Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

विपदमा जीविकोपार्जनका माध्यम गुमाएकालाई न राहत न क्षतिपूर्ति

खबरडबली संवाददाता

पाँचथर । प्राकृतिक विपदमा जीविकोपार्जनका माध्यम गुमाएका सर्वसाधारणले सरकारबाट राहत वा क्षतिपूर्ति केही नपाउँदा दैनिकी चलाउन मुस्किल परेको गुनासो गरेका छन् । विगत तीन वर्षदेखि निरन्तर बाढीपहिराको सामना गर्दै आएका यहाँका नागरिकले खेती लगाइएको जमिन, बालीनाली, पशुचौपाया तथा पशुपंक्षी गुमाउनुपरेको छ । जीविकोपार्जनका माध्यम नै बाढीपहिरोले नष्ट गरेपछि समस्यामा परेका सर्वसाधारण सरकारले सहयोग गर्ने अपेक्षामा बसिरहेका छन् ।

याङवरक गाउँपालिका–१ खोलाघारीमा जन्मेहुर्केका पञ्चध्वज राईको परिवारको बसोबास भने नजिकैको च्याङथापू बजारमा छ । खोलाघारीका दुई स्थानमा सात रोपनी जमिनमा रहेको अलैँची बगान राईको परिवार चलाउने आधार थियो । गत वर्ष अलैँचीमा रोग कीराको खासै समस्या पनि थिएन । अलैँचीको मूल्य उकालो लाग्दै थियो । तर बगान नजिकै रहेको मेवाखोलामा विसं २०८० असार २ गते आएको बाढीले राईको अलैँची बगान बगरमा परिणत गरेको छ । अलैँची बगानमा ठुल्ठूला ढुङ्गामुढा थुप्रिएका छन् ।

‘२२ मनसम्म अलैँची फल्थ्यो, बाढीले खोलागढतिर भएका सबै अलैँची बारी नष्ट भयो । अहिले ढुङ्गा थुप्रिएका छन् ।स्थानीय सरकारसँग माग राख्यौँ । गाउँपालिकाले खोला नियन्त्रणका लागि जाली दिने कुरा थियो । त्यो पनि अहिलेसम्म पाएका छैनौं’, राईले भने, ‘अलैँची हामीले फलाए पनि देश बाहिर निर्यात हुँदा राज्यले कर त उठाइरहेकै थियो । सरकारले केही न केही सहयोग गर्नुपर्‍यो । हाम्रो आम्दानीको बाटो नै सकियो । अब के खाएर बाँच्ने ?’

यस वर्ष अलैँचीको भाउले प्रतिमन ९४० किलो० मा रु एक लाख नाघेको छ । पञ्चध्वज खण्डहर बनेको अलैँची बगानमै भेटिन्छन् । च्याङथापूमा डेराजस्तो बसोबास मात्रै भएको र आम्दानीको सबै स्रोत अलैँची बगान भएको राईको भनाइ छ। ‘अहिले यस्तो राम्रो भाउ आएको छ, तर गत वर्षदेखि हाम्रो आम्दानी हराएको छ’, उनले भने, ‘जग्गा र फलेको अलैँची सबै गयो ।’

खोलाघारीकै राजेश राईको खेतबारी र अलैँची बगान पनि बाढीले बगायो । मुख्य रूपमा अलैँचीबाट हुने आम्दानीले परिवार चलाउन पुगेको थियो । ‘मेरो खेतबारी र अलैँची बगानमा ढुङ्गा मात्र थुप्रिएका छन् । कमाइ गर्ने माध्यम नै बन्द भएपछि कसरी परिवार चलाउने रु नानीहरू कसरी पढाउने ?’, राईले भने ।

जिल्लाको फालेलुङ गाउँपालिका–३ शितलपाटीकी नरमाया लिम्बूको घर र खेतबारी फरक–फरक ठाउँमा छन् । गत असोज १२ गते पहिरो झरेर हेवाखोला नजिकै रहेको लिम्बूको सात रोपनी खेत बगाएर लग्यो । लहलह फलेको धान खेत पहिरोमा परिणत भएपछि नरमायाको मन सम्हालिएको छैन । ‘हामी त धेरै पीडित भयौँ, राहत पाइएला कि भनेर वडा कार्यालयमा निवेदन दिएका छौं’, लिम्बूले भने, ‘पहिरोमा घर त जोगियो । गरी खाने खेत बगाएर लग्यो । अब के खाएर बाँच्ने ?’

सरकारले बाढीपहिरोलगायत प्रकोपमा मृत्यु वा बेपत्ता भएका व्यक्ति तथा घरबारविहीन भएका परिवारलाई राहत रकम दिने गरेको छ । तर आंशिक क्षति पुगेका, जीविकोपार्जनको माध्यम खोसिएका सर्वसाधारणले कुनै प्रकारको राहत वा क्षतिपूर्ति पाउन सकेका छैनन् । याङवरक गाउँपालिका–१ च्याङथापूका वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार गत वर्षको असार २ गते आएको बाढीपहिराले भौतिक संरचना, पशुचौपाया, कृषिलगायत क्षेत्रमा क्षति पुर्‍याएको भनेर झण्डै दुई सयवटा निवेदन वडा कार्यालयमा दर्ता भएका थिए । वडा कार्यालयले अभिलेख राखेर निवेदन गाउँपालिकाको कार्यालयमा पठायो । 

गाउँ कार्यपालिकाको कार्यालयले क्षतिको विवरण स्थलगत रूपमै सङ्कलन पनि गरेको थियो । ‘तर यत्तिका समय बितिसक्दा कहीँबाट पनि राहत आएको छैन । जनताले हामीलाई राहत, क्षतिपूर्ति खोइ भन्छन्’, वडाध्यक्ष राईले भने, ‘हामीले के दिने रु हामीले भन्ने पनि त्यही गाउँपालिकामा मात्रै हो ।’ बाख्रा फार्म सञ्चालन गरेका खोलाघारीकै कृष्ण बेघाको फार्म बाढीले बगाए पनि कुनै राहत वा क्षतिपूर्ति प्राप्त नहुँदा बेघाको परिवार गाउँ छाडेर हिँडेको वडाध्यक्ष राई बताउँछन् । 

फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङ बाढीपहिराले किसानको मुख्य आम्दानीका स्रोतमै क्षति पुर्‍याउँदा जीविकोपार्जनमा समस्या पर्ने बताउँछन् । ‘गाउँलेको आम्दानीको बाटो परम्परागत खेती, अलैँचीलगायत नगदेबाली र पशुचौपाया हुन् । तर बाढीपहिरोले यी माध्यममा नै धेरै नोक्सानी पुर्‍याएको छ’, अध्यक्ष थाम्सुहाङले भने, ‘यस वर्ष मात्र बाढीपहिराले पूर्ण क्षति ६९ तथा आंशिक क्षति दुई सय ९४ घररिवारले निवेदन दिनुभएको छ । गाउँपालिका मात्रैले राहत दिनसक्ने बजेट छैन ।’

बर्सेनि बाढीपहिरोले आयआर्जनको माध्यम गुमाउनु परेपछि यहाँका कयौँ सर्वसाधारणले गाउँ छाड्ने गरेका छन् । गत वर्ष असार २ गते आएको बाढीले क्षति पुर्‍ याएपछि याङवरक गाउँपालिका–१ खोलाघारीका ११ घरपरिवारले गाउँ छाडेका छन् भने यस वर्ष सोही दिन आएको पहिराले क्षति पुर्‍याएपछि याङवरक–३ ओयामका आधा दर्जन परिवार बसाइँ सरेको वडाध्यक्ष विमल राईको भनाइ छ । फालेलुङ गाउँपालिका–३ का केही परिवार पहिराले क्षति पुर्‍याएपछि गाउँ छाडेर हिँडेको गाउँपालिका अध्यक्ष थाम्सुहाङ बताउँछन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुमार्गीमाथिको सम्पत्ति शुद्धीकरण अनुसन्धानमा सर्वोच्चको अन्तरिम रोक

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गी माथि भइरहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको छ। न्या...

कांग्रेसमा सहमतिको गाँठो कसिँदै, राष्ट्रिय भेलातर्फ मोडियो इतर पक्ष

संस्थापन पक्षको अडानपछि ‘एकता महाधिवेशन’ अन्योलमा, राष्ट्रिय भेला बोलाउने तयारीमा इतर समूह

कोशी प्रदेशसभाः बजेटमाथिको प्रश्नमा मन्त्रीहरूको जवाफ

विराटनगर । कोशी प्रदेशसभाको सोमबार बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका छन्। आर्थिक मा...

सुकुम्बासीका आँसु देखेर पनि राज्य संवेदनशील भएनः रास्वपा सचेतक क्रान्तिशिखा

सरकारको कार्यशैलीमाथि सार्वजनिक प्रश्नः ‘के अभिभावकीय राज्य यस्तै हुन्छ ?’

रास्वपाको संशोधित विधानमा सभापतिलाई थप अधिकार, संसदीय दलका नेतामाथि नीतिगत नियन्त्रणको व्यवस्था

सभापतिको निर्देशन पालना नगरे संसदीय दलको नेता पद रिक्त हुने प्रावधान, प्रधानमन्त्री पदमा पनि पर्न सक्छ प्रभाव

टेरामक्स भ्रष्टाचार प्रकरणमा कांग्रेस नेता बस्नेतले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ । न्यायाध...

संविधान र व्यवस्थाको रक्षामा कांग्रेस–एमाले–नेकपाबीच सहकार्य, घेराबन्दीमा पर्दै बालेन

आन्तरिक किचलोबीच साझा मुद्दामा संसददेखि सडकसम्म सहकार्य गर्ने संकेत

दलाई लामाको जन्मदिनमा जुलुस र सार्वजनिक कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय

काठमाडौं । निर्वासित तिब्बती धर्मगुरु दलाई लामा को जन्मदिनका अवसरमा सोमबार काठमाडौंमा जुलुस, सभा तथा सार्वजनिक प्रदर्शन गर्न नदिने निर्णय गरिएको छ। ...

मानव–वन्यजन्तु द्वन्द्वको दीर्घकालीन समाधान खोज्छौँ : मन्त्री गौतम

ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएका आमाछोराको परिवारसँग भेट, क्षतिपूर्ति र घर पुनर्निर्माणको प्रतिबद्धता

तिंकर भञ्ज्याङको सीमा स्तम्भमा फहराइयो राष्ट्रिय झण्डा

दार्चुला । कालापानी–लिपुलेक यात्रामा रहेको राष्ट्रिय जेनजी नागरिक अभियानको टोलीले दार्चुलाको तिंकर भञ्ज्याङस्थित ५ हजार २५८ मिटर उचाइमा रहेको एक नम्बर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending