Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

क्रोसियमा नेपाली दूतावास स्थापना गर्न माग

खबरडबली संवाददाता

क्रोएशिया, जाग्रेब। क्रोएशियामा बसोबास गर्दै आएका नेपालीहरूले नेपाली राजदूतावास स्थापना गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई सहयोगको आग्रह
गरेका छन्।

गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष डा. हेम राज शर्मासँग मंगलबार जाग्रेबमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले क्रोएशियामा नेपालीहरूको जनघनत्व बढ्दै गएको र त्यसको परिणामस्वरूप यहाँ नेपाली दूतावासको आवश्यकता पनि स्पष्ट रूपमा महसुस गरिएको बताए।

कार्यक्रममा बोल्दै डा. शर्माले गैरआवासीय नेपाली संघले विदेशमा बसोबास गर्दै आएका नेपाली र नेपालबीचको सम्बन्धलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले भने, “गैरआवासीय नेपाली संघको अभियानले विदेशी भूमिमा बस्ने नेपालीहरूको समस्याहरू समाधान गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ। यद्यपि संस्था ठूलो हुदै गएपछि केही चुनौतीहरूको सामना गर्नुपरेको छ।”

डा. शर्माले थपे, “संस्था बढ्दै जान्छ, चुनौतिहरु पनि थपिन्छन्। हामी यसको समाधानका लागि तयार छौं र संस्थामा भएका  असन्तुष्टिहरूलाई सम्बोधन गरेर आगामी महाधिवेशन आयोजना गर्ने तयारीमा छौं।” उनले सबै राष्ट्रिय समितिहरूलाई केन्द्रको विवादमा नपर्ने अपिल पनि गरे।

गैरआवासीय नेपाली संघ (क्रोएशिया) का अध्यक्ष साइमन लामाले क्रोएशियामा करिब ३०,००० नेपालीहरु बसोबास गर्दै आएको जानकारी दिए। उनले क्रोएशियामा नेपाली दूतावासको अभावका कारण राहादानी र कन्सुलर सेवामा असुविधा भइरहेको उल्लेख गरे। क्रोएशिया स्थित नेपालीहरूलाई अष्ट्रियास्थित नेपाली दूतावासले सेवा प्रदान गर्दै आएको भए
पनि कर्मचारी अभावका कारण पर्याप्त सेवा प्रदान गर्न नसकेको उनले बताए।

लामाले थपे, “क्रोएशियामा वर्क परमिटमा आएका नेपालीहरूले समयमै तलव नपाउने र कामको ग्यारेन्टी नभएको समस्याको सामना गरिरहेका छन्। यहाँ नेपालीहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ, त्यसैले नेपाली दूतावासको तत्काल स्थापना गर्नका लागि एनआरएनएलाई पहल गरिदिन अनुरोध गर्दछु।”

कार्यक्रममा डा. शर्माले गैरआवासीय नेपाली संघले अन्य देशका लागि दूतावास स्थापना गर्न जस्तै क्रोएशियाका लागि पनि पहल गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा एनआरएनए क्रोएशियाका सल्लाहकार कमल मान गुरुङ, दावा लामा, महिला उपाध्यक्ष रञ्जु चौहान, महासचिव हरि घिमिरे, कोषाध्यक्ष दुर्गा अधिकारी, सहकोषाध्यक्ष रबिना थिङ, सदस्य प्रकाश बोहोरा, विकास मेचे, धर्मलाल दास, आकृति घिमिरे, जेनिफर श्रेष्ठ लगायतका सदस्यहरूको उपस्थिति रहेको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending