Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

नेपाल अफ्रिका अन्तराष्ट्रिय चलचित्र महोत्सबको आह्वान

खबरडबली संवाददाता

काठमाडौं । ‘१३ औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिबल–२०२५’ लागि सहभागी हुन चाहने चलचित्र, टेली चलचित्र तथा लघु चलचित्र समावेश गर्न आयोजक पक्षले अनुरोध गरेको छ । यो महोत्सब आगामी माघको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ । महोत्सबको लागि दुई महिना अघि नै फारम खुला गरिएको थियो ।

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा यो महोत्सब हुन लागेको हो । महोत्सबको लागि चलचित्र धमाधम प्राप्त भएको आयोजक पक्षले जनाएको छ ।

यसपटकबाट अफ्रिकासँगै अन्तराष्ट्रिय समुह पनि थप गरिएको र अन्य देशका चलचित्र पनि महोत्सबमा देखाईने भएको छ । महोत्सबमा अफ्रिकन चलचित्रलाई विशेष महत्वका साथ प्रदर्शन र पुरस्कृत गरिने भए पनि अन्तराष्ट्रिय समुह अन्तर्गत विश्वका केही राम्रा चलचित्रलाई पनि समावेश गरेर प्रदर्शनी गरिने आयोजक पक्षको कथन छ ।

महोत्सबमा सहभागी हुन चाहने चलचित्रहरुले आगामी डिसेम्बर आन्तिमसम्म आफ्नो चलचित्र सहभागी गराउन पनि आह्वान गरिएको छ । जसका लागि फिल्मफ्रिवे डटकम तथा इमेलमार्फत तथा प्रत्यक्ष आयोजकको कार्यालयमा सम्पर्क गरेर पनि चलचित्र समावेस गर्न पाईने भएको छ । जसमा नेपाली तथा आदिवासी चलचित्र एवम् लघु चलचित्र र  बृत्तचित्रलाई समावेस गर्न आह्वान गरिएको छ । यस्तै विधार्थीहरुले पनि महोत्सबमा आफ्ना छोटा चलचित्र सहभागी गराउन पाउने छन् । महोत्सबमा उत्कृष्ट चलचित्रहरुलाई प्रदर्शनसँगै अवार्डबाट सम्मानित पनि गरिने छ ।

यो महोत्सबकी अध्यक्ष एवम् कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले १४ वर्षअघिबाट सुरु गरिएको यो महोत्सबले नेपाल र अफ्रिकाको चलचित्र सांस्कृतिक आदन प्रदानमा महत्वपूर्ण योगदान दिँदै आएको बताएकी छिन्,‘हामीले नेपाल र अफ्रिकाको संस्कृति आदन प्रदानसँगै चलचित्रबाट दुई फरक महाद्धिपलाई जोड्न यो महोत्सब निरन्तर आयोजना गर्दै आएका छौं । महोत्सबले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनु पर्छ भन्ने हाम्रो उदेश्य रहेको छ ।’

महोत्सब निर्देशन डब्बु क्षत्रीका अनुसार बिगत १४ वर्षदेखि यो महोत्सब आयोजना हुँदै आएकोमा कोभिडका कारण एक वर्ष भने आयोजना हुन सकेन् । बिगत झै यसपटक पनि यो महोत्सबलाई तीन दिनसम्म आयोजना गरिने डब्बु क्षत्रीले जानकारी गराएका छन् । महोत्सब निर्देशक क्षत्रीका अनुसार यसपटक महोत्सबमा नेपालसँगै विदेशी चलचित्रकर्मीहरुको पनि जमघट हुने भएको छ । महोत्सबमा चलचित्र प्रदर्शनसँगै विभिन्न विषयमा चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तरक्रियालगायतका विभिन्न कार्यक्रम रहेको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरखामा जङ्गली फल खाँदा ६ बालबालिका बिरामी, दुईको अवस्था गम्भीर

गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...

मनसुन अनिश्चित, किसानको भविष्य अन्योलमा : खेती जोगाउने तयारी अझै कमजोर

काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...

खोपदेखि मलसम्म अभावै अभाव, राज्यको सेवा प्रणाली किन धराशायी हुँदैछ ?

काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...

इरानमाथि अमेरिकाको दोस्रो दिन पनि बमबारी, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो

न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...

दैनिक ओरालो लाग्दै गोलभेँडाको मूल्य, लागतसमेत नउठ्ने भएपछि किसान चिन्तामा

काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...

सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या

नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...

आज मदन भण्डारीकाे ७५औँ जन्मजयन्तीः एउटै मञ्चमा ओली–प्रचण्ड, पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...

कोलोम्बिया, पोर्चुगल र डीआर कंगो अन्तिम ३२ मा, उज्वेकिस्तान बाहिरियो

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...

मातृत्व जोगाउने अभियान’ सफल, सुन्दरहरैँचामा ४६९ महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending