Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

भैरहवामा संचालन हुन लागेको लुम्बिनी महोत्सव सबैको ‘साझा पर्व’

खबरडबली संवाददाता

भैरहवा  । यस क्षेत्रका उद्योगी–व्यवसायी, संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु र बद्धिजीवीहरुले भैरहवामा आयोजना हुन लागेको नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ सबैको साझा पर्व भएको बताएका छन् । उनीहरुले नेपालीहरुका ठूला चाडपर्व जस्तै यो महोत्सवमा सबै क्षेत्रको प्रबद्र्धन हुने भएकाले साझा पर्व भएको जनाए ।

महोत्सव आयोजक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले लुम्बिनी राष्ट्रिय महोत्सव आयोजना स्थल भैरहवास्थित अंचलपुरमा आइतबार आयोजना गरेको छलफलमा बोल्ने वक्ताहरुले आर्थिक क्षेत्रलाई चलायमान बनाउन र नयाँ उद्यमशिलता विकासमा सहयोग पुग्ने भएकाले मेलालाई सबैले साझा पर्व सम्झिएर सहयोग गर्नुपर्नेमा जोड दिए ।

उद्योग ब्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले महोत्सव निजी क्षेत्रसँगै सबै तह र तप्काका नागरिकको विशेष पर्व भएको बताए । ‘कृषि, पर्यटन, उद्योग–व्यापार, शिक्षा, स्वास्थ्य, खेलकुद, उद्यमशीलता विकास सबै–सबै क्षेत्रमा महोत्सवले सकारात्मक प्रभाव पार्छ’, उनले भने, ‘यसैले आयोजक संस्था एउटा भए पनि हामीले पर्वका रुपमा मनाउनुपर्छ र सोहीअनुसार सहयोग गर्न जरुरी हुन्छ ।’

उनले महोत्सव सफल पार्न स्थानीय सरकारको अझै अहम् भूमिका हुने बताए । ‘कम्तिमा रुपन्देहीका सबै पालिकाले आफ्नो क्षेत्रबाट आठ–दशजना व्यवसायीलाई आफ्नै खर्चमा पालिकाहरुले यहाँ पठाउनुपर्छ’, उनले भने, ‘यसले सम्बन्धित पालिकाको व्यवसायको प्रबद्र्धन हुन्छ, नयाँ कुरा सिकाई हुन्छ । यसैले पालिकाको सहयोग जरुरी छ ।’ श्रेष्ठले सधैभरी अस्थायी संरचनामा महोत्सव गर्नुपर्ने बाध्यता रहेको भन्दै तत्काल भैरहवा मण्डप व्यवस्थापन र निर्माणका लागि सहयोग गर्नुपर्नेमा जोड दिए । यस्तै, उनले महोत्सवमा रैथाने खेलकुदलाई प्रोत्साहन गर्न अनुरोध गरे ।

भैरहवा मर्निङवाक ग्रुपका अध्यक्ष विजयगोविन्द श्रेष्ठले महोत्सवले उद्यमशीलता विकास गरेमा यसले सार्थकता पाउने जनाए । अन्य ठाउँभन्दा महोत्सवमा हरेक वस्तु सस्तो हुनुपर्नेमा जोड दिए । यस्तै, कृषिको प्रबद्र्धनलाई विशेष गराउन उनले आग्रह गरे । युवा अगुवा मनोजकुमार रिजालले भैरहवामा महोत्सवको पर्व मनाइरहँदा नयाँ उद्योग र ब्राण्डलाई समेत प्राथमिकता दिन आग्रह गरे । ‘बाहिर बजारमा भन्दा महोत्सवमा यति प्रतिशत छुट पाइन्छ भन्ने सन्देश दिन सकेमात्रै उपभोक्ता खरिदारिका लागि आउँछन्’, उनले भने, ‘वस्तु खरिदमा वा टिकटमा छुट दिँदा पनि दर्शक तान्न सकिन्छ ।’

सिद्धार्थ संजालका अध्यक्ष अनिलकुमार ज्ञवालीले लुम्बिनी महोत्सव सिंगो जिल्लाबासीका लागि एउटा उत्सव भएको जनाउँदै फरक किसिमको आकर्षण दिन सक्नुपर्नेम जोड दिए । यस्तै, उनले बेलहियाबाट मेलास्थलसम्म सिधा सवारीसाधनको व्यवस्थापन गर्नुपर्ने र भारतीय तथा विदेशी पर्यटकलाई मेलामा आएको खण्डमा लुम्बिनी भ्रमण निःशुल्क गराउनुपर्नेमा जोड दिए । यस्तै, छिमेकी मुलुक भारतका सहरहरुमा समेत प्रचारप्रसार गर्न उनले सुझाए । होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष रामप्रसाद पोखरेलले महोत्सव भैरहवाबासीको महान चाड नै भएको बताए । ‘यो महान चाडले भोलिका दिनमा बजारलाई गुल्जार बनाइराख्न सक्ने गरी हामीले योजनाबद्ध रुपमा काम गर्नुपर्छ र सफल बनाउनुपर्छ’, उनले भने, ‘यसका लागि को आयोजक नभनी भैरहवाका सबै संघसंस्था, राजनीतिक दल र स्थानीयबासी एकजुट भएर लाग्नुपर्छ ।’

जेसीआई सिद्धार्थ लेडी नेपालकी अध्यक्ष संगीता आचार्यले महिलाहरुको उत्पादनलाई मेलास्थलमा छुटसहित स्टल उपलब्ध गराइनु पर्नेमा जोड दिइन् । ‘हामीले यहाँ गाउँगाउँका उत्पादन पनि ल्याउनुपर्छ, अझै महिलाहरुले गरेका उत्पादनलाई प्राथमिकता दिनुपर्छ । सकेसम्म यस्ता उत्पादनलाई स्टलमा निःशुल्क गरौं’, उनले भनिन्, ‘युवादेखि पाकापुस्ता र विदेशी पर्यटकलाई लक्षित गरी महोत्सवको आकर्षणका रुपमा सांगीतिक कार्यक्रमलाई पनि बनाइनुपर्छ ।’ महिला अगुवा शान्ति अधिकारीले महोत्सव भैरहवा क्षेत्रको गहना नै भएको बताइन् । उनले यसको सफलता समग्र भैरहवाबासीसँग जोडिएकाले सबैले कुनै न कुनै किसिमले योगदान गर्न सक्नुपर्ने जनाइन् ।

उत्प्रेरक ट्रेनर कृष्ण शाह, प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदयकुमार मल्लिक, नेपाल–भारत मैत्री संघ बेलहिया शाखा अध्यक्ष पशुपतिप्रसाद कान्दु, नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा अध्यक्ष दीपक क्षेत्री न्यौपाने, सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराई, सिद्धार्थ सामुदायिकका अध्यक्ष गोविन्दप्रसाद बश्याल, रेडक्रस उपशाखा बेलहिया अध्यक्ष राकेश गुरुङ, युवा व्यवसायी लेखनाथ भट्टराई, पर्यटन व्यवसायी राजेश महत्रा लगायतले बोल्दै महोत्सवमा साहित्यिक कार्यक्रम पनि गर्नुपर्ने, नयाँ उद्यमी लक्षित ट्रेनिङ गर्नुपर्ने, सहज यातायातको व्यवस्थापन गर्नुपर्ने, कुस्ती खेल राख्नुपर्ने, सुरक्षालाई विशेष ध्यान दिनुपर्ने लगायतका सुझाव राखे । उनीहरुले महोत्सव सफल पार्न आफूहरुले सबै किसिमको सहयोग गर्ने विश्वास दिलाए ।

संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समिति संयोजक ठाकुरकुमार श्रेष्ठले यसअघिका आठवटा महोत्सव सफलतापूर्वक सम्पन्न गरी नवौं आयोजना गरिएको जनाउँदै यसको सफलता नै भैरहवा क्षेत्रको सफलता भएको बताए । उनले उद्घाटन सत्रमा हुने र्यालीमा सबै संघसंस्थालाई ब्यानरसहित सहभागी हुन आग्रह गरे । उनले महोत्सवले उद्योग–व्यापारको प्रबद्र्धन गर्ने मात्रै नभई यहाँको कलासंस्कृति, पराम्परा, रितिरिवाजको संरक्षण र प्रबद्र्धन समेत गर्ने भएकाले सबैको सहयोगको अपेक्षा लिइएको जनाए । ‘मेलाले सबै क्षेत्रको प्रबद्र्धन गर्छ नै समग्रमा अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्छ’, उनले भने, ‘यसैले सबै मेला भर्न आउ र सफल बनाऔं ।’ उनले विद्यार्थी, महिला उद्यमी, जेष्ठ नागरिकलाई छुट सुविधा दिइएको बताए ।

संघसंस्था समन्वय समिति संयोजक एवं सघंकी कार्यसमिति सदस्य विष्णुमाया शर्माले मेलाले यस क्षेत्रको उत्पादन र उद्योग व्यवसायको प्रबद्र्धन गर्ने जनाइन् । सबैको साथ, सहयोग र सकारात्मक पहलकदमी जरुरी रहेको जनाउँदै महोत्सवको अवलोकन गर्न आह्वान गरिन् । ‘यो मेलाले व्यक्ति, संस्था, नगर, जिल्ला, प्रदेश हुँदै सिंगो मुलुकको आर्थिक क्षेत्रमा एउटा सन्देश दिनेछ’, उनले भनिन्, ‘यसका लागि भैरहवाबासी एकजुट भएर महोत्सव सफल बनाउनुपर्छ ।’ लुम्बिनी महोत्सव यही मंसिर २० देखि पुस १ सम्म भैरहवाको अंचलपुरमा आयोजना हुँदैछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छः हर्क साम्पाङ

ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...

तनहुँको गाछेपानीमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...

बाँकेमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending