Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

अलेप्पो वरपरका कुर्दिस समुदायलाई सुरक्षित स्थलमा राख्न चाहेको कुर्दिस समूहको भनाइ

खबरडबली संवाददाता

लेबनान । सिरियामा अमेरिका समर्थित कुर्द नेतृत्वको सेनाले अलेप्पो वरपरका कुर्दहरुलाई आफ्नो नियन्त्रणमा रहेको सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न खोजिरहेको बताएको छ । 

सिरियामा सन् २०११ मा राष्ट्रपति बशर अल असदले गरेको प्रदर्शनमाथि दमन भएपछि सिरियामा युद्ध जारी छ । समय बित्दै जाँदा, यो द्वन्द्वले विदेशी शक्ति र जिहादीहरूलाई आकर्षित गरेको छ । सिरियामा युद्धका कारण पाँच लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने आधा जनसङ्ख्या विस्थापित भएको छ । 

गत हप्ता हयात तहरीर अल–शाम समूहका जिहादी र यसका सहयोगीहरुले टर्कीको सीमा नजिकै उत्तरपश्चिमी सिरियाबाट व्यापक आक्रमण गरी सिरियाको दोस्रो ठूलो सहर अलेप्पोलगायत वरपरका क्षेत्रलाई सरकारी नियन्त्रणबाट फिर्ता लिएका छन् । सिरियाका कुर्दहरुले सन् २०११ देखि विस्थापनका थुप्रै श्रृङ्खलाहरु भोगेका छन् र पछिल्लो आक्रमणमा फेरि अग्रपङ्क्तिमा उभिएर लड्दै आएका छन् ।

सिरियाको अलेप्पो प्रान्तको रणनीतिक शहर ताल रिफात र आसपासका गाउँहरू कब्जामा लिएका टर्की समर्थक समूहले करिब दुई लाख सिरियाली कुर्दलाई घेराहालेको सिरियायुद्ध अनुगमनकर्ताले आइतबार राति बताएका छन् । सिरियन डेमोक्र्याटिक फोर्सेज (एसडिएफ)का प्रमुख मजलुम अब्दीले अमेरिकाको सहयोग प्राप्त आफ्नो सङ्गठनले ताल रिफात र अलेप्पोका अन्य भागमा बसोबास गरिरहेका कुर्दहरुलाई कुर्दिसको नियन्त्रणमा रहेका क्षेत्रमा फर्काउने प्रयास गरिरहेको बताएका थिए । 

“हामी सिरियाको उत्तरपूर्वमा हाम्रो सुरक्षित क्षेत्रहरुमा हाम्रा जनताको सुरक्षा सुनिश्चित गर्न र उनीहरूको सुरक्षित स्थानान्तरणलाई सहजीकरण गर्न सबै सम्बन्धित पक्षहरुसँग सक्रियरुपमा समन्वय गरिरहेका छौँ,” अब्दीले एक विज्ञप्तिमा भने । एसडीएफका कमान्डर इन चिफ अब्दीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “उत्तरपश्चिम सिरियामा स्थिति तीव्र र अचानक विकसित भएको छ र हाम्रा सेनाले विभिन्न मोर्चाबाट तीव्र आक्रमणको सामना गरिरहेका छन् ।”

“सिरियाली सेना र यसका सहयोगीहरूको पतन र फिर्ता पछि हामीले हाम्रा जनतालाई सम्भावित नरसंहारबाट जोगाउने उद्देश्यका साथ हाम्रो पूर्वी क्षेत्र अलेप्पो र ताल रिफात क्षेत्रबिच मानवीय करिडोर स्थापना गर्न हस्तक्षेप गरेका छौँ”, उनले भने, “यद्यपि, टर्कीको कब्जाद्वारा समर्थित सशस्त्र समूहहरूको आक्रमणले यो करिडोरलाई अवरुद्ध पारेको छ ।”

अब्दीले आक्रमणका बावजुद पनि ‘हाम्रो सेनाले अलेप्पोको कुर्दिश इलाकामा बसोबास गर्ने हाम्रा जनताको सुरक्षाका लागि निरन्तर प्रतिरोध जारी राखेको’ बताए । यसैबिच, सिरियाको दोस्रो ठूलो शहर अलेप्पो राष्ट्रपति बसर अल असदको सरकारको नियन्त्रणमा नरहेको बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्थाले आइतबार जनाएको छ । 

“सन् २०११ मा द्वन्द्व सुरु भएयता पहिलो पटक अलेप्पो सहर सिरियाली सरकारी सेनाको नियन्त्रणबाहिर पुगेको हो,” संस्थाका प्रमुख रामी अब्देल रहमानले एएफपीसँग बताए । सिरियाली सेनाले विद्रोहीहरु अलेप्पोको ‘ठूलो भागमा’ प्रवेश गरेको स्वीकार गर्दै ‘सरकार पक्षधर सशस्त्र बलका दर्जनौँ व्यक्ति मारिएको र अन्य घाइते भएको’बताएको छ । 

सिरियाली सेनाले ‘सशस्त्र आतङ्कवादी सङ्गठनहरु’ले ‘अलेप्पो र इदलिब मोर्चामा विभिन्न कोणबाट व्यापक आक्रमण’ गरेको र ‘१०० किलोमिटर (६० माइल) भन्दा बढी दूरीमा भीषण युद्ध भएको’ पुष्टि गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending