वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अहिलेसम्मपनि तराई मधेसका जनताको आर्थिक स्तर उत्थान हुन नसकेको धारणा व्यक्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको वीरगञ्जमा जारी दुई दिने तराई–मधेश राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका अध्यक्ष थापाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा तराई मधेसका जनताको आर्थिक स्तर उत्थान नभएको धारणा राखे ।
तराई मधेसको उत्थान र जनताको आर्थिकस्तर उकास्नका लागि ‘तराई मधेस एकीकृत प्राधिकरण’ स्थापना गर्न उनले सरकारसँग माग गर्दै वीरगञ्जमा जारी राप्रपाको दुई दिने तराई मधेस राष्ट्रिय सम्मेलनले प्राधिकरण स्थापना आवश्यक रहेको निर्णय गरेको समेत पत्रकार सम्मेलनमा जानकारी गराए ।
मुलुकको आधा भन्दा बढी जनसंख्या रहेको मधेसको विकासका लागि कम बजेट विनियोजन भएकाले जनताको आर्थिक स्तर र जीवनस्तर उत्थान हुन नसकेको जनाउदै उनले आगामी दिनमा जनसंख्याको आधारमा बजेट विनियोजन हुनपर्ने धारणा राखे ।
अध्यक्ष थापाले तराई मधेशको सांस्कृतिक विविधतालाई अझ विस्तार गर्न मैथिली, भोजपुरी, अवधि र थारु भाषाको संरक्षण र सम्वर्द्धका लागि मातृभाषा संरक्षण आयोग गठन गरिनुपर्ने बताए । तराई मधेसमा पछिल्लो समयमा धर्म परिर्वतनको महारोग बढीरहेको दाबी गर्दै त्यसतर्फ सबै सनातनीहरु सचेत सजक रहनुपर्ने बताए ।
तराई मधेस मुलुककै अन्नभण्डार रहेको बिगतमा यहीको अन्नले निर्भर रहेपनि पछिल्ला केही वर्षदेखि खाद्यान्न आयात गर्नुपर्ने अवस्था आएकाले यहाँको कृषि र सिँचाइ एकीकृत योजना बनाएर अघि बढाउन सके खाद्यान्नमा आत्मनिर्भर हुन सकिने उनले जनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: