Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

श्रम स्वीकृति नलिई विदेशमा काम गरिरहेका नेपालीले सहजै स्वीकृति पाउने

खबरडबली संवाददाता

काठमाडौं । सरकारले श्रम स्वीकृति नै नलिई विदेशमा काम गरिरहेका नेपाली श्रमिकले अब श्रम स्वीकृति लिएर वैधानिक हैसियत प्राप्त गर्न पाउने व्यवस्था मिलाएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२४ को सेप्टेम्बरलाई ‘कटअफ डेट’ मानेर उनीहरूलाई श्रम स्वीकृत दिने निर्णय गरेको मन्त्री शरतसिंह भण्डारीले जानकारी दिए । “यो व्यवस्था कार्यान्वयनको प्रक्रियामा छ, प्राविधिक पाटो सुल्झेपछि सहजै श्रम स्वीकृति पाउनेछन् । नयाँ श्रम स्वीकृतिका लागि श्रमिकले ‘बायोमेट्रिक’ दिनुपर्ने हुन्छ, तर नियोगमा यससम्बन्धी प्रणाली नभएकाले केही ढिलाइ भएको हो”, मन्त्री भण्डारीले भने । 

श्रम स्वीकृति नलिई विदेशमा श्रम गरिरहेका घरेलुसहित सबै श्रमिकले यस व्यवस्थाबाट लाभ पाउन सक्नेछन् । श्रमिकलाई श्रम स्वीकृतिको प्रक्रियामा ल्याउन सम्बन्धित मुलुकमा रहेको नियोगका साथै नेपाली सङ्घसंस्थालाई पनि परिचालित गरिने मन्त्री भण्डारीको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending