Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

विद्युत् महसुल नतिर्ने उद्योगविरुद्ध कुलमानको अर्को कदम: बैंक खाता र सेयर कारोबार रोक्न सम्बन्धी निकायलाई पत्र

खबरडबली संवाददाता

काठमाडाैं । विद्युत् महसुल नतिर्ने उद्योगविरुद्ध नेपाल विद्युत् प्राधिकरणले अर्काे कदम चालेकाे छ । बक्यौता नतिरेका ३४ उद्योगकाे बैंक खाता राेक्का र नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्र लेख्दै आवश्यक कारबाही गर्न माग गर्दै पत्राचार गरेर अर्काे कदम चालेकाे हाे । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान  घिसिङले विद्युत् प्रिमियम महसुल बक्यौता रहेका उद्योगका सम्बन्धमा बुधबार नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय र धितोपत्र बोर्डलाई पत्र पठाएका छन् । बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई, सेयर रोक्का गर्न कम्पनी रजिष्ट्रारको कार्यालय र सेयर जारी गर्न अनुमतिमा रोक लगाउन धितोपत्र बोर्डलाई घिसिङले पत्र पठाएका हुन् ।

यसैगरी कम्पनी रजिस्ट्रारमा सेयरको हक हस्तान्तरण र धितो बन्धक रोक्का गर्न पनि प्राधिकरणले पत्र पठाएकाे बताइएकाे छ । मन्त्रिपरिषद् बैठककाे २०८१ कात्तिक २५ को निर्णय एवं विद्युत नियमन आयोगको ०८१ मंसिर ११ (मंगलबार) को पत्रको बुँदा नं ३ उद्धृत गर्दै प्राधिकरणले बक्यौता असुलीको लागि उद्योगको विद्युत विच्छेदको कारबाहीबाहेक अन्य कारवाही गर्न भनिएकाले सोही निर्देशनबमोजिम पत्र लेखेको छ ।

‘नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड एवं ट्रंकलाइनबाट विद्युत आपूर्ति लिएका उपभोक्ताहरूले प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने २०७२ माघदेखि २०७५ वैशाखसम्मको महसुल बक्यौता रकमको विवरण यसैसाथ संलग्न छ,’ राष्ट्र बैंकमा पुगेको पत्रमा लेखिएको छ, ‘उक्त बक्यौता सम्बन्धमा प्राधिकरणबाट जारी भएको छुट बिलको वैधानिकतामा विवाद उठाई विभिन्न अदालतमा दायर भएका मुद्दामा दाबी नपुग्ने र रिट निवेदनहरू खारेज भएका छन् । महालेखापरीक्षकको कार्यालयबाट विभिन्न आर्थिक वर्षहरूको लेखापरीक्षण हुँदा उक्त बक्यौता महसुल असुली गर्नुपर्ने गरी बेरुजु कायम भएको छ । उक्त बक्यौता रकम भुक्तानी गर्न विभिन्न समयमा अवधि दिइएकोमा सो अवधिभित्र पनि उपभोक्ताबाट महसुल भुक्तानी नगरेकोले नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ३२ क र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४०(२) एवं विभिन्न अदालतको फैसलाबमोजिम बक्यौता रकम असुलीको निम्ति सम्बन्धित निकाय (कम्पनी) हरूको तल उल्लिखित रकम असुली नभएसम्म ती कम्पनीहरूले खातामा रकम जम्मा गर्न पाउने खाताबाट रकम झिक्न नपाउने गरी बैंक खाता रोक्का गरी विद्युत महसुलवापतको सार्वजनिक राजस्वको रकम असुली गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध छ ।’

यसैगरी धितोपत्र बोर्डमा पठाइएको पत्रमा भनिएकाे छ, ‘उक्त कम्पनी/निकायहरूले सर्वसाधरणमा सेयर जारी गर्ने इजाजतको लागि तहाँ निवेदन दिई कारबाही अगाडि बढाएमा विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ३२ क बमोजिम सरकारी बाँकीसरह असुल गर्नुपर्ने रकमलाई दायित्वमा लेखांकन नगरेका निकाय वा कम्पनीमा सर्वसाधारणलाई सेयर बिक्रीको इजाजतमा रोक लगाई प्राधिकरणको रकम असुली गर्न र सर्वसाधारणको लगानी जोखिममा पर्न सक्ने अवस्थाको संकक्षण गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध छ ।’

प्राधिकरणले कम्पनी रजिस्ट्रार कार्यालयलाई लेखेको छ, ‘विद्युत महसुलबापतको बक्यौता सार्वजनिक राजस्वको भएका कम्पनीको अन्य कुनै कम्पनीमा सेयरमा लगानी भएको भए उक्त कम्पनीको सेयर एवं विद्युत महसुल बक्यौता राख्ने कम्पनीको सञ्चालकको उक्त कम्पनीमा सेयर कुनै पनि प्रकारले हक हस्तान्तरण गर्न र धितोबन्धकी दिन नपाउने गरी रोक्का गरी विद्युत महसुलबापतको बक्यौता सार्वजनिक राजस्व रकम असुलीको लागि आवश्यक सहयोग गरिदिनुहुन अनुरोध छ ।’

बक्यौता रहेका ३४ वटा उद्योगले थप दस्तुरसहित जोडेर ६ अर्ब ४१ करोड बक्यौता प्राधिकरणलाई तिर्न बाँकी छ । गत कात्तिक २५ मा बसेको मन्त्रिपरिषद् बैठकले उद्योगहरुसँग १५ दिनभित्र बक्यौता उठाउने र उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गरेको थियो । सोलगत्तै २७ गतेको बोर्ड बैठकले उक्त निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो । 

मन्त्रिपरिषद्को उक्त निर्णयपछि प्राधिकरणले सार्वजनिक सूचनामार्फत १५ दिनभित्र बक्यौता नउठे पुनः लाइन काटिदिने जनाएको थियो । सो समय बुधबार सकिने भएपछि मंगलबार विद्युत् नियमन आयोगले प्राधिकरणलाई यथास्थितिमा रहन पत्र पठाएको थियो । पत्रमा लाइन नकाट्न बरु अन्य दबाबमूलक उपाय अपनाउन सुझाव दिएको थियो । सोहीअनुसार प्राधिकरणले ३ निकायलाई गुहारेकाे हाे ।

प्राधिकरणका घिसिङले १५ दिनभित्र महसुल नबुझाए लाइन काट्ने चेतावनी दिएका थिए । मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणको सञ्चालक समितिले उद्योगीलाई दिएको समय बुधबार साँझ सकिँदैछ । समय सकिन केही घण्टा अघि बुधबार दिउँसो बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले पनि लाइन काट्न नहुने निर्णय गरेको थियाे । 

सञ्चालक समितिको बैठक र नियमनकारी निकायले नै लाइन नकाट्न भनेपछि नेपाल विद्युत् प्राधिकरण आफ्नो अडानबाट पछाडि हट्नुपर्ने भएको थियाे । प्राधिकरणले आफ्नो नियमनकारी निकायको आदेश मान्नुपर्ने कानुनी व्यवस्था भएकाले बक्यौता नतिरेका उद्योगमा तत्काल लाइन काट्न सक्ने छैन । 

तर विद्युत् महसुल उठाउने गरी प्राधिकरणले बक्यौता नतिरेका ३४ उद्योगकाे बैंक खाता राेक्का गर्न राष्ट्र बैंकलाई, सेयर रोक्का गर्न कम्पनी रजिष्ट्रारको कार्यालय र सेयर जारी गर्न अनुमतिमा रोक लगाउन धितोपत्र बोर्डलाई पत्र पठाएकाे हाे । यता विद्युत् महसुल नतिर्ने ३४ उद्योगका सञ्चालकहरूको घरको लाइन काट्ने तयारी गरेको स्राेतकाे भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

पर्याप्त स्रोतको अभावमा क्षति पुगेका भवनको मर्मत गर्न समस्या

सुदूरपश्चिम । जेनजी प्रदर्शनमा क्षति पुगेका सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय र विभिन्न कार्यालय भवनलाई मर्मतसम्भार गरेर पुरानै अवस्थामा फर्काउन सम...

जुम्लामा १८ हजार मेट्रिक टन स्याउ उत्पादन

जुम्ला । जुम्लामा यो वर्ष करिब १८ हजार २४५ मेट्रिक टन स्याउ उत्पादन हुँदा रु ४१ करोड २९ लाख ८९ हजार आम्दानी भएको छ । जिल्लास्थित कृषि विकास कार्यालयको...

स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को सेयर

रसुवा । सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीय बासिन्दाको माग बमोजिम सेयर दिने निर्णयसहित प्रक्रिया अघि बढाएको छ । सेयर पाउनुपर्ने माग दाबी गर्दै व...

पाँचथरमा किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण

पाँचथर । फिदिम नगरपालिका–३ लालीखर्कमा निर्माण गरिएको ‘ताया रुङरि खिम’ किराँत राई समुदायको धर्म, संस्कृति र परम्पराको जानकारी दिने महत्वपूर्ण स्थल बनेक...

कोदो, मकै फल्ने बारीमा सुन्तलाकाे बगैँचा : १५ लाख आम्दानी

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ ठुलाडिहीका यामबहादुर सेनले यसवर्ष सुन्तला बिक्रीबाट १५ लाख बढी आम्दानी गरेका छन् । ५७ वर्ष पहिला कोदो, ...

कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु

कम्बोडिया । कम्बोडियाले सिमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको सङ्ख्या १७ पुगेको उल्लेख गर्दै थाई सैन्य बलले कम्बोडिया क्षेत्रमा ह...

बोन्डी अभियुक्तलाई अष्ट्रेलियाली प्रहरीद्वारा ५९ वटा अपराधको आरोप

सिड्नी । सिड्नीको बोन्डी समुन्द्र तटमा भएको घातक सामूहिक गोलीबारीको जीवित कथित अपराधी नावीद अकवरलाई ५९ वटा अपराधको आरोप लगाइएको अस्ट्रेलियाली प्रहरीले...

रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता

तेहरान । रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय यातायात मार्ग पूरा गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याइएको इरानको सरकारी समा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending