Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

माओवादी केन्द्रले बागमती प्रदेश सरकारलाई बुझायाे ज्ञापनपत्र

खबरडबली संवाददाता

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले बागमती प्रदेश सरकारको वर्तमान कामबाट जनता चरम निराशामा रहेको जनाएको छ । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलले बागमती प्रदेश सरकारले जनताको सेवा, प्रदेश विकासको आकाङ्क्षा र आवश्यकतालाई सम्बोधन गर्दै अगाडि बढ्न नसकेको आरोप लगाएको छ । 

मुख्यमन्त्री बहादुर सिं लामा तामाङ नेतृत्वको सरकारले सय दिनभित्र गरेका प्रमुख कार्यहरू सार्वजनिक गरेकै दिन प्रमुख विपक्षी दल माओवादी केन्द्रले यो अवधिमा प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएको हो । माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बुधबार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री लामालाई ज्ञापनपत्र बुझाउँदै प्रदेश सभामा सबैभन्दा ठुला दलको सरकार बनेपनि सरकारले जनताको सेवा, प्रदेश विकासको आकाङ्क्षा र आवश्यकतालाई सम्बोधन गर्न नसकेको बताए । 

उनले आर्थिक वर्षको पहिलो त्रैमासिक प्रगति ६.५ प्रतिशत मात्र हुनुले पनि सरकार आफ्नो काममा केन्द्रित छैन भन्ने स्पष्ट हुन्छ भन्दै सरकारलाई नबरालिन र आफ्नो कर्तव्यमा केन्द्रित भएर प्रदेश र प्रदेशवासी नागरिकको हितमा काम गर्न सरकारको ध्यानाकर्षण गराए । प्रदेश सरकारले आफ्नो सय दिनको उपलब्धि सार्वजनिक गरे लगत्तै मुख्यमन्त्री लामालाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘जनताले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकारसँग सुशासनको अपेक्षा समेत गर्न सकिरहेका छैनन् ।’

माओवादी केन्द्रका नेता गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले प्रदेशका विभिन्न जिल्लामा पुर्‍याएको धनजनको क्षतिका सम्बन्धमा प्रदेश सरकारले पुरा गर्नुपर्ने जिम्मेवारीका बारेमा भएको सर्वदलीय बैठकका निर्णय हुबहु अविलम्ब कार्यान्वयन गर्न माग गरे । 

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री लामाले सरकारलाई बुझाएको ज्ञापनपत्रलाई आफूहरूले सुझावको रुपमा लिएको र सरकारले बजेटको प्रभावकारी कार्यान्वयन सुरु भएको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending