Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ सम्पन्न, १५ हजार बढीले गरे अवलोकन

खबरडबली संवाददाता

काठमाडौं । टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ सम्पन्न भएको छ । कात्तिक २९ र ३० गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको फेस्टसम्पन्न भएकाे हाे ।

फेस्टमा सातै प्रदेशका १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसहरू प्रदर्शनीमा राखिएको थियो भने उत्साहजनक सहभागीता समेत रहेको थियो ।  फेस्टमा स्टिम क्याम्प, रकेट साइन्स प्रदर्शनी र रोबो सकर पनि सञ्चालन गरिएको थियो ।  

डिजिटल इन्नोभेसन, स्टिम क्याम्प र रोबो सकरमा अवलोकनकर्ताको घुँइचो थियो । २ दिनसम्म सञ्चालन भएको कार्यक्रम १५ हजार बढीले अवलोकनकर्ताले अवलोकन गरेका छन् ।

रोबो सकर प्रतियोगितामा टेकस्पायर कलेजको टिम द रुलिङ ब्याइज विजेता र युनिग्लोबल कलेजको टिम टर्बो एक्स उपविजेता भएका छन् । प्रतियोगिताका विजेतालाई १० हजार र उपविजेतालाई ५ हजार नगदसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ । इन्जिनियरिङ भ्लग्सले व्यवस्थापन गरेको रोबो सकर प्रतियोगितामा कुल १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ, प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीसहित विभिन्न सरकारी निकायका उच्च अधिकारी, सल्लाहकार, एकेडेमीसीयन, विदेशी नियोगका प्रतिनिधि, लगानीकर्ता, विभिन्न कम्पनीका संस्थापक तथा कार्यकारी प्रमुख लगायत अन्य विशिष्ट व्यक्तिहरूले फेस्टको अवलोकन गर्दै युवाहरूको आईडिया र इन्नोभेसनमाथि उत्साह भर्ने काम गरेका थिए ।

फेस्टमा सातै प्रदेशबाट छनौट गरेर ल्याइएका ३० बढी स्टार्टअपका साथै आइसिटी अवार्ड २०२४ को प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट १० स्टार्टअप, १२ राइजिङ स्टार इन्नोभेसन तथा उत्कृष्ट १३ प्रडक्ट र सोसल इन्नोभेसनहरू प्रदर्शनीमा रहेका थिए ।

फेस्टमा सहभागी डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

आइसिटी अवार्ड २०२४ को प्रि-इभेन्टको रूपमा आयोजना भएको फेस्टले डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरूको नेटवर्किङ, प्रवर्द्धन, लगानी र थप परिस्कृत गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ ।

फेस्टमा सहभागी हुनुभन्दा अगाडि सातै प्रदेशका स्टार्टअप र आइसिटी अवार्डका सेमिफाइनलिष्टहरूलाई मेन्टरिङ, बुटक्याम्प र इण्डष्ट्री भिजिट जस्ता कार्यक्रम सञ्चालन गरिएको थियो ।

सातै प्रदेशबाट छनौट गरिएको ल्याइएका स्टार्टअपहरुबाट हरेक प्रदेशका उत्कृष्ट एक एक स्टार्टअपलाई आइसिटी अवार्डको ग्राण्ड फिनालेमा सम्मान पनि गरिने छ । अवार्डको ग्राण्ड फिनाले आगामी पुस ५ गते ह्यात रिजेन्सी बौद्धमा आयोजना हुँदैछ ।

अहिले आइसिटी अवार्ड २०२४ को लागि विभिन्न १४ विधामा छनौट प्रकृया सञ्चालन भइरहेको छ । फेस्टमै अवलोकनकर्तालाई अवार्डको स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार र सोसियल इन्नोभेसन विधाका मन परेका सेमिफाइनलिष्टहरूलाई भोट गर्न सकिने व्यवस्था समेत गरिएको थियो ।

लिभिङ विथ आइसिटीको आयोजना र द स्क्वाइड अफ चेन्जमेकरको सह-आयोजनामा भएको स्टार्टअप एण्ड आईडिया फेस्टलाई आईटी कलेज टेकस्पायर कलेजले शीर्ष प्रायोजन गरेको भने डिजिटल डिभाइड कम गर्न योगदान गरिरहेको एनसेल फाउन्डेसनको सहकार्य रहेको छ ।

त्यसैगरी स्मार्टन टेक्नोलोजीज, इन्जिनियरिङ भ्गल्स, राष्ट्रिय वाणिज्य बैंक, एमआईटी कलेज, हाम्रो पे, मेन्टरल्याब, एम्बिसन गुरू, ब्रोडवे इन्फोसिस, टेक्नोरियो, कान्तिपुर टिभी, किङ्ग्स कलेज, रोबोटिक्स एकेडेमी नेपाल, स्काई ब्रोडब्याण्ड, पाइला टेक्नोलोजी, रूटिन अफ नेपाल बन्द, नेपाल आन्टरप्रेनर्स हब, नेपाल दूरसञ्चार प्राधिकरण, सूचना प्रविधि विभाग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लगायतका संघ संस्थाको सहयोग तथा सहकार्य रहेको छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चर्च ब्वाइज काठमाडौँ विराट गोल्ड कपको सेमिफाइनलमा

मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...

सुनले झपक्कै मन्त्रिपरिषद् : सरकार चल्ला कि सुनकै तौलमा ढल्ला ?

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः २२ तोला सुन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...

बालेनको खातामा १ करोड ४६ लाख, सम्पत्तिको स्रोत– ‘फेसबुक, युट्युब र टिकटक’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...

चीनद्वारा भारतीय भूभागको नाम परिवर्तन प्रयासप्रति भारतको कडा आपत्ति

काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...

भारतीय नम्बरप्लेटका सवारी प्रतिबन्धप्रति सर्लाहीमा सर्वदलीय विरोध, आन्दोलनको चेतावनी

सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...

मकवानपुरमा ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद

हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending