Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

एनपीएललाई मध्यनजर गर्दै नेपाल टेलिकमले ल्यायाे एनटी क्रिकेट धमाका प्याक

खबरडबली संवाददाता

काठमाडाैं । आगामी मंसिर १५ गतेदेखि काठमाडौंमा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई मध्यनजर गर्दै नेपाल टेलीकमले एनटी क्रिकेट धमाका प्याक ल्याएकाे छ । टेलीकमले सम्पूर्ण क्रिकेटप्रेमीहरुले अनवरत रुपमा खेलको आनन्द लिन पाउन् भन्ने उद्देश्यसाथ एनटी क्रिकेट धमाका प्याक सार्वजनिक गरेको हाे । 

मंसिर १३ गते लाजिम्पाटस्थित होटल ¥याडिसनमा नेपाल टेलिकमले प्रायोजन गरेको सुदूरपश्चिम रोयल्स टिमसँगको MEET & GREET कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले संयुक्त रुपमा उक्त एनटी क्रिकेट धमाका प्याकको शुभारम्भ गेका हुन् ।

यस योजना अन्तर्गत प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि रु. ६९९ मा ३०० जीबी  डाटा उपलब्ध हुने टेलिकमले जनाएकाे छ । जसमा प्रतिदिन १० जीबी डाटा प्रयोग गर्न सकिने र १० जीबीको लिमिट पूरा भए बाँकी समय ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ। 

यसैगरी रु. ४९९ मा प्रतिदिन ५ जीबीका दरले १५० जीबी डाटा उपलब्ध हुनेछ । जसमा ५ जीबीको  लिमिट पूरा भए बाँकी समय २ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने टेलीकमका प्रवक्ता हरि ढकालले जानकारी दिए । पोष्टपेड प्रयोगकर्ताका लागि मासिक रेन्टल समेत समावेश गरिएका धमाका प्याकहरुको समयावधि ३० दिन रहेको छ भने प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको ढकालकाे भनाइ छ ।

आज (२०८१ मङ्सिर १४) देखि आगामी पौष ६ गते सम्म लागू हुने एनटी क्रिकेट धमाका प्याकहरु मोबाइलबाट *1415*11# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत  खरिद गर्न सकिनेछ ।

सम्पूर्ण खेलप्रेमीको खेलप्रतिको लगावलाई सम्बोधन गर्ने प्रयास स्वरूप सबैले नेपाल प्रिमियर लिगका खेलहरु सस्तो दरमा आफ्नै डिभाइसमा सहज तवरले हेर्न सकुन् भन्ने उद्देश्यले धमाका प्याक सार्वजनिक गरिएको नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले जाकारी दिइन् ।

नेपाल प्रिमियर लिग सम्पन्न हुने किर्तिपुरस्थित क्रिकेट मैदानमा हुनसक्ने क्रिकेटप्रेमी दर्शकको अत्यधिक चापलाई ध्यानमा राखी अविछिन्न दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनीले मैदान वरिपरि small cell लगायतका उपकरणका साथसाथै क्रिकेट एसोसियन अफ नेपाल (क्यान) को अनुरोधमा Media Centre  सञ्चालनका लागि १ जीबीपीएस गतिका २ थान  FTTH नि:शूल्क जडान कार्य समेत सम्पन्न गरिसकिएको टेलिकमका प्रवक्ता ढकालले जाकारी दिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुमार्गीमाथिको सम्पत्ति शुद्धीकरण अनुसन्धानमा सर्वोच्चको अन्तरिम रोक

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गी माथि भइरहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको छ। न्या...

कांग्रेसमा सहमतिको गाँठो कसिँदै, राष्ट्रिय भेलातर्फ मोडियो इतर पक्ष

संस्थापन पक्षको अडानपछि ‘एकता महाधिवेशन’ अन्योलमा, राष्ट्रिय भेला बोलाउने तयारीमा इतर समूह

कोशी प्रदेशसभाः बजेटमाथिको प्रश्नमा मन्त्रीहरूको जवाफ

विराटनगर । कोशी प्रदेशसभाको सोमबार बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका छन्। आर्थिक मा...

सुकुम्बासीका आँसु देखेर पनि राज्य संवेदनशील भएनः रास्वपा सचेतक क्रान्तिशिखा

सरकारको कार्यशैलीमाथि सार्वजनिक प्रश्नः ‘के अभिभावकीय राज्य यस्तै हुन्छ ?’

रास्वपाको संशोधित विधानमा सभापतिलाई थप अधिकार, संसदीय दलका नेतामाथि नीतिगत नियन्त्रणको व्यवस्था

सभापतिको निर्देशन पालना नगरे संसदीय दलको नेता पद रिक्त हुने प्रावधान, प्रधानमन्त्री पदमा पनि पर्न सक्छ प्रभाव

टेरामक्स भ्रष्टाचार प्रकरणमा कांग्रेस नेता बस्नेतले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ । न्यायाध...

संविधान र व्यवस्थाको रक्षामा कांग्रेस–एमाले–नेकपाबीच सहकार्य, घेराबन्दीमा पर्दै बालेन

आन्तरिक किचलोबीच साझा मुद्दामा संसददेखि सडकसम्म सहकार्य गर्ने संकेत

दलाई लामाको जन्मदिनमा जुलुस र सार्वजनिक कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय

काठमाडौं । निर्वासित तिब्बती धर्मगुरु दलाई लामा को जन्मदिनका अवसरमा सोमबार काठमाडौंमा जुलुस, सभा तथा सार्वजनिक प्रदर्शन गर्न नदिने निर्णय गरिएको छ। ...

मानव–वन्यजन्तु द्वन्द्वको दीर्घकालीन समाधान खोज्छौँ : मन्त्री गौतम

ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएका आमाछोराको परिवारसँग भेट, क्षतिपूर्ति र घर पुनर्निर्माणको प्रतिबद्धता

तिंकर भञ्ज्याङको सीमा स्तम्भमा फहराइयो राष्ट्रिय झण्डा

दार्चुला । कालापानी–लिपुलेक यात्रामा रहेको राष्ट्रिय जेनजी नागरिक अभियानको टोलीले दार्चुलाको तिंकर भञ्ज्याङस्थित ५ हजार २५८ मिटर उचाइमा रहेको एक नम्बर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending