क्रोएशिया, जाग्रेब। क्रोएशियामा बसोबास गर्दै आएका नेपालीहरूले नेपाली राजदूतावास स्थापना गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई सहयोगको आग्रह
गरेका छन्।
गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष डा. हेम राज शर्मासँग मंगलबार जाग्रेबमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले क्रोएशियामा नेपालीहरूको जनघनत्व बढ्दै गएको र त्यसको परिणामस्वरूप यहाँ नेपाली दूतावासको आवश्यकता पनि स्पष्ट रूपमा महसुस गरिएको बताए।
कार्यक्रममा बोल्दै डा. शर्माले गैरआवासीय नेपाली संघले विदेशमा बसोबास गर्दै आएका नेपाली र नेपालबीचको सम्बन्धलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले भने, “गैरआवासीय नेपाली संघको अभियानले विदेशी भूमिमा बस्ने नेपालीहरूको समस्याहरू समाधान गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ। यद्यपि संस्था ठूलो हुदै गएपछि केही चुनौतीहरूको सामना गर्नुपरेको छ।”
डा. शर्माले थपे, “संस्था बढ्दै जान्छ, चुनौतिहरु पनि थपिन्छन्। हामी यसको समाधानका लागि तयार छौं र संस्थामा भएका असन्तुष्टिहरूलाई सम्बोधन गरेर आगामी महाधिवेशन आयोजना गर्ने तयारीमा छौं।” उनले सबै राष्ट्रिय समितिहरूलाई केन्द्रको विवादमा नपर्ने अपिल पनि गरे।
गैरआवासीय नेपाली संघ (क्रोएशिया) का अध्यक्ष साइमन लामाले क्रोएशियामा करिब ३०,००० नेपालीहरु बसोबास गर्दै आएको जानकारी दिए। उनले क्रोएशियामा नेपाली दूतावासको अभावका कारण राहादानी र कन्सुलर सेवामा असुविधा भइरहेको उल्लेख गरे। क्रोएशिया स्थित नेपालीहरूलाई अष्ट्रियास्थित नेपाली दूतावासले सेवा प्रदान गर्दै आएको भए
पनि कर्मचारी अभावका कारण पर्याप्त सेवा प्रदान गर्न नसकेको उनले बताए।
लामाले थपे, “क्रोएशियामा वर्क परमिटमा आएका नेपालीहरूले समयमै तलव नपाउने र कामको ग्यारेन्टी नभएको समस्याको सामना गरिरहेका छन्। यहाँ नेपालीहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ, त्यसैले नेपाली दूतावासको तत्काल स्थापना गर्नका लागि एनआरएनएलाई पहल गरिदिन अनुरोध गर्दछु।”
कार्यक्रममा डा. शर्माले गैरआवासीय नेपाली संघले अन्य देशका लागि दूतावास स्थापना गर्न जस्तै क्रोएशियाका लागि पनि पहल गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा एनआरएनए क्रोएशियाका सल्लाहकार कमल मान गुरुङ, दावा लामा, महिला उपाध्यक्ष रञ्जु चौहान, महासचिव हरि घिमिरे, कोषाध्यक्ष दुर्गा अधिकारी, सहकोषाध्यक्ष रबिना थिङ, सदस्य प्रकाश बोहोरा, विकास मेचे, धर्मलाल दास, आकृति घिमिरे, जेनिफर श्रेष्ठ लगायतका सदस्यहरूको उपस्थिति रहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८३ - २१:५४
काठमाडौं । सरकारले सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ । सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, व्यवस्थित र नागरिकमैत्री बनाउन भन्दै ...
बैशाख २७ गते, २०८३ - २१:२९
सुनसरी । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु भएको छ । आइतबार धरान उपमहानगरपालिका-१९ मा स्थानीय युवाहरूबिच भएको सामान्य विवादका क्रममा छु...
बैशाख २७ गते, २०८३ - २१:२६
मुस्ताङ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले सौर्य ऊर्जा प्रणाली जडित हरित ऊर्जा प्रयोगमा ल्याएको छ । जलवायु क्षति न्यूनीकरण तथा वातावरणीय स्वच्छता कायम ...
बैशाख २७ गते, २०८३ - २१:१८
रौतहट । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमबासी समस्याको दीर्घकालीन समाधान गरिनुपर्नेमा जोड दिएका छन् । जिल्लाको चन्द्रपुर–२ टेम्प...
बैशाख २७ गते, २०८३ - २१:१०
काठमाडाैं । पश्चिम एसियामा जारी युद्धका कारण ऊर्जा आपूर्तिमा आएको असरले लागत बढेपछि श्रीलङ्काले बिजुली महसुल १८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ । ...
बैशाख २७ गते, २०८३ - २१:०६
काठमाडौं । प्रहरीले मुलुकका विभिन्न स्थानमा चेकजाँचका क्रममा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङ, कास्की र ललितपुरमा जा...
बैशाख २७ गते, २०८३ - १९:५८
मकवानपुर । मकवानपुरमा ७ स्रष्टा सम्मानित भएका छन् । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधाका ७ जना व्यक्तित्व सहित एक संस्था...
बैशाख २७ गते, २०८३ - १९:४३
काठमाडौं । एक समय देशको सबैभन्दा शक्तिशाली राजनीतिक शक्तिका रूपमा उभिएको नेकपा अहिले भने गुमनाम जस्तै बन्न थालेको छ । पार्टीका शीर्ष नेताहरू सार्वजनिक...
बैशाख २७ गते, २०८३ - १९:३४
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले अदालतको आदेशपछि पनि सुकुमवासी बस्तीमा डोजर चल्नु गलत भएको बताएका छन् । रास्वपाका सांसदलाई प्रशिक्षण पछि ...
बैशाख २७ गते, २०८३ - १९:३१
जनकपुरधाम । रौतहटको मौलापुर नगरपालिका–५ स्थित आईटी चाेकमा मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ...


प्रतिकृया लेख्नुहोस्: