काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका कार्यकारी उपाध्यक्ष चेन योङचिबीच भेटवार्ता भएको छ ।
नेपाल–चीन सीमा व्यापार समन्वय तथा सहकार्य संयन्त्रको दोस्रो बैठकमा सहभागी हुन तिब्बती टोलीको नेतृत्व गर्दै नेपाल आउनुभएका योङचिले आज शुक्रबार मन्त्री गुप्तासँग मन्त्रालयमा शिष्टाचार भेट गरेका हुन । उपाध्यक्ष योङ्चिको साथमा नेपालका लागि चिनियाँ राजदूत चेन योङ समेत सहभागी थिए ।
भेटघाटको अवसरमा मन्त्री गुप्ताले नेपाल–चीन सीमा व्यापार समन्वय तथा सहकार्य संयन्त्रको दोस्रो बैठक सफलतापूर्वक सम्पन्न भएकाकामा बधाई ज्ञापन गर्दै चीन र नेपालबीच शताब्दियौँदेखि सम्बन्ध रहेको तथा चीन नेपालको असल मित्र र विकास साझेदार रहेको बताए । ‘चीन नेपालको पुरानो विकास साझेदार हो । नेपालको विकासमा चीनले प्रदान गर्दै आएको सहायताको लागि म धन्यवाद दिन चाहान्छु,’ मन्त्री गुप्ताले भने, ‘चीनबाट प्राप्त सहयोगले नेपालको आर्थिक विकास गर्न, पूर्वाधार विकास गर्न र नेपाली जनताको जीविकोपार्जनमा सुधार गर्न महत्वपूर्ण योगदान पुगेको छ ।’
उनले नेपाल एक चीन सिद्धान्तमा कटिबद्ध रहेको जानकारी दिदैँ कुनै पनि रूपमा नेपाली भूमी चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै, नेपालका निजामती कर्मचारीहरूको तालिमलगायत क्षमता विकासको कार्यक्रममा चीनले पुर्याएको सहयोगको उच्च प्रशंसा गरे ‘नेपाल र चीनबीच जनस्तरमा पनि राम्रो सम्बन्ध रहँदै आएको छ । चौथो सताब्धिदेखि नै हामी दुई देशबीच सामाजिक र सांस्कृतिक सम्बन्ध रहेको छ,’ मन्त्री गुप्ताले भने, ‘चीनले नेपालको निजामती सेवा अस्पतालको स्थापना र स्तरोन्नतिका लागि गरेको निरन्तरको सहयोग र नृपालका निजामती कर्मचारीको विभिन्न तालिमलगायत क्षमता विकासको कार्यक्रममार्फत पुर्याएको सहयोगको हामी उच्च कदर गर्दछौँ ।’
यसैगरी, मन्त्री गुप्ताले चीनको स्वशासित क्षेत्र तिब्बतको सरकारसँग नेपालको उत्तरी सीमा जोडिएको जिल्लाहरूको विकासका लागि आयोजना सहायता (प्रोजेक्ट एड्स) गर्ने सम्झौता (एमओयू अन प्रोजेक्ट एड टू नेपाल) भएकोमा पनि खुसी व्यक्त गरे । ‘एमओयू अन प्रोजेक्ट एड टू नेपाल’को कार्यान्वयन ढाँचा स्वीकृत भइ स्थानीय तहहरूबाट प्राप्त आयोजना प्रस्तावहरू अर्थ मन्त्रालयमार्फत चिनियाँ दूतावासमा पठाइसकिएको जानकारी उनले गराए ।
ती आयोजनाहरू अन्तर्गत सकेसम्म धेरै आयोजनाहरूको छनौट हुने र उक्त आयोजनाहरू चाँडै कार्यान्वयनमा जाने विश्वास व्यक्त गर्दै मन्त्री गुप्ताले त्यस्ता कार्यक्रमका लागि आफ्नो मन्त्रालयले समन्वय र सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । सन् २०१९ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको चीन भ्रमण र सोही वर्ष चिनियाँ राष्ट्रपति सि जिनपिङबाट भएको नेपाल भ्रमणपछि दुई देशबीचको सम्बन्धले थप उचाइ पाएको चर्चा गर्दै मन्त्री गुप्ताले यस किसिमको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत र बलियो बनाउने विश्वास व्यक्त गरे । भविष्यमा पनि यस्तो भ्रमण हुनुपर्ने धारणा उनकाे थियाे ।
सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने र त्यसपछि पनि चीनले नेपाललाई सहयोग जारी राख्न मन्त्री गुप्ताले उपाध्यक्ष योङ्चिलाई आग्रह गरेका छन् । टमा जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका कार्यकारी उपाध्यक्ष चेन योङचिले व्यस्तताकाबीच आफू नेतृत्वको टोलीलाई भेटघाटको समय उपलब्ध गराएको मन्त्री गुप्ताप्रति धन्यवाद व्यक्त गरे । नेपाल र चीनको सम्बन्ध थप प्रगाढ हुँदै जाने मन्त्री गुप्ताको धारणामा सहमति जनाउनुहुँदै नेपालको एक चीन सिद्धान्त र प्रतिवद्धताका लागि धन्यवाद व्यक्त गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: