चितवन । जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि चरा आउने क्रम सुरु भएको छ । चितवनका तीन खोलामा कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु यहाँ आएका हुन् ।
नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका संयोजक वासु विडारीका अनुसार अहिले राप्ती, नारायणी र रिउ खोलामा ४० भन्दा बढी प्रजातीका चरा आएका छन् । उनले भने- “अहिले नदी किनारमा आगन्तुक चार देख्न थालिएको छ । योसँगै चराहरु हेर्नका लागि आउने पर्यटकसमेत आइरहेका छन् ।”
चखेवा, जलेवा, कालोगरुड, सुरसुरे हाँस, कमन क्रेन, खोया हाँस लगायतका चराहरु आएको उनले बताए । नेपालमा आउने पर्यटकमध्ये चार प्रतिशत पर्यटक चरा हेर्न आउने गरेको उनको भनाइ छ ।
विभिन्न देशमा जाडो बढेसँगै हिउँ पर्ने र नदीहरु हिउँले ढाकिने हुँदा आहाराको खोजीमा चरा आउने गरेको उनले जानकारी दिए । यो समयमा एक सय ५० देखि एक सय ६० प्रजातीका चार यहाँ आउने गरेको उनको भनाइ छ ।
संयोजक विडारीले भने- “अहिले आएका चराहरुले बच्चा कोरल्ने काम गर्दैनन् । गर्मी मौसम सुरु भएसँगै यी चराहरु फर्कने गर्दन् ।” तराईको कोशी टापुदेखि कर्णालीसम्म पानीमा आश्रित चरा नेपाल आउने गरेको उनले जानकारी दिए ।
अहिले हाँस प्रजातिका चराहरु आइसकेको जनाउँदै उनले अन्य चराहरु पनि आउने क्रम जारी रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८१ - २०:५६
कैलाली । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा ‘सुदूरपश्चिम महोत्सव’ १८ औँ संस्करण आजदेखि कैलालीको धनगढीमा सञ्चालनमा आएको छ । ‘समृद्ध सुदूरपश्चिमका ला...
मंसिर २२ गते, २०८१ - २०:३८
काठमाडौं । सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक ...
मंसिर २२ गते, २०८१ - २०:३५
काठमाडाैं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले चालू आर्थिक वर्षमा दुई लाख सेवाग्राहीलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । गत आवमा एक लाख ६२ हजार बिराम...
मंसिर २२ गते, २०८१ - २०:०९
ललितपुर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शिक्षालाई ठीक ढङ्गले लैजान सकेमात्र समाजका सबै समस्या हल गर्न सकिने बताएका छन् । शिक्षक हित बचत तथा ऋण...
मंसिर २२ गते, २०८१ - १९:५५
जनकपुरधाम । त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगत् जननी सीताबिच विवाह भएको सम्झनामा जनकपुरधाममा जारी सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन...
मंसिर २२ गते, २०८१ - १९:४४
गलकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले स्थानीय स्रोत र साधनको अधिक उपयोग गरी देशलाई आर्थिक समृद्धिको मार्गमा ...
मंसिर २२ गते, २०८१ - १९:२७
ताप्लेजुङ । सुनसरी धरानको गोधुली फुटबल क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबर भएको फाइनल...
मंसिर २२ गते, २०८१ - १९:२२
काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । नवलपरासी पश्चिम, रामग्राम नगर...
मंसिर २२ गते, २०८१ - १९:१७
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एक्कासि र उत्तेजनामा संविधान संशोधन हुन नसक्ने बताएका छन् । कोशी प्रदेश समितिले शनिबार विरा...
मंसिर २२ गते, २०८१ - १९:११
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शासकीय स्वरूप र निर्वाचन प्रणाली बदल्नु पर्ने वेला आएकाे बताएका छन् । उनले राज...
प्रतिकृया लेख्नुहोस्: