काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याउन प्रहरी सकस परेकाे छ । अदालतबाट १५ दिनको म्याद लिएको ३ दिन हुँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइएन ।
मंगलबार काठमाडौँ ल्याउने भनिएपनि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीकै हिरासतमा राखिएको छ । उनलाई थप १५ दिन हिरासतमा राख्न मंसिर ९ मा कास्की प्रहरीले अदालतबाट म्याद लिएको थियो । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्राविधिक कारणले उनलाई मंगलबार ल्याउन नसकिएको प्रहरीका एकजना उच्च अधिकृतले बताए । ती अधिकृत भन्छन्, ‘उहाँलाई काठमाडौँ ल्याउन थप समय लाग्ने देखिएको छ ।’
रवि लामिछाने निकट रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले सामाजिक सञ्जालमा लेखेका छन्,‘कास्की प्रहरीले रविलाई भोलि साँझ वा पर्सी बिहान (बिहीबार) मात्र काठमाडौँ पठाउने भएको छ ।’ जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरे बुधबारका लागि बिदामा बसेका छन् । उनलाई बिहीबार साँझसम्ममा काठमाडौँ ल्याउने सम्भावना रहेको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्वडीआईजी जोशीसँग बयान लिएर पोखरा फिर्ता पठाइएको छ । काठमाडौँमा रास्वपाले विरोध प्रदर्शन गर्ने विश्लेषण गरेर पनि उनलाई ल्याउन ढिला गरिएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
बयानका निम्ति उनलाई काठमाडौँ ल्याइने हल्लाले मंगलबार ठूलै रुप लियो । उनको पार्टीका काठमाडौंस्थित कार्यकर्ता न्याय’ को माग गर्दै सडकमै ओर्लिए । तर, रवि काठमाडौं ल्याइएनन् । कास्की प्रहरीस्रोत भन्छ,’ काठमाडौंका एसएसपी सा’ब छुट्टीमा हुनुहुन्छ, त्यसैले आज पठाएनौं ।’
काठमाडौंमा ल्याएपछि बयान गराएर फेरि पोखरामै फर्काउने तयारी छ । त्यसपछि उनलाई चितवनस्थित सहकार बचत तथा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा बयान गराउन लगिनेछ । यसअघि उनले बुटवलको सुप्रिम सहकारी बचत अपचलनको आरोपमा रुपन्देहीमै बयान दिइसकेका छन् ।
गत कात्तिक २ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले लामिछानेलाई काठमाडौंको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो । लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:४७
नोमपेन । थाइल्यान्डको सेनाले कम्बोडियाको पेइपेटको क्यासिनो हबमा बिहीबार बम प्रहार गरेको रक्षा मन्त्रालयले बताएको छ । जुन दुई राष्ट्रहरू बिचको प्रमुख स...
पौष ३ गते, २०८२ - १७:४५
नयाँदिल्ली । अफगानिस्तानका जनस्वास्थ्य मन्त्री मावलवी नूर जलाल जलालीले भारत र अफगानिस्तानबीच परम्परागत चिकित्सा प्रणालीमा सहयोग बढाउन राज्यमन्त्री प्र...
पौष ३ गते, २०८२ - १७:४२
काराकास । भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको सम्भावित तेल नाकाबन्दीको कडा अवहेलना गर्दै आफ्नो कच्चा तेल निर्यातमा कुनै असर नप...
पौष ३ गते, २०८२ - १७:४०
काबुल । गत हप्तामा पाकिस्तानी जेलबाट रिहा भएका कुल १६७ जना अफगान कैदीहरू सुरक्षित अफगानिस्तानमा फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्...
पौष ३ गते, २०८२ - १७:३८
जेनेभा । सुडानको आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू (आइडिपी) को जामजाम विस्थापन शिविरमा अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन...
पौष ३ गते, २०८२ - १७:३६
कोलम्बो । श्रीलङ्काको सरकारले सन् २०२६ मा ६४० भन्दा बढी नागरिकको ज्यान लिएको विनाशकारी चक्रवात दितवाहबाट देशलाई पुनःउठाउन करिब एक अर्ब ६० करोड अमेरिकी...
पौष ३ गते, २०८२ - १७:३४
काठमाडौँ । झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न तीन जना पक्राउ परेका छन् । झुठ्ठा विवरण पेस गरी ना...
पौष ३ गते, २०८२ - १७:३१
काठमडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा संरक्षणविद् डा.नरेश सुवेदी नियुक्त भएका छन् । प्रकृति संरक्षण कोष ऐन, २०३९ मा भएको व्यवस्था...
पौष ३ गते, २०८२ - १७:२८
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक हुँदै विभिन्न क्षेत्रमा सञ्चालन भइरहेको मालबहाक सवारी टिपर सञ्चालनमा नियमन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय धुलि...
पौष ३ गते, २०८२ - १७:२४
काठमाडाैं । नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिको काममा लगाएको आरोपमा प्रहरीले काठमाडौंका स्पा र गेस्टहाउसमा छापा हानेर पाँचजनालाई पक्राउ गरेको छ ।...




प्रतिकृया लेख्नुहोस्: