Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

सरकार सही ट्रयाकमा हिँड्न सकेनः डा शेखर कोइराला

खबरडबली संवाददाता

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार सही ट्रयाकमा हिँड्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन्। संविधान संशोधन, सुशासन र आर्थिक सुधार गर्ने मुख्य एजेण्डा लिएर गठन भएको सरकारको कामप्रति डा. कोइरालाले असन्तुष्टि जनाएका हुन्।

अमेरिकबाट प्रशारण हुने डिसी नेपालको कार्यक्रम ‘द वृज टक’ मा पत्रकार अर्जुन दाहालसँग कुरा गर्दै डा। कोइरालाले सरकार गठन भएको तीन महिना पूरा भइसक्दासमेत सरकार आफ्नो एजेण्डमा अगाडि बढ्न नसकेको भन्दै असन्तुष्टि जनाए।

वर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै डा। कोइरालाले वर्तमान सरकार असफल हुनु भनेको मुलुक असफल हुनु भएको टिप्पणी गरे।

उनले कांग्रेसको सहयोगमा सरकार गठन भएपनि सरकारका गलत कामको विरोध गर्ने बताए। उनले विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ, हटाउने, उपसभामुख इन्दिरा रानामाथि महाभियोग लगाउने काम आफूहरुकै विरोधका कारण रोकिएको दाबी गरे।

उनले सरकारले राजनीतिक दल विभाजन गर्न मिल्नेगरी अध्यादेश ल्याउने तयारी गरेको भन्दै आपत्ति जनाए। ‘अहिले राजनीतिक दल विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याउने प्रपञ्च भएको छ, त्यो गलत हो। अध्यादेश ल्याउने नै भएपनि संसदको हिउँदे अधिवेशनमा ल्याउन सकिने उनको भनाइ थियो। उनले नचाहिने काममा बरालिन नहुनेमा जोड दिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चर्च ब्वाइज काठमाडौँ विराट गोल्ड कपको सेमिफाइनलमा

मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...

सुनले झपक्कै मन्त्रिपरिषद् : सरकार चल्ला कि सुनकै तौलमा ढल्ला ?

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः २२ तोला सुन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...

बालेनको खातामा १ करोड ४६ लाख, सम्पत्तिको स्रोत– ‘फेसबुक, युट्युब र टिकटक’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...

चीनद्वारा भारतीय भूभागको नाम परिवर्तन प्रयासप्रति भारतको कडा आपत्ति

काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...

भारतीय नम्बरप्लेटका सवारी प्रतिबन्धप्रति सर्लाहीमा सर्वदलीय विरोध, आन्दोलनको चेतावनी

सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...

मकवानपुरमा ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद

हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending