काठमाडौं । नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट भएको छ । आज भएको अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा पुगेको हो ।
युएईले दिएको ८४ रनको लक्ष्य पछाएको नेपालले १४.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्दै प्रतियोगितामा शिर्ष स्थानमा रहदै विश्वकपमा छनौट भएको हो ।
यसअघि नेपालले टस हारेर पहिला बलिङ गर्दै शानदार बलिङ गरेर युएईलाई २० ओभरमा ९ विकेट गुमाउदै ८३ रनमा रोकेको थियो ।
यू-१९ महिला टी-२० विश्वकप आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुदै छ । १६ देशले भाग लिने यस विश्वकपमा १५ देशको टुंगो यसअघि नै लागिसकेको थियो भने नेपाल विश्वकप खेल्ने १६ देश बनेको छ । यस विश्वकपमा आयोजक मलेसिया, अघिल्लो विश्वकप खेलेका १० देश र क्षेत्रिय छनौटबाट नेपालसहित ५ देशले भाग लिदै छन् ।
जसमा अघिल्लो विश्वकप खेलेका अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, भारत, आयरल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इण्डिज रहेका छन् । त्यस्तै क्षेत्रीय छनौटबाट नेपालसहित नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् ।
यस विश्वकप खेल्ने १६ देशलाई चार समुहमा बिभाजन गरिएको छ । जसमा नेपाल समुह डी मा परेको छ । यस समुहमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् ।
यसअघि २०२३ मा भएको पहिलो यू-१९ महिला टी-२० विश्वकप भारतले जितेको थियो । २०२३ को विश्वकप छनौट प्रतियोगितामा नेपाल तेस्रो हुदै एसियाबाट छनौट हुन सकेको थिएन । एशियाबाट युएई शिर्ष स्थानमा रहदै छनौट भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८१ - १८:२४
काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट–एमआइआइपी) र जलवायु...
मंसिर २६ गते, २०८१ - १८:१४
बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ । लोकमार्गको अक्षतेबाट काठेखोला गाउँपालिका- ८ लेखानी गाउ...
मंसिर २६ गते, २०८१ - १८:०६
तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुईवटा सबस्टेसन निर...
मंसिर २६ गते, २०८१ - १७:५५
काठमाडौं । सहकारी पीडित तथा सहकारी बचतकर्ताहरुले बचत रकम फिर्ता गर्न माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगलाई ध्यानाकर्षणपत्र बुझाएको छ । राष्ट्रिय मानव...
मंसिर २६ गते, २०८१ - १७:५०
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–८ फुचा गाउँका अन्दाजी ४५ वर्षीय खड्कवीर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । सर्केगाड–मारघोर सडकको ‘ट्र्याक’...
मंसिर २६ गते, २०८१ - १७:४४
मान्म । जिल्लाको शुभकालिका गाउँपालिका– ३ भर्ता गाउँमा ६९ लाख ५३ हजार ४९८ को लागतमा आधुनिक प्रसूति सेवा केन्द्र (बर्थिङ सेन्टर) निर्माण हुने भएको छ । छ...
मंसिर २६ गते, २०८१ - १७:३९
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लोकसेवा आयोगमार्फत नयाँ नियुक्ति र बढुवाको प्रक्रिया अगाडि बढाएको छ । आयोगबाट पदपूर्तिको कार्य अगाडि ब...
मंसिर २६ गते, २०८१ - १७:३४
रोम । लामो समयदेखि राष्ट्रपति रहँदै आएका सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेपछि प्रधानमन्त्री बनेका नयाँ सङ्क्रमणकालीन सरकारका प्रधानमन्त...
मंसिर २६ गते, २०८१ - १७:३०
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास आयोजना कार्यान्वयनमा लागि तीन तहका सरकारबीच क्षेत्राधिकार परिभाषित हुन नसक्दा तथ...
मंसिर २६ गते, २०८१ - १७:२४
चीन । रुसी पूर्व राष्ट्रपति दिमित्री मेदभेदेव मस्कोको प्रमुख साझेदार मुलुकका नेताहरुसँग वार्ताका लागि यसै साता बेइजिङ भ्रमणमा आएका चिनियाँ विदेश मन्त्...
प्रतिकृया लेख्नुहोस्: