खोटाङ । हलेसी क्षेत्रमा रहेको मञ्जुश्री गुफामा जाने पदमार्ग निर्माण गरिएको छ । त्रि–धार्मिक स्थल हलेसी नजिकै रहेको मञ्जुश्री गुफामा जाने पदमार्ग निर्माण भएपछि भक्तजनलाई सहज भएको छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अवस्थित त्रि–धार्मिक स्थल हलेसी हिन्दु, बौद्ध र किरात धर्मको आस्थाको केन्द्र हो । हलेसीमा दर्शन गर्न एवं अवलोकन गर्न विश्वका तीर्थालु पर्यटकहरू आउने गरेका छन् । हलेसीसँगै नजिकै रहेका विभिन्न गुफामा पनि भक्तजनहरू पुग्ने गरेका छन् ।
मञ्जुश्री गुफा जाने बाटो अत्यन्तै अप्ठ्यारो थियो । हाल पदमार्ग निर्माण भएसँगै यात्रा गर्न सहज भएको भक्तजनहरूले बताएका छन् । मञ्जुश्री पदमार्ग आकर्षक निर्माण भएपछि उक्त क्षेत्र जाने पर्यटकहरूको पनि वृद्धि हुने हलेसी तुवाचुङ नगरपालिकाले विश्वास लिएको छ ।
विशेष गरी हलेसी मारतिका आएका बौद्ध धर्मावलम्बीहरू अनिवार्य मञ्जुश्री गुफा जाने गरेका छन् । गुफा जाने बाटो अप्ठ्यारो हुँदा कयौँ पटक भक्तजनलाई लडेर चोटपटक लागेकाले पदमार्ग निर्माण गरिएको नगरपालिकाका मेयर विमला राईले बताइन । उक्त पदमार्गले हलेसी क्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि मदत गर्ने उनको भनाइ छ । आकर्षक मञ्जुश्री पदमार्गमा फोटो, भिडियो खिच्नको लागि मात्रै पनि पर्यटकहरू पुग्ने गरेको मेयर राईले बताइन ।
आकर्षक ढुङ्गा बिच्छ्याएर ३६० मिटर लामो पदमार्ग निर्माण गरिएको छ । आकर्षक ढुङ्गाकै वालसमेत लगाइएको छ । २ मिटरदेखि ५ मिटरसम्मको चौडाइ रहेको पदमार्ग टाढाबाट हेर्दा पनि आकर्षक देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: