Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

जेलभित्रको आफैंले १९ वर्ष पहिले निर्माण गरेको टहरामा मनाङे

खबरडबली संवाददाता

काठमाडौं । ज्यान मार्ने उद्योगमा ५ वर्षको कैद भुक्तानका निम्ति डिल्लीबजारस्थित सशस्त्र अनाश्रित गुल्म (चारखाल कारागार)चलान गरिएका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)आफैंले १९ वर्ष पहिले निर्माण गरेको टहरामा बसेका छन् ।

मंगलबार बिहान सानोभर्‍याङस्थित कम्फोर्ट हाउजिङबाट पक्राउ परेका मनाङेलाई प्रहरीले शुरूमा लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्युरोमा (सीआईबी) मा र त्यसपछि उच्च अदालत पाटनमा पेश गरेको थियो । अदालतको आदेशअनुसार उनी डिल्लीबजार कारागार चलान भएका हुन् ।

कारागारमा हाजिर गराइनासाथ उनले त्यहाँको ब्लक ‘ख’ नै रोजे, जहाँ आफैँले बनाएको दुई कोठे सुविधासम्पन्न टहरा छ । कारागारभित्र मनाङेका साथी भएका छन्, सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस) घोटाला प्रकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल ।

‘हामीले उहाँहरूलाई चाहेको ब्लकमा राख्नेसम्मको कुरा गछौं’, जेलर पूर्णबहादुर खत्रीले भने, ‘ब्लकभित्रको कुन कोठामा कसरी राख्ने भन्ने कुरा आन्तरिक प्रशासनले मिलाउने हो ।’

उनका अनुसार, जेलभित्रका नाइके, भाइ नाइके रहने आन्तरिक प्रशासनले कैदी, बन्दीलाई कहाँ, कसरी राख्ने भन्ने निधो गर्छ । कारागारस्रोतका अनुसार गुरुङलाई तोकिएको पाँच वर्षको कैदलाई सर्वोच्च अदालतले सदर गरेकै दिनदेखि उनले बनाएको टहरामा बसेका कैदीले ठाउँ खाली गर्ने मनस्थिति बनाएका थिए ।

‘उहाँ आउने कुरा निश्चितै थियो, आएपछि बस्ने ठाउँ यही हो भन्ने पनि हामीलाई थाहै थियो’, आन्तरिक प्रशासनका एक सदस्यले बताए ।

मनाङे कारागाभित्र रहँदा शारीरिक व्यायाम (जिम)का निम्ति आफैंले विभिन्न सामानहरू लैजाने गरेका छन् । टहरभित्रको एउटा कोठामा सुत्ने र अर्को कोठामा व्यायामसहित भान्सा बनाउने गरेका थिए । तर, यसपटक उनी जानुअघिसम्म अरु नै थुनुवा बसेका थिए ।

‘उहाँले व्यायामको सामान मगाउनुभयो भने एउटा कोठामा राख्न सकिन्छ’, आन्तरिक प्रशासनका एक सदस्यले बताए । उनका अनुसार अघिल्ला पटक जेलमा रहँदा मनाङेले आधा दिन व्यायाम गरेरै बिताउँथे ।

मनाङेले रोजेको ब्लक ‘ख’मा विकल पौडेलबाहेक अरु ‘हाइप्रोफाइल’थुनुवा छैनन् । पौडेलअघि राष्ट्रिय उन्मुक्ति पार्टीका नेता रेशम चौधरी त्यहीँ बसेका थिए ।

बरु, सोही कारागारको ब्लक ‘क’ मा ‘हाइप्रोफाइल’ थुनुवाको संख्या बढी छ । त्यहाँ सहकारी ठगीमा पक्राउ परेका केवी उप्रेती, इच्छाराज तामाङ, कर फर्स्यौट आयोगका अध्यक्ष चुँडामणि शर्मा, सदस्यहरू लुम्बध्वज महत र उमेश ढकालसहितका थुनुवा छन् ।

चक्रे मिलन भनिने मिलन गुरुङमाथि २०६१ वैशाख ३१ गते धारिलो हतियार प्रहार गरी हात काटेको घटनाका मुख्य योजनाकारका रूपमा मनाङे ०६१ सालदेखि नै उक्त कारागारमा पटकपटक राखिँदै र छाडिँदै आएका छन् । सोही घटनालाई पहिला कुटपिट मुद्दाका रूपमा अगाडि बढाइँदा पनि उनले त्यहीँ बसेर कैद भुक्तान गरेका थिए ।

उच्च अदालत पाटनले सो घटना ज्यानमार्ने उद्योगअन्तर्गत चल्ने र कैद अवधि ५ वर्ष हुने फैसला गरेपछि पनि उनले त्यहीँ ८ महिनाको कैद भुक्तान गरेका थिए । अदालतको फैसलाअनुसार उनले २८ महिना कैद भुक्तान गर्न बाँकी छन् । यसअघि उनले ३२ महिनाको कैद भुक्तान गरिसकेका छन् ।

कैद मिनाहाको माग गर्दै बुधबार नै सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिइने मनाङेका कानून व्यवसायी दीपकमणि निरौलाले बताए ।

‘५० प्रतिशतभन्दा बढी कैद भुक्तान भइसकेको कारण बाँकी कैद मिनाहाको माग गर्दैछौं’, उनले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending