Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

कडा सुरक्षाबीच दोस्रो दिन भैरहवामा रवि लामिछानेको बयान जारी

खबरडबली संवाददाता

भैरहवा । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज दोस्रो कडा सुरक्षाका बीच सरकारी वकिलको कार्यालय रुपन्देही लगिएको छ।

पहिलो दिन प्रारम्भिक वयान भएको र दोस्रो दिन वयानलाई निरन्तरता दिनका लागि आज विहान १० बजे लामिछानेलाई सरकारी वकिलको कार्यालय लगिएको हो।

उनलाई प्रहरीले प्रहरीको जंजिर नै बनाई नदेखिने गरि कडा सुरक्षाका साथ वयानको लागि लगिएको छ। सरकारी वकिलको कार्यालयमा ठूलो संख्यामा प्रहरी अधिकृतहरु नै खटिएर प्रहरीको घेरामा नै बयान कक्ष सम्म पुर्‍याइएको छ।

मंगलबार बयान पछि जिल्ला प्रहरी कार्यालयमा उनलाई राखिएको थियो। आज जिल्ला प्रहरी कार्यालयबाटै प्रहरीको कडा सुरक्षामा लामिछानेलाई सरकारी वकिलको परिसरमा पुर्‍याइएको थियो।

प्रहरीको गाडी भित्र रहेका लामिछानेलाई परिसर भित्रै गाडी राखी भित्री बाटोबाट वयान कक्ष सम्म लगिएको थियो। लामिछाने नदेखिउन भन्नका लागि वयान कक्ष सम्मको बाटोलाई प्रहरीको जंजिर बनाई घेरिएको थियो।

मंगलबार बयानपछि बाहिर निस्कने क्रममा सरकारी वकिलको कार्यालय परिसरमै ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रतिक्रिया दिएपछि माथिबाटै आदेश छ भन्दै रुपन्देही प्रहरी आज घेरा हाली लग्नु परेको प्रहरी स्रोतले बताएको छ।

पोखरा र रुपन्देहीमा एकै प्रकृतिको कसुर भए पनि जिल्ला र संस्था फरक(फरक भएकाले हरेक जिल्लामा लामिछानेबिरुद्ध छुट्टाछुट्टै मुद्दा दर्ता हुने रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले बताए। ‘जति जिल्लामा उजुरी दर्ता हुन्छ, त्यहींको कागजात र प्रमाणअनुसार नै प्रक्रिया अघि बढ्ने हो, एकै प्रकृतिको कसुरमा एकै चरणमा अनुसन्धान भए पनि गाभ्न मिल्दैन,’ उनले भने।

स्थानअनुसार प्रमाण फरक(फरक हुन सक्ने भएकाले मुद्दा गाभ्न नमिल्ने उनको भनाइ छ। अहिलेसम्म पक्राउ अनुमति लिइएका र अनुसन्धान गर्नुपर्ने देखिएका अन्य व्यक्तिहरूविरुद्ध पनि रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी रहेको राठौरले जानकारी दिए।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारीहरु लगायतको उपस्थितिमा सवा १० बाट बयान सुरु भएको छ । पहिलो दिन केही प्रशनहरु सोधिएको थियो। यस अघि सोही कसुरमा छविलाल जोशीसँग पनि बयान लिएको थियो। छविसँग ५६ सवाल जवाफ भएको थियो।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल मुलकुी फौजदारी कार्याव्यवस्थाको दफा १६ मा अनुसन्धान अधिकारीले सरकारी वकिल समक्ष वयान लिने व्यवस्था अनुरुप वयान लिनका लागि यहाँ अनुसन्धान अधिकारीले उपस्थित गराएको बताए।

‘रविको विरुद्धमा परेको सहकारी ठगी सम्बन्धी कसुरमा पहिलो दिन ३ घण्टा ३५ मिनेट बयान लिएको हो। प्रारम्भिक वयान भयो , लेखबद्ध गर्ने काम बाकी छ वयान गर्दै जादा कहिले सकिन्छ भन्न सक्ने अवस्था नरहेको’ उनले भने।

पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई सूर्यदर्शन सहकारीमा अनुसन्धान सकिएकाले सुप्रिमका लागि रवि लामिछानेलाई मंगलबार रुपन्देही ल्याइएको हो।

रुपन्देही जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीसहित १२ जनाविरुद्ध यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ। प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गरिरहेको छ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

रुपन्देही ल्याएसँगै रास्वपा र सहकारी पीडित दुवै पक्षले प्रदर्शनको गरिरहेका छन्। सुप्रिम सहकारी पीडितले उनलाई बयान लिने सरकारी वकिलको कार्यालय तथा जिल्ला अदालत परिसरमा वरिपरि प्रशासन निषेध गरी वयान जारी राखेकोले विरोध प्रदर्शन बाहिर भइरहेको छ

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending