Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सुनका अवैध कारोबारी अझै सलबलाउँदै एक पक्राऊ

खबरडबली संवाददाता

वीरगन्ज । सुन आयात गर्दा लाग्ने भन्सार दर नेपाल सरकारले १० प्रतिशत कम गरेको तेस्रो दिनसम्म पनि अवैध सुनको कारोवार गर्ने सकृय रहेको तथ्य फेला पारेको छ ।

नेपालमाभन्दा छिमेकीमुलुक भारतमा सुनको मूुल्य सस्तो हुँदा अवैध सुनको कारोबबार भइरहेको आँकलन गर्दै गएको अबस्थामा आईतबार नेपाल सरकारले सुन आयातमा लाग्ने भन्सार दरमा १० प्रतिशत कम गरेको छ । यसको तीन दिन पछिसम्म पनि सुनको अवैध कारोवार गर्ने कारोबारी भने सकृय नै रहेको पर्सा प्रहरीले सुन सहित अवैध कारोबाारी नियन्त्रणमा लिए पछि तथ्य सतहमा आएको हो ।

अवैध कारोवार न्यूनिकरण गर्ने निष्कर्ष सहित सरकारले सुन आयात गर्दा भन्सार दरमा लाग्ने २० प्रतिशतलाई १० प्रतिशतमा झारेको छ । यो नीति अंगिकार गरिसक्दा पनि अवैध सुन कारोवार गर्ने चाही सलबलाइरहेको भेटिएको छ । मंगलबार १०७ ग्राम ८९ मिलिग्राम सुन सहित अवैध कारोवारमा संलग्न पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाही बस्ने बर्ष २८ को जय प्रकाश कुमार सोनारलाई पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका स्थित वडा नम्बर ८ लिंकरोडबाट नियन्त्रणमा लिएको छ ।

बजार भाउ अनुसार सो सुनको मूल्य १३ लाख ८८ हजार ४ सय ३६ रुपैया पर्ने पर्साका प्रहरी नायव उपरिक्षक किशोर लम्सालले बताए । शंकास्पद अवस्थामा मोटरसाइकलमा चढी हिडिरहेको समयमा प्रहरीले रीत पु¥याई जीउ खानतलासी लिंदा अभियुक्त सोनारसँग खरिद विक्रीको कुनै कागजपत्र विनाको उक्त परिणामको सुन फेला परेको उनको भनाइ छ । अभियुक्त सोनारले सुन बोक्न प्रयोग गरेको ना ६२ प २७०५ नम्बरको एफजेड मोटरसाइकल पनि नियन्त्रणमा लिई थप कार्वाहीको लागि बुधबार कारोवारीलाई वीरगन्ज भन्सारमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

लाखौ रुपैयाको अवैध कारोवारको सुन सहित भन्सारमा बुझाइएका सोनारलाई दोषी ठहरे भन्सार ऐन २०६४ अनुसार कार्वाही हुने वीरगन्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेले बताए । आकर्षित हुने ऐन अनुसार विगो बमोजिम जरिवाना र एक महिना कैद पनि हुन सक्ने उनको भनाइ छ । यसको अलावा सवारी साधन तर्फको हकमा चालक मात्र भए ५० हजार र आफ्नै सवारी पनि भए एक लाखसम्म जरिवाना हुने पनि प्रावधान रहेको पाइएको छ ।

प्रहरीले बल्ल समात्यो
अवैध कारोवार भइरहेको आशंका गरिएको चालु आ।व।को चार महिनामा पर्सा प्रहरीले अवैध सुनका कुनै पनि कारोवारी सहित सुन नियन्त्रणमा लिएको थिएन । वैध सुनको कारोवार बढाउन सरकार लागेपछि भने पर्सा प्रहरी पनि चनाखो देखिएको आभाष मिलेको छ । मंगलबार सुन सहित अवैध कारोवारी नियन्त्रणमा परेको यो आर्थिक वर्षको पहिलो तथ्याँक पनि हो । यसले पनि सुनमा घुन मिसिएको स्थानीयको आरोप केही हदसम्म नमिल्दो देखिदैन ।

भन्सार विभागको तथ्याँक अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिना अर्थात साउनदेखि कात्तिक मसान्तसम्ममा सुनको आयात करिब १ सय ३२ केजी मात्र देखिनु र गत आर्थिक वर्षको सोही अवधिमा भने १ हजार केजी सुन आयात भएको देखुनु सहजै अनुमान लगाउन सक्ने अर्को जबरजस्त आधार पनि हो । यो तथ्याँकले मुलुकको प्रमुख नाका पनि नमुछिएला भन्न सकिन्न । तर सतहमा अवैध कारोवारको सुन पक्राउ परेको भने वीरगन्ज नाकामा यो पहिलो घटना हो ।

सीमा क्षेत्रको व्यापारमा अघिल्ला सरकारको नीति गलत
अघिल्लो सरकारले गएको जेठ १५ मा ल्याएको बजेट नीति अनुसार सुनमा पनि भन्सार दर २० प्रतिशत हुँदा भारतमाभन्दा नेपालमा सुन महंगो पर्ने गरेको सुनचाँदी व्यवसायी बताउँथे । यस्तो हुँदा सुनको अवैध कारोवार नहुने भन्ने कुरै भएन । यो निष्कर्ष सहित सो दरमा आधा नै कम गर्दै यो सरकारले १० प्रतिशत भन्सार दर कम गर्दा सुनको भाउँ समेत केही सस्तिएको उनीहरुको तर्क छ । सरकारको यो नीतिले अवैध कारोवारलाई पनि केही निस्तेज पार्ने उनीहरुको भनाइ छ ।

अघिल्लो सरकारका गलत नीतिले आयातित मालबस्तुबाट राजश्व संकलनमा गलत प्रभाव, अवैध व्यापारमा बढोत्तरी भएको वीरगन्ज उद्योग बाणिज्य संघले धेरै पटक कुरा उठाएकै थियो । यसको अलावा सर्वसाधारणको भान्सा महँगो हुँदा सस्तो सामानको खोजीमा सीमा क्षेत्रका अधिकाँश मानिस सीमा उपार सामान खरिद गर्न जाँदा पैसा पलायन मात्र नभई राजश्व समेत गुमेको संघको दावी थियो । सुन सहित केही समानमा भन्सार दर कम गर्ने वर्तमान सरकारको नीतिले सीमा वारीको व्यापार केही सुधार हुन्छ कि ? भन्ने बढ्ने संकेत देखाएको वीरगन्ज उद्योग बाणिज्य संघको भनाइ छ । सबै व्यापारमा गिरावट आइरहेको समयमा सुन पसलहरु भने धमाधम बढेर वीरगन्ज क्षेत्रमा मात्र ४ सयको हाराहारीमा पुगिसकेका थिए । दुईवर्ष अगाडीसम्म यति धेरै सुन पसल नभएको स्थानीय सुनकारीवारी आफै स्वीकार्छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending