ओखलढुंगा । ओखलढुंगामा १३ वर्षीय नातीले गरे हजुर आमाको हत्या गरेका छन् । जिल्लाको खिजिदेम्बा गापा–६ की ८२ वर्षीया ठगमाया सुनुवारको १३ वर्षीय नातिले हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न रहेका उनीविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत ओखलढुंगाले पाँच दिनको म्याद थप गरेको छ। प्रहरीका अनुसार ठगमायाको गत ७ मंसिरमा हत्या भएको थियो । हत्यामा संलग्न किशोर आफ्नै दाजुभाइभित्रका नाति हुन् । उनले आगो फुक्ने ढुंग्रोले टाउकोमा प्रहार गरी ठगमायाको हत्या गरेका थिए। हत्यापछि ठगमायाले वृद्धभत्ताबापत प्राप्त गरेको नौ हजार लिएर गएका थिए । उक्त रकम पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डिएसपी कृष्ण खड्काले बताए।
प्रहरीका अनुसार ठगमाया घरको बाटो हुँदै हिँड्ने सबैलाई गाली गर्थिन्। हत्यामा संलग्न नातिलाई पनि सामुन्ने पर्नासाथ गली गर्थिन्। गत मंसिर ७ मा नाति उनीकहाँ गएका थिए। त्यस क्रममा पनि उनले कुटपिटसहित गाली गरेकी थिइन्। सोही रिसमा किशोरले आगो फुक्ने ढुंग्रीले तीनपटक टाउकोमा प्रहार गरेका थिए। चोटका कारण ठगमाया घटनास्थलमै ढलेकी थिइन्। र, किशोरले ठगमायासँग रहेको नौ हजार लिएर गएका थिए।
घटनास्थलको मुचुल्कापछि भने उनले लिएर गएको नौ हजार रुपैयाँ घटनास्थलस्थित घरको दलिनको चेपमा राखिदिएका थिए। सूचनापछि प्रहरीले रकम राख्ने व्यक्तिको खोजी गरेका थिए। सोही क्रममा किशोर पक्राउ परेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - २१:४१
काठमाडौं । निर्वासित तिब्बती धर्मगुरु दलाई लामा को जन्मदिनका अवसरमा सोमबार काठमाडौंमा जुलुस, सभा तथा सार्वजनिक प्रदर्शन गर्न नदिने निर्णय गरिएको छ। ...
आषाढ़ २१ गते, २०८३ - २१:३४
ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएका आमाछोराको परिवारसँग भेट, क्षतिपूर्ति र घर पुनर्निर्माणको प्रतिबद्धता
आषाढ़ २१ गते, २०८३ - २१:३२
दार्चुला । कालापानी–लिपुलेक यात्रामा रहेको राष्ट्रिय जेनजी नागरिक अभियानको टोलीले दार्चुलाको तिंकर भञ्ज्याङस्थित ५ हजार २५८ मिटर उचाइमा रहेको एक नम्बर...
आषाढ़ २१ गते, २०८३ - ०९:२७
दुई दशकदेखि आतंकको पर्याय बनेको जंगली हात्तीले फेरि लियो आमाछोराको ज्यान
आषाढ़ २१ गते, २०८३ - ०९:२५
सुर्खेत । सल्यानमा खेत रोप्न गएकी एक महिलाको शारदा नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–४, ज्यामिरेकी ४६ वर्षीया सिता विक र...
आषाढ़ २१ गते, २०८३ - ०९:१७
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, प्या...
आषाढ़ २१ गते, २०८३ - ०९:१६
धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–४ गुम्दी धङ्गार्चोकमा शनिबार पारिवारिक विवादका क्रममा छोराले बाबुको हत्या गरेका छन् । ६४ वर्षीय धनबहादुर सुना...
आषाढ़ २१ गते, २०८३ - ०९:१४
काठमाडौँ । अविरल वर्षासँगै देशको विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै जाँदा कर्णाली प्रदेशका दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। ...
आषाढ़ २१ गते, २०८३ - ०९:१३
काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घा...
आषाढ़ २१ गते, २०८३ - ०९:०८
काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिका–३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूमा मकव...



प्रतिकृया लेख्नुहोस्: