भक्तपुर । प्रवासमा बसेर चीन फर्किएका प्रवासी चिनियाँ महासङ्घको प्रतिनिधिमण्डलले आज भक्तपुरको ऐतिहासिक स्थल अवलोकन भ्रमण गरेका छन् ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महासङ्घका उपाध्यक्ष छङ स्युएयुआनको नेतृत्वमा आएको टोलीलाई भक्तपुर दरबार क्षेत्रको प्रवेशद्धारमा पुष्पगुच्छा, भादगाउँले टोपी, खादा र परम्परागत थैली प्रदान गरेर स्वागत गरेका थिए । नगर प्रमुख प्रजापतिले चिनियाँ नेताले भक्तपुरका कला, संस्कृति संरक्षणलाई अवलोकनका क्रममा विशेष ध्यान दिएको बताए ।
यस्ता भ्रमणले नेपाली जनता र चिनियाँ जनताबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरे । महासङ्घका उपाध्यक्ष स्युएयुआनले सभ्यता र सँस्कृतिको आदान–प्रदानमार्फत दुई देशबीचको सम्बन्धलाई बलियो बनाउनुपर्ने बताउँदै भक्तपुर गहिरो साँस्कृतिक जग भएको कलात्मक सहर भएको उल्लेख गरे । उनले चीन–नेपालबीचको सम्बन्ध इतिहास जत्तिकै पुरानो रहेको स्मरण गरे ।
चिनियाँ टोलीमा महासङ्घका चु ल्यउ, लीन सियाओफान, चाओ रूओछन्, वाङ सङ हुई र चिनियाँ दुतावासबाट काउन्सिलर छिन वनछ्, वाङ तोङ, नेपाल प्रवासी चिनियाँ संगठनका अध्यक्ष चीन सियाओतोङलगायतको सहभागिता रहेको थियो ।
प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला सङ्ग्रहालय, स्वर्णद्वार, पचपन्न झ्याले दरबार, सिद्धिलक्ष्मी मन्दिर, सिलु महादेव मन्दिर र चतुर्ब्रह्म महाविहार अवलोकन गर्दै टौमढी क्षेत्रको पाँचतले मन्दिर, भैवनाथ मन्दिर, गःहिटीको लक्ष्मीनरसिंह मन्दिर हुँदै तालाक्व क्षेत्रमा मृत्तिका कलाको पनि अवलोकन गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...
पौष ७ गते, २०८२ - १७:४९
बङ्गलादेश । बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसि...
पौष ७ गते, २०८२ - १७:४७
जकार्ता । सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको उद्धारकर्ताहरूले बताएका छन् । राजधानी जकार्...
पौष ७ गते, २०८२ - १७:४४
पेरिस । आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानूनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ । दशकौँदेखि आणविक सङ्कट टार्न...
पौष ७ गते, २०८२ - १७:४१
मस्को । रूसले आफ्नो पाँचौँ पुस्ताको ‘एसयु–५७’ लडाकु जहाजमा नयाँ विमान इन्जिन ‘प्रोडक्ट १७७’ को सफल परीक्षण उडान सम्पन्न गरेको छ, जसको जानकारी राज्य स्...
पौष ७ गते, २०८२ - १७:३९
अबुजा । गत महिना नाइजेरियाको एक क्याथोलिक विद्यालयबाट अपहरण गरिएका १३० जना विद्यार्थी र विद्यालयका कर्मचारीहरूलाई रिहा गरिएको नाइजर राज्य प्रहरीले आइत...




प्रतिकृया लेख्नुहोस्: