Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

स्थानीय तह उपनिर्वाचनमा उदयपुरमा दलहरुकाे शक्ति प्रदर्शन

खबरडबली संवाददाता

उदयपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत उदयपुरको त्रियुगा र बेलका नगरपालिकाको वडाध्यक्ष पदका लागि बिभिन्न राजनितिक दल सहित १६ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्ष पदका लागि ७ राजनीतिक दलसहित १ जनाको स्वतन्त्र उम्मेदवारी परेको हो । 

मंसिर १६ गते हुने निर्वाचनका लागि त्रियुगा र बेलका नगरपालिकामा मुख्य दलहरूले तामझाम र शक्ति प्रदर्शनसहित आइतबार मनोनयन दर्ता गरेका छन् ।

कांग्रेसका तर्फबाट त्रियुगा नगरपालिका– १२ नम्बर वडाध्यक्ष पदमा संबिज काफ्लेको उम्मेदवारी दर्ता भएको छ । यस्तै एमालेका लक्ष्मीनारायण चौधरीले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा माओवादी केन्द्रबाट नबिनकुमार बान्तावा राई, नेकपा एकिकृत समाजवादीबाट निर्मलाकुमारी चौधरी, राष्ट्रिय प्रजातन्त्र पाटीबाट लालबाबु साह, जनमत पाटीबाट प्रमोद मलाहा सहनी, राष्ट्रिय स्वातन्त्र पाटीबाट ध्रुबप्रसाद पोखरेल, नागरिक उन्मुक्ति पाटीबाट चन्द्रकला चौधरी र स्वतन्त्रबाट बजरगीकुमार दासले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाटले जानकारी दिएको छ  ।

गएको २०७९ को निर्वाचनमा एमाले तथा कांग्रेस, माओवादी र समाजवादीको गठबन्धन भएको भए पनि उपनिर्वाचनमा दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा होमिएका छन् । मुख्य गरी त्रियुगा नगरपालिका– १२ पुरानो गाईघाटमा कांग्रेस, एमाले, माओवादी र एकिकृत समाजवादी बीच प्रतिस्पर्धा हुने देखिएको छ । उम्मेदवारी दर्तापछि दलहरूले आ– आफ्नै उम्मेदवारले जित्ने दाबी गरेका छन् ।

आसन्न उपनिर्बाचन मंसिर १६ गतेका निर्वाचनलाई जिल्लाका प्रमुख दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा एमाले, विपक्षी दलहरू नेकपा माओवादी, एकीकृत समाजवादीर रास्वपाले निर्वाचनलाई प्रतिष्ठाको विषय बनाई आइतबार शक्ति प्रदर्शन सहित मनोनयन दर्तामा सहभागी भएका हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending