महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले विकासमा राजनीति गर्न नहुने बताएका छन् । बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले कसैले पनि विकासमा राजनीति गर्न नहुने बताएका हुन् ।
साेे क्रममा उनले भनेे 'चुनाव लड्दा हामी आ–आफ्नो पार्टीको झण्डा लिएर जान्छौ ।' उनले भने, 'चुनाव तिजतिसकेपछि विकासको मुद्धामा सबै मिलेर अगाडी बढ्नुपर्छ ।' त्यसैगरि उहाँले लोकतन्त्रको विकल्प अरु कुनै व्यवस्था हुन नसक्ने बताएका छन् ।
'लोकतन्त्रमा जनताका अधिकारहरुको सुरक्षा गर्ने,स्वतन्त्रता प्रदान गर्ने जनताको व्यवस्था हो ।' उनले भने, 'त्यसैले अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ यसैमा जनताको विश्वास र भरोसा जगाउनु पर्छ ,त्यसका लागि पनि स्थानीय सरकारको सबैभन्दा भुमिका महत्वपूर्ण छ ।' उनले स्थानीय सरकारले सहजढंगले जनतालाई सेवा प्रदान गर्नुपर्ने बताए ।
'हासेर बोली दिनुस आधा समस्याको समाधान त्यसबाटै भइहाल्छ ।' गृहमन्त्री लेखकले भने, 'सेवा प्रदान गर्दाखेरी जनतालाइै सबैभन्दा माथी राखेर सेवा प्रदान गर्नुहोस ।' उनले देशमा विधिको शासन कायम गर्न र विधिको शासन कायम गर्न सरकार पूर्ण रुपले लागिपरेको बताए । 'एमाले र कांग्रेस मिलेर सरकार बनेको छ ।' उनले भने, 'यो सरकार देशमा स्थिरताका र शुसाशन कायम राख्नका लागि बनेको हो ।'
उनले जनजिविकाको सवाल र मुलुकमा आर्थिक उन्नती गर्ने सवालमा सरकार क्रियाशिल भएर लागेको बताए । 'एकै महिनामा परिणाम आउँदैन सरकारले गरेका कामको परिणाम आउन समय लाग्छ ।' उनले भने, 'हामी अत्यन्तै मेहनतका साथ काम गरिराखेका छौ ।' त्यसैगरि उनले पछिल्लो समय लागुऔषधका कारण दुर्घटना बढेको बताउदै त्यसको नियन्त्रणका लागि पनि स्थानीय सरकार लाग्नु पर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८२ - १९:४९
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...
चैत्र २९ गते, २०८२ - १९:४५
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...
चैत्र २९ गते, २०८२ - १९:४२
काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...
चैत्र २९ गते, २०८२ - १९:३९
काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...
चैत्र २९ गते, २०८२ - १९:३४
सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...
चैत्र २९ गते, २०८२ - १९:३१
हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...
चैत्र २९ गते, २०८२ - १९:२९
काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य गडबडी नभए सोमबार पित्तथैलीको शल्यक्रिया गर्ने तयारी भएको छ । अस्पतालक...
चैत्र २९ गते, २०८२ - १९:२८
काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिका नगर प्रमुख प्रेमलाल साह कानु आम जनता पार्टीमा प्रवेश गरेका छन् । गत निर्वाचनमा उनी नेकपा एमालेबाट उम्मेदवार...
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...


प्रतिकृया लेख्नुहोस्: