बाँके। बाँकेको राप्ती–सोनारी र नरैनापुर गाउँपालिकामा राप्तीनदीले कटान गरेको क्षेत्रमा तत्कालै रोकथामका लागि तटबन्धनको व्यवस्थापन गर्न स्थानीय बासिन्दाले माग गरेका छन् ।
राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ७ खल्ला झगडिया र नरैनापुर ७ गङ्गापुरमा तत्काल तटबन्धनको माग स्थानीय बासिन्दाले गरेको हो । कटान क्षेत्रको स्थलगत जानकारी लिन खल्ला झगडिया पुग्नुभएका बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सूर्य ढकाललाई स्थानीय बासिन्दा सोहनलाल यादवले तत्काल कटान नियन्त्रणको काम अघि नबढाउने हो भने आगामी वर्षायाममा राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका हजारौं परिवार विस्थापित हुने बताए।
यादवले भने, ‘‘यस वर्षको बाढीले नदी किनारको सडक समेत कटान गर्दा आवागमनमा कठिनाइ भएको छ । अब अर्को वर्ष यस्तै रहे ठुलो क्षति हुने निश्चित छ ।’’
प्रतिनिधिसभा सदस्य ढकालको नेतृत्वमा स्थानीय बासिन्दाले राप्तीनदीको कचनापुरदेखि नरैनापुरसम्म जोखिममा रहेका करिब एकदर्जन स्थानमा तटबन्धनको माग गर्दै आएको भए पनि सरकारको पर्याप्त बजेट विनियोजन गरेको छैन ।
प्रतिनिधिसभा सदस्य ढकालले बाँकेको दुर्गम क्षेत्रको रुपमा रहेको राप्तीसोनारी र नरैनापुरमा राप्तीनदीको कटान निरन्तर बढिरहेकाले सरकारले नियन्त्रणका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने माग गरे।
कटान नियन्त्रणका लागि बजेट विनियोजनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न मन्त्रालय र लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराएको भन्दै ढकालले तत्काल बजेट विनियोजन हुने विश्वास व्यक्त गरे।
राप्तीनदीमा आउने बाढीले गर्दा वर्षातको समयमा राप्तीसोनारी र नरैनापुरका धेरै गाउँ डुबान र कटानमा पर्दै आएका छन् । पटक पटक प्रयास गरिए पनि बलियो तटबन्ध नबन्दा सो क्षेत्रका सयौँ बासिन्दाले डुबान र कटान झेल्दै आएका छन् । यसअघि निर्माण गरिएको माटोको तटबन्धन निरन्तर कटानमा परेपछि दुबै पालिकाका गाउँहरु उच्च जोखिममा परेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...
पौष १३ गते, २०८२ - १५:१९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...
पौष १३ गते, २०८२ - १५:०२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...
पौष १३ गते, २०८२ - १४:५४
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...




प्रतिकृया लेख्नुहोस्: