काठमाडौं । ‘१३ औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिबल–२०२५’ लागि सहभागी हुन चाहने चलचित्र, टेली चलचित्र तथा लघु चलचित्र समावेश गर्न आयोजक पक्षले अनुरोध गरेको छ । यो महोत्सब आगामी माघको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ । महोत्सबको लागि दुई महिना अघि नै फारम खुला गरिएको थियो ।
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा यो महोत्सब हुन लागेको हो । महोत्सबको लागि चलचित्र धमाधम प्राप्त भएको आयोजक पक्षले जनाएको छ ।
यसपटकबाट अफ्रिकासँगै अन्तराष्ट्रिय समुह पनि थप गरिएको र अन्य देशका चलचित्र पनि महोत्सबमा देखाईने भएको छ । महोत्सबमा अफ्रिकन चलचित्रलाई विशेष महत्वका साथ प्रदर्शन र पुरस्कृत गरिने भए पनि अन्तराष्ट्रिय समुह अन्तर्गत विश्वका केही राम्रा चलचित्रलाई पनि समावेश गरेर प्रदर्शनी गरिने आयोजक पक्षको कथन छ ।
महोत्सबमा सहभागी हुन चाहने चलचित्रहरुले आगामी डिसेम्बर आन्तिमसम्म आफ्नो चलचित्र सहभागी गराउन पनि आह्वान गरिएको छ । जसका लागि फिल्मफ्रिवे डटकम तथा इमेलमार्फत तथा प्रत्यक्ष आयोजकको कार्यालयमा सम्पर्क गरेर पनि चलचित्र समावेस गर्न पाईने भएको छ । जसमा नेपाली तथा आदिवासी चलचित्र एवम् लघु चलचित्र र बृत्तचित्रलाई समावेस गर्न आह्वान गरिएको छ । यस्तै विधार्थीहरुले पनि महोत्सबमा आफ्ना छोटा चलचित्र सहभागी गराउन पाउने छन् । महोत्सबमा उत्कृष्ट चलचित्रहरुलाई प्रदर्शनसँगै अवार्डबाट सम्मानित पनि गरिने छ ।
यो महोत्सबकी अध्यक्ष एवम् कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले १४ वर्षअघिबाट सुरु गरिएको यो महोत्सबले नेपाल र अफ्रिकाको चलचित्र सांस्कृतिक आदन प्रदानमा महत्वपूर्ण योगदान दिँदै आएको बताएकी छिन्,‘हामीले नेपाल र अफ्रिकाको संस्कृति आदन प्रदानसँगै चलचित्रबाट दुई फरक महाद्धिपलाई जोड्न यो महोत्सब निरन्तर आयोजना गर्दै आएका छौं । महोत्सबले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनु पर्छ भन्ने हाम्रो उदेश्य रहेको छ ।’
महोत्सब निर्देशन डब्बु क्षत्रीका अनुसार बिगत १४ वर्षदेखि यो महोत्सब आयोजना हुँदै आएकोमा कोभिडका कारण एक वर्ष भने आयोजना हुन सकेन् । बिगत झै यसपटक पनि यो महोत्सबलाई तीन दिनसम्म आयोजना गरिने डब्बु क्षत्रीले जानकारी गराएका छन् । महोत्सब निर्देशक क्षत्रीका अनुसार यसपटक महोत्सबमा नेपालसँगै विदेशी चलचित्रकर्मीहरुको पनि जमघट हुने भएको छ । महोत्सबमा चलचित्र प्रदर्शनसँगै विभिन्न विषयमा चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तरक्रियालगायतका विभिन्न कार्यक्रम रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: