Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

अनलाइन जुवा र क्रिप्टोबाट ५५ करोडको कारोबार गर्ने एक पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । अनलाइन गेमहरूमा गैरकानुनी सट्टेबाजी तथा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नम्बर ७ का ३७ वर्षीय सुनिल राई रहेका छन् । 

ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ४ अफल टोल बस्दै आएका राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार राईले सट्टेबाजी तथा क्रिप्टोमा हालसम्म ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ कारोबार गरेको भेटिएको छ । 

भट्टराईका अनुसार राईले ७५ वटा बैंक खाता खोलेको अनुसन्धानमा खुलेको छ । उनले १२८ वटा इ-सेवा वालेट र बाइनान्स आइडी प्रयोग गरेर सट्टेबाजी क्रिप्टो कारोबार गरेको पाइएको छ । उनले आफ्नै कोठामा विभिन्न सामग्रीहरूको मद्दत लिएर त्यसरी गैरकानुनी क्रियाकलाप गरेको भेटिएको छ । राईलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्राको प्रयोग गर्न नहुने बमोजिमको कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

प्रारम्भिक अनुसन्धान अनुसार राईले विभिन्न व्यक्तिको नाममा नागरिकता प्रमाण पत्रसमेत प्रयोग गरेर ७५ वटा बैंक खाता खोलेका छन् । ती खाताको केवाइसी फारममा समेत आफ्नै फोटो टाँसेर ३७ करोड २० लाख ९६ हजार २८२ रुपैयाँ कारोबार गरेको खुलेको छ । उनले फरक-फरक व्यक्तिहरूको नामबाट १२८ वटा इ-सेवा आइडी खोलेका छन् । फरक-फरक डिभाइसबाट उनले ती खातामा ११ करोड ६७ लाख १९ हजार १९० रुपैयाँ कारोबार गरेका छन् । 

राईले बाइनान्स आइडी खोलेर ६ करोड २३ लाख २४ हजार १९१ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ । यसैगरी, राईले २५ वटाभन्दा बढी जिमेल अकाउन्ट खोलेर वान एक्स बेट (जुवा) खेल्ने/खेलाउने गरेको खुलेको छ । ‘उनले विभिन्न स्थानमा कोठा लिएर लुकिछिपी, हुलिया परिवर्तन गरेर वान एक्स बेट खेल्ने गरेको अनुसन्धानमा खुलेको छ,’ कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने । 

पक्राउ परेका राई क्रिप्टो कारोबार र अनलाइन जुवा खेलाउनेमध्येका मुख्य नाइके हुन् । अन्य व्यक्तिहरूको पहिचान भइसकेको छैन । ‘विभिन्न बैंकमा खोलिएका खाता विवरण हेरेपछि संलग्न अन्यको पहिचान हुन्छ,’ आचार्यले भने, ‘कहिलेदेखि यस्तो कारोबारमा संलग्न हो भनेर सोध्दा स्पष्ट नबताउने गरेका छन् ।’ सम्बन्धित बैंक तथा इ-सेवा आइडीको विवरणका लागि प्रहरीले पत्राचार गर्ने तयारी गरिरहेको छ ।

अहिलेको अनुसन्धान अनुसार राई किर्ते मुद्दामा समेत तानिन्छन् । उनले मरेका व्यक्तिको नागरिकता प्रयोग गरेर सिमकार्ड लिएका छन् । उनले विभिन्न व्यक्तिका जिउँदै वा मरेका व्यक्तिको नागरिकता प्रयोग गरेर एनसेलका ७० थान, नेपाल टेलिकमका पाँच थान सिमकार्ड लिएको भेटिएको छ । प्रहरीले उनको कोठाबाट अन्य विभिन्न सामग्री बरामद गरेको छ ।

बरामद सामग्रीमा ल्यापटप दुई थान, मोबाइल सेट आठ थान, वाइफाई राउटर दुई थान, विभिन्न व्यक्तिको नाममा रहेका नागरिकता ११ थान, राहदानी १५ थान, चेकबुक २२ थान र एटिएम ४२ थान छन् । ‘उनले यस्तो कारोबार गर्दा आफ्नो कोठासमेत प्रयोग गर्ने गरेका छन्,’ आचार्यले भने, ‘ठूलो रकम कारोबार गरेको हुनाले यो निकै लामो समयदेखि कारोबार गरेको हुनुपर्छ ।’

प्रहरीले उनीसँग जोडिएका व्यक्तिहरूको पहिचानका लागि मोबाइल नम्बर ‘ट्रयाकिङ’ गरिरहेको छ । नेपालको कानुनले अनलाइन जुवा खेल्न प्रतिबन्ध लगाएको छ । भारतमा अनलाइन जुवा खेलाउन प्रतिबन्ध छैन । भारतमै क्रिप्टो करेन्सीलाई करको दायरामा ल्याएर वैध बनाइएको छ ।

नेपालमा भने क्रिप्टो करेन्सीलाई गैरकानुनी मानिन्छ । पछिल्लो समय क्रिप्टो करेन्सीबाट अर्बौं रकम विदेशिएको भन्दै राष्ट्र बैंकले यसलाई दायरामा ल्याउनेबारे छलफल चलाएको तीन वर्ष भयो । तर, अहिलेसम्म क्रिप्टोबारे कुनै नीति बनिसकेको छैन ।

क्रिप्टो अर्थात गुप्त र करेन्सी अर्थात् मुद्रा हो । शाब्दिक अर्थमा क्रिप्टो करेन्सी भन्नाले विनिमयका माध्यमका रूपमा काम गर्ने संकेताक्षर (कोड वा क्रिप्टोग्राफी) द्वारा सुरक्षित विद्युतीय वा भर्चुअल मुद्रा हो । क्रिप्टोमा जोडिएपछि संकेत पाइने र त्यसैमार्फत् नेपाली रकमलाई डलरमा परिणत गरी कारोबार गरिन्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: