धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–११ कान्तिपुर टोलका ३० वर्षीय ‘सूचना अभियन्ता’ सुरेश भूलमाथि कुटपिट गरी हत्या गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । कात्तिक २४ को साँझ सुरेशलाई छिमेकी जंगे भूललगायतको समूहले घरमै आएर कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते भएका सुरेशलाई उनकी श्रीमती कल्पनाले उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पुर्याएकी थिइन् । सोमबार बिहान उपचारकै क्रममा सुरेशको मृत्यु भएको थियो । छिमेकी विष्णा भूलको बाख्रा चोरीको आरोप लगाउँदै सुरेशमाथि कुटपिट भएको थियो ।
कात्तिक २० मा हराएको विष्णाको बाख्रा २३ गते दिउँसो सुरेश र कल्पना दम्पतीले सञ्चालन गरेको औषधि पसलको छेवैमा देखेपछि विष्णा पक्षका गाउँलेले सुरेशको परिवारले चोरेको आरोप लगाएका थिए ।
मृतक सुरेशकी पत्नी कल्पना भन्छिन्, ‘२३ गते बिहान शौचालय जाने बेला वडा कार्यालयको मूलढोकामा बाख्रा देखेपछि कसैको होला, बाँधेर राख्दिनुपर्यो भनेर उहाँ (सुरेश) ले ल्याउनुभएको थियो, हामीले त्यही कुरा दोहोर्यौं, तर कसैले सुनेन, एकोहोरो चोरीको आरोप लगाइरहे । नपत्याए वडा कार्यालयको सीसीटीभीमा हेर्न पनि आग्रह गरेका थियौं ।’
सुरेश र उनको परिवारले आफूले बाख्रा नचोरेको दाबी गरे पनि विष्णा पक्षले भने एकोहोरो चोरीको आरोप लगाउँदै निर्घात कुटेका थिए । विष्णा पक्षका सबै गाउँले एकढिक्का भएपछि सुरेश र उनको परिवारको केही चलेन । त्यस क्रममा दुवै पक्षबीच झमेला बढ्ने देखिएपछि आफूले इलाका प्रहरी कार्यालय मसुरियामा खबर गरिदिएको वडा ११ का अध्यक्ष साहेबवाल चौधरीले बताए ।
‘प्रहरीलाई खबर गर्नुअघि हामीले सीसीटीभी फुटेज पनि चेक गरेका थियौं । फुटेजमा सुरेशले भने अनुसारकै घटना थियो । वडा कार्यालयको ढोकामा बसेको बाख्रालाई सुरेशले समातेर लिएको देखिएको थियो,’ वडाध्यक्ष चौधरीले भने, ‘प्रहरीलाई पनि मैले फुटेज देखाएको थिएँ ।’
इलाका प्रहरीमा पनि ठूलो संख्यामा उपस्थित विष्णा पक्षका सबैले सुरेशलाई चोरीको आरोप लगाउँदै उनीहरूले एक लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने सर्त राखे । तर सुरेशले ३० हजार दिने भनेपछि दुवै पक्षबीच समझदारी भएको थियो । याे समाचार आजकाे कान्तिपुर दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८२ - २२:२५
मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...
चैत्र २९ गते, २०८२ - २२:०१
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...
चैत्र २९ गते, २०८२ - २१:४६
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...
चैत्र २९ गते, २०८२ - २१:४४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...
चैत्र २९ गते, २०८२ - १९:४९
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...
चैत्र २९ गते, २०८२ - १९:४५
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...
चैत्र २९ गते, २०८२ - १९:४२
काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...
चैत्र २९ गते, २०८२ - १९:३९
काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...
चैत्र २९ गते, २०८२ - १९:३४
सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...
चैत्र २९ गते, २०८२ - १९:३१
हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...


प्रतिकृया लेख्नुहोस्: