश सरकारको दैलोमा पुगेका छन् ।
प्रदेश सरकारले सञ्चालन गरेको विद्यालय नर्स कार्यक्रमअन्तर्गत कार्यरत नर्सहरूले करार अवधिको म्याद थप गर्न पटक–पटक सरकारलाई घचघचाउँदा पनि सरकार गम्भीर नभएपछि सोमबार जनकपुरधामस्थित शिक्षा तथा संस्कृति मन्त्रालय अगाडि धर्नामा बसेका हुन् ।
विगत चार वर्षदेखि कार्यरत विद्यालय नर्सहरू गत असारपछि म्याद नथपेको र पाँच महिनादेखि मौखिककै भरमा काम गरिरहेको बताउँदै करार म्याद थप गर्न दबाब स्वरूप प्रदेश सरकारलाई घचघचाउन धर्ना बसेको नर्सहरूले बताएका छन् । सरकारसँग जागिर सुरक्षाको माग गर्दै उनिहरू भन्छन्, “विद्यालयमा हाम्रो भूमिका महत्त्वपूर्ण छ । हामीले विद्यार्थीहरूको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न काम गरिरहेका छौँ । तर हाम्रो रोजगारी नै सङ्कटमा परेको छ ।”
नर्सहरू विद्यालयमा विद्यार्थीहरूको स्वास्थ्य जाँच, प्राथमिक उपचार र स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउनका लागि खटिएका हुन् । तर, उनीहरूको करार अवधि गत आर्थिक वर्ष असारमा समाप्त भएपछि नवीकरणको सुनिश्चितता नभएको कारण उनीहरू आन्दोलनमा उत्रिएका विद्यालय नर्सका रूपमा कार्यरत पिंकी कुमारी साहले बताइन ।
उनले भनिन्,“हाम्रो करार म्याद नथपेरै पुनः नयाँ करारका लागि भर्ना खोलेर हाम्रो स्थानमा राख्नु अन्याय हो । हामीहरू पनि परीक्षा पास गरेर यहाँसम्म आएका छौँ, करार हटाएर करारमा नियुक्त गर्नु उपयुक्त होइन ।” उनि जनकपुरधामस्थित संकटमोचन माध्यमिक विद्यालयमा कार्यरत छन् ।
गत साता मधेशका शिक्षामन्त्री रानीकुमारी तिवारीले बजेट अभावमा हाल कार्यरत विद्यालय नर्सको म्याद थप गर्न नमिल्ने । तर, पूर्ण रूपमा बजेट विनियोजन भयो भने नयाँ नर्स भर्ना कार्यक्रममा पुरानालाई प्राथमिकतामा राख्ने भन्नुभएको प्रति नर्सहरूको आपत्ति छ । प्रदेश सरकारले विद्यालय नर्स कार्यक्रमको लागि ४० लाख रुपियाँ विनियोजन गरे पनि बजेट अभावको कारण देखाउँदै कार्यक्रम बन्द गर पनि मौखिक आश्वासनकै भरमा उनिहरू काम गर्दै आएका थिए ।
अहिले मधेश प्रदेशका विभिन्न जिल्लामा विद्यालय नर्सका रूपमा ४० जना कार्यरत छन् भने मौखिकको भरमा पाँच महिना काम गरेपछि पारिश्रमिक पनि पाएका छैनन् । यस अघि यही माग लिएर उनिहरूले प्रदेश सरकारसमक्ष ज्ञापनपत्र समेत बुझाउँदै मधेशका मुख्यमन्त्री सतीशकुमार सिंहको आवास अगाडि धर्नासमेत दिएका थिए । यता, शिक्षामन्त्री तिवारीसँग यही विषयमा जानकारी लिन खोज्दा उनको फोन सम्पर्क हुन सकेन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: