Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

रुस-युक्रेन युद्ध मोर्चाबाट विप्लवलाई खुला पत्र

डायमन्ड सी म्याग्देली
डायमन्ड सी म्याग्देली

महासचिव कमरेड विप्लव

रातो सलाम
सन् २०२२ फेब्रुअरीदेखि रुस–युक्रेनबिच चलिरहेको उच्च प्रविधियुक्त आधुनिक युद्धमा ४०५ दिनदेखि निरन्तर अग्रमोर्चामा सहभागी भएर आजसम्म सकुशल रहेको जानकारी गराउन चाहन्छु। सामान्य जीवनशैलीमा भिन्न राजनीतिक धारमा उभिँदै एकीकृत जनक्रान्तिको माध्यमबाट समाजवादी क्रान्ति सम्पन्न गर्ने नयाँ सूत्रको प्रयोगमा  निरन्तर सक्रिय तपाईं पनि सकुशल हुनुहुन्छ होला भन्ने अपेक्षा गरेको छु।

लडाइँको व्यस्त तालिका, फुर्सदमा समेत सञ्चार प्रविधिको सीमित पहुँच रहने कारण लामो समयसम्म यहाँको युद्ध अनुभव सेयर गर्ने र त्यहाँको राजनीतिक गतिविधिबारे अपडेट भइरहने अवसर जुरेन। यस पटक छोटो विदाको समयलाई उपयोग गर्दै खुला पत्र मार्फत तपाईंसँग अलिकति भलाकुसारी गर्ने प्रयास गर्दैछु पक्कै समय दिनुहुनेछ भन्ने विश्वास छ।

कुनै समय मालेमावादी विचारलाई मार्गदर्शक सिद्धान्त मानेर नेपालमा जनवादी सत्ता स्थापना गर्ने महान् सपना बोकेर जनयुद्धको बाटोमा लामबद्ध योद्धा यसरी लेनिनकै देशको सिपाही बनेर युक्रेनविरुद्ध लडाइँ लड्नु पर्ला भन्ने कल्पनै थिएन। तर समय, परिस्थितिलाई  अनुकूलतामा ढाल्ने सामर्थ्य रहेन भने वाध्यात्मक परिस्थितिको दास बन्नै पर्दो रहेछ। त्यसो त जनमुक्ति सेनाको बटालियन सह(कमान्डरसम्मको जिम्मेवारीमा पुगेको व्यक्ति समायोजनको प्रक्रियालाई स्वीकार गरेको भए अधिकृत तहमै समायोजन भएर जागिरे अफिसर हुने अवसर नभएको पनि होइन तर राजनीतिक आदर्श र जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने सपना जीवित रहँदै जागिरे अफिसर बन्ने बाटो रोज्न भित्री मनदेखि नै इच्छा प्रकट भएन।

एउटा इतिहास बोकेको जनमुक्ति सेनाको बाँकी यात्रामा विराम लागेपछि पछाडि फर्केर जीर्ण वनेको घररगोठ मर्मत सम्भार गर्नु तथा बाँझो बनिसकेको खेतबारी खनजोत गरेर जीवन गुजारा चलाउने पुरानै बाटोमा फर्किनुको विकल्प थिएन।यद्यपि राजनीतिक विचारले ओतप्रोत जो कोही शून्यतामा बस्न सम्भव नहुँदो रहेछ।त्यसो त जनमुक्ति सेनाको जिम्मेवारीमा रहँदै पार्टीभित्र चलिरहेको अन्तरसंघर्षमा विकृति, विचलनविरुद्धको

विद्रोही विचारको पक्षमा उभिएको अवस्था थियो। दुई लाइन सङ्घर्षले निकास होइन पार्टी विभाजनको रेखा कोरेपछि २०६८ मा  कमरेड किरणको नेतृत्वमा नवगठित  नेकपा(माओवादी मा आबद्ध भएर केही समय गुजारियो।त्यसपछि २०७१ मा फेरि किरण नेतृत्वको पार्टीबाट अलग भई तपाईंको नेतृत्वमा गठित पार्टी नेकपामा सक्रिय भएर जिल्ला सेक्रेटरी सम्मको जिम्मेवारी वहन गर्ने अवसर मिल्यो।

पार्टीमा राजनीतिक जिम्मेवारीको तह त बढ्दै थियो यद्यपि आफ्नो पारिवारिक आर्थिक अवस्था दिनानुदिन ओरालो लाग्नबाट रोक्ने कुनै सूत्र फेला पर्न सकिरहेको थिएन।नियमित खेतीपाती,पेसारव्यवसाय गरेर घर खर्च चलाउन त सकिन्थ्यो तर जिल्लाको नेतृत्व तहमा भैसकेपछि  पार्टीको जिम्मेवारीलाई प्राथमिकतामा राख्नै पर्‍यो त्यसो गर्दा निजी पेसारव्यवसायको लागी समय व्यवस्थापन गर्न  चुनौती थपिनु स्वाभाविक थियो ।निजी व्यवसाय र पार्टी जिम्मेवारी को तालमेल मिलाउन नसके दुईतिरै असफल हुने अवस्था बन्थ्यो नै।पार्टीको आर्थिक प्रणाली अहिले के(कति सुधार भएको छ थाहा छैन तर त्यतिवेला अन्य कतिपयले गरिराखे जस्तै विभिन्न शीर्षकवाट पार्टीको नाममा जम्मा हुन आउने रकमको केही हिस्सा गोलमाल गरेर घर खर्च चलाउने खालको प्रवृत्ति आफ्नो थिएन।

यस्तो अवस्थामा कि त पार्टी जिम्मेवारीमै सक्रिय रहिरहनु पर्थ्यो कि त धुलो मैलोबाट जोगिने गरी सक्रिय जिम्मेवारीबाट बिदा लिएर पूर्ण पारिवारिक जिम्मेवारीमा फर्कनुपर्थ्यो( अन्ततः मैले दोस्रो विकल्प रोज्ने कठोर निर्णय गरेँ र अहिले पारिवारिक जिम्मेवारी पूरा गर्नकै लागि  लेनिनको देशमा पुटिनको सिपाही बनेर अग्र मोर्चामा जिम्मेवारी सम्हाल्दै छु।

लेनिनको देशमा आएर युक्रेनविरुद्ध  भाडाको सिपाही भएर लडाइँ लड्नु बखान गर्न लायक निकै ठुलो बहादुरी र गर्वको विषय त होइन । तर पनि अन्यत्र गएर गुलामी गर्नुभन्दा लेनिनको देशमा गएर रगतरपसिना बगाउन तयार हुँदा अलिकति आत्मसम्मान एवम् आत्मसन्तुष्टि चाहिँ महसुस हुँदो रहेछ। त्यसो त आज यहाँ लेनिनको पालाको सोभियत सत्ता र वोल्सेभिक पार्टी छैन यद्यपि लेनिनले स्थापित गरेका कतिपय मान्यताहरू चाहिँ  अभ्यासमै रहेको देखिन्छ।

 जस्तै रसियन सेनामा आज पनि लेनिनले क्रान्ति गर्दा गठन गरेको रेडगार्ड भित्र राजनीतिक कमिसार रहने व्यवस्थाको परिमार्जित रूप राजनीतिक ब्युरो प्रमुख रहने व्यवस्था छ।राजनीतिक ब्युरो प्रमुखले नै राजनीतिक कमान्ड, व्यवस्थापनको सबै जिम्मेवारी लिएको हुन्छ।मुठ्ठी कसेर अभिवादन गर्ने, कमरेड शब्दले सम्बोधन गर्ने, कल साइनको प्रयोग जस्ता अभ्यास कायम छ। लडाइँ अवधिमा दर्ज्यानी चिन्ह लगाउन निषेध छ।काम, माम, खटन–पटन, सेवा– सुविधामा विभेद देखिँदैन।

अन्य प्रतिक्रियावादी सेनामा जस्तै दिनमा दर्जनौँ पटक सिपाहीले कमान्डरलाई सलामी ठोकेर गुलामी गर्न पर्दैन। स्वदेशी(विदेशी भन्ने आधारमा कुनै विभेद, दुर्व्यवहार गर्न सख्त मनाही छ, कहीँ कसैले विभेद गरेको खण्डमा कारबाहीको भागिदार बन्नैपर्छ। सैन्य इकाईहरूमा हँसियारहथौडा अङ्कित झन्डा तथा लेनिन, स्टालिन, पुटिनका फोटो टाँसिएको हुन्छ ,कोटेसनहरू लेखिएको हुन्छ। पश्चिमा अमेरिकी साम्राज्यवादप्रति निकै घृणा भाव देखिन्छ।

जनयुद्धमा सहभागी हुँदा सैद्धान्तिक रूपले पश्चिमा–अमेरिकी साम्राज्यवादको विरोध गरिन्थ्यो । यहाँ अहिले पश्चिमा–अमेरिकीहरूले उपलब्ध गराएको घातक मिसाइल, रकेट, बम, गोला–बारुद मात्रै होइन कुरुस्क घुसपैठ पछि नाटो सैन्य गठबन्धन विरुद्ध प्रत्यक्ष लडाइँ लड्नु परिरहेको छ।यसर्थ कताकति जनयुद्धकै अर्को  फेजको लडाइँ लड्दै छु जस्तो भान हुँदो रहेछ।

उद्देश्य, देश, परिवेश, भूगोल त भिन्न हो  नै त्यसैमा विश्वकै उच्च प्रविधियुक्त आधुनिक युद्धमा सहभागी भएर आज यहाँ लडिरहेको लडाइँको तुलनामा प्रविधिको हिसाबले हिजो हामीले लडेको लडाइँ त केही पनि रहेनछ जस्तो लाग्छ। यहाँ जस्तै  उच्च प्रविधिको प्रयोग गरेर नेपालमा एक पटक दलाल राज्यसत्ता विरुद्ध निर्णायक लडाइँ लड्ने सामर्थ्य जुटाउन सक्ने हो भने सपनाको समाजवादी व्यवस्थालाई यथार्थमा रूपान्तरण गर्न हप्ता दस दिन नै काफी हुन्थ्यो होला जस्तो लाग्छ।

 यी त भए जनयुद्धदेखि रुस–युक्रेन युद्ध सम्मका मेरा मोटामोटी मिश्रित अनुभूति।   अब केही जिज्ञासा–सुझाव, लडाइँको व्यस्तता, सञ्चार सुविधाको सीमित पहुँचका कारण देशमा के भइरहेको छरुतपाईँ के गर्दै हुनुहुन्छ? एकीकृत जनक्रान्ति कसरी अगाडि बढ्दैछ भन्नेबारे नियमित अपडेट हुन सक्ने अवस्था रहँदैन। यसपालि भने छोटो बिदाको सुविधा पाएको बखत पार्टी स्थापना दिवसको अवसरमा तपाईंले व्यक्त गर्नु भएको मन्तव्यको केही अंश सुन्ने मौका मिल्यो । त्यसपछि मनमा उठेका केही जिज्ञासा:

  १. २०८४ को चुनावलाई उपयोग गर्ने सङ्केत गर्नुभयो,यसको रणनीतिक उद्देश्य के होरु यसअघिको स्थानीय चुनावमा जस्तै निराशाजनक परिणाम आयो भने के हुन्छरु एउटै उम्मेदवारले करोडौँ पैसाको खोलो बगाएर लड्नुपर्ने वर्तमान पुँजीवादी संसदीय प्रणालीको चुनावमा क्रान्तिकारी पार्टीको उम्मेदवारले कसरी चुनाव लड्न र जित निकाल्न सक्छरु प्रगतिशील एजेन्डाले मात्रै चुनाव जित्न सम्भव त नहोला,अनि चुनावी मैदानमा उत्रिनलाई सङ्गठनरजनाधार कत्तिको बलियो वनेको छ ?

२. विभाजित माओवादीहरूबिच एकताको प्रसङ्ग पनि चलेको सुनेँ, यसबारे के(कति प्रगति भएको छरुविचार,नीति एवम् नेतृत्वबारे सहमति जुट्ने र एकताबद्ध हुने सम्भावना कति छरुसमाजवादमा पुग्नलाई तत्कालको लागी व्यालेटकै अभ्यास गर्ने हो भने सैद्धान्तिकरवैचारिक रूपमा धेरै ठुलो मतान्तर रहन्छ जस्तो लाग्दैन।बरु सङ्गठनरजिम्मेवारी मा स्वार्थ बाझिदा ह्रस्व, दीर्घ, कमा, पूर्णविराम जस्ता सामान्य विषयमा समेत विचार,सिद्धान्त मिलेन भन्ने बहाना बनाएर व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर छुट्टाछुट्टै चुल्हो बाल्नै पर्ने वामपन्थी दीर्घ रोगको उचित उपचार विधि पत्ता लगाएर स्वस्थ र बलियो कम्युनिस्ट केन्द्र निर्माण पो आवश्यक छ किरु

३. केही पहिले गठित समाजवादी मोर्चाले के गर्दै छ रुकुनै गति र परिणाम दिन नसक्नुको कारण के होला रुक्रान्तिकारी पार्टीको गतिशील नेता तपाईँ सम्मिलित समाजवादी मोर्चा अलिक गतिशील र परिणाममुखी वने हुन्थ्यो भन्ने आम जनअपेक्षा  छ हैन ?

४. तपाईंले क्रान्तिलाई श्रम,उत्पादन सँगै जोडेर अघि बढाउने जुन नयाँ अभ्यास गरिरहनु भएको छ यो त प्रशंसनीय छ नै यद्यपि श्रम,उत्पादनमा लागिरहँदा कहिलेकाहीँ राजनीतिक पहलकदमी लिने विषय छायामा परेजस्तो बाहिरी प्रतिक्रिया देखिन्छ, यसखाले प्रतिक्रिया लाई समेत ध्यान दिन आवश्यक छ किरु

५. बदलिँदो विश्व भू(राजनीतिले नेपालमा पार्ने प्रभाव,श्रीलङ्कामा भर्खर सम्पन्न चुनावमा कुनै समय राज्यविरुद्ध विद्रोहको झन्डा बोकेको वामपन्थी पार्टीको जित, फेरिएको नेपाली जनताको मनोविज्ञान इत्यादि तमाम कारणले अब समाजवादी सत्ता स्थापना गर्न  बुलेट होइन व्यालेट लाई पहिलो प्राथमिकतामा राख्नु उपयुक्त हुन्छ कि जस्तो लाग्छ,बलियो समाजवादी मोर्चा बन्यो भने ठुलो जनमत बटुल्न सक्ने स्थिति देखिन्छ।यसबारे पार्टीको रणनीति के छ ?

अन्तमा

पुराना संसदवादी राजनीतिक दलका नेताहरू मात्रै होइन स्वघोषित नयाँ वैकल्पिक राजनीतिक पार्टीका नेता भनिनेहरू समेत गर्भैदेखि दरलाग्दो भ्रष्टाचारको दलदलमा रुमल्लिएर डुङ्डुङ्टी गन्हाई रहँदा तपाईँ चाही आजसम्म आफ्नो स्वच्छ क्रान्तिकारी छविलाई जोगाइराख्न सफल रहनु सह्रानीय कुरा हो,यो स्पिरिट कायम रहिरहन सकोस् ।यति मात्र होइन सिङ्गो पार्टीलाई श्रमसँग,श्रमलाई नेता कार्यकर्ता सँग,नेता कार्यकर्ता लाई जनतासँग र आम श्रमजीवी जनतालाई  क्रान्तिसँग जोड्दै समाजवादी सत्ता स्थापना गर्ने नयाँ अभ्यासमा जसरी तपाईँ सक्रियता साथ क्रियाशील हुनुहुन्छ यसले ढिलो चाँडो एउटा परिणाम अवश्य निस्कने देखिन्छ । छिटो परिणाम निकाल्नको लागि अन्य समाजवादी शक्ति र जनताको ठुलो पङ्क्तिलाई समेत नयाँ अभ्यासमा लामबद्ध गर्न अपरिहार्य देखिन्छ ।त्यसको पहलकदमी तपाईंले लिनुहुनेछ भन्ने विश्वास छ। म त अझै अग्रमोर्चामै छु। यहाँको लडाइँ कहिले टुङ्गिन्छ भन्ने अझै अनिश्चित छ । आफूले लडिरहेको लडाइँ एउटा निष्कर्षमा नपुग्दै देश फर्किने अवस्था पनि छैन। लडाइँ टुङ्गोमा पुगेर देश फर्केपछि यहाँ प्राप्त केही नयाँ अनुभवलाई समाजवादी क्रान्तिमा जोड्न तपाईँसँग साक्षात्कार गर्ने इच्छा जाहेर गर्दै अहिलेलाई बिदा।

डायमन्ड सी म्याग्देली 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुमार्गीमाथिको सम्पत्ति शुद्धीकरण अनुसन्धानमा सर्वोच्चको अन्तरिम रोक

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गी माथि भइरहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको छ। न्या...

कांग्रेसमा सहमतिको गाँठो कसिँदै, राष्ट्रिय भेलातर्फ मोडियो इतर पक्ष

संस्थापन पक्षको अडानपछि ‘एकता महाधिवेशन’ अन्योलमा, राष्ट्रिय भेला बोलाउने तयारीमा इतर समूह

कोशी प्रदेशसभाः बजेटमाथिको प्रश्नमा मन्त्रीहरूको जवाफ

विराटनगर । कोशी प्रदेशसभाको सोमबार बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका छन्। आर्थिक मा...

सुकुम्बासीका आँसु देखेर पनि राज्य संवेदनशील भएनः रास्वपा सचेतक क्रान्तिशिखा

सरकारको कार्यशैलीमाथि सार्वजनिक प्रश्नः ‘के अभिभावकीय राज्य यस्तै हुन्छ ?’

रास्वपाको संशोधित विधानमा सभापतिलाई थप अधिकार, संसदीय दलका नेतामाथि नीतिगत नियन्त्रणको व्यवस्था

सभापतिको निर्देशन पालना नगरे संसदीय दलको नेता पद रिक्त हुने प्रावधान, प्रधानमन्त्री पदमा पनि पर्न सक्छ प्रभाव

टेरामक्स भ्रष्टाचार प्रकरणमा कांग्रेस नेता बस्नेतले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ । न्यायाध...

संविधान र व्यवस्थाको रक्षामा कांग्रेस–एमाले–नेकपाबीच सहकार्य, घेराबन्दीमा पर्दै बालेन

आन्तरिक किचलोबीच साझा मुद्दामा संसददेखि सडकसम्म सहकार्य गर्ने संकेत

दलाई लामाको जन्मदिनमा जुलुस र सार्वजनिक कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय

काठमाडौं । निर्वासित तिब्बती धर्मगुरु दलाई लामा को जन्मदिनका अवसरमा सोमबार काठमाडौंमा जुलुस, सभा तथा सार्वजनिक प्रदर्शन गर्न नदिने निर्णय गरिएको छ। ...

मानव–वन्यजन्तु द्वन्द्वको दीर्घकालीन समाधान खोज्छौँ : मन्त्री गौतम

ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएका आमाछोराको परिवारसँग भेट, क्षतिपूर्ति र घर पुनर्निर्माणको प्रतिबद्धता

तिंकर भञ्ज्याङको सीमा स्तम्भमा फहराइयो राष्ट्रिय झण्डा

दार्चुला । कालापानी–लिपुलेक यात्रामा रहेको राष्ट्रिय जेनजी नागरिक अभियानको टोलीले दार्चुलाको तिंकर भञ्ज्याङस्थित ५ हजार २५८ मिटर उचाइमा रहेको एक नम्बर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending