विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरुको काटिएको विद्युत लाइन नजोडिएको विषयलाई हेर्दै जाने बताएका छन् । विराटनगरबाट काठमाडौं फर्किनुअघि होटल ह्यारिसनमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री ओलीले विद्युत लाइन जोड्ने सरकारको निर्णय कार्यान्वयन नभएको विषयमा सोधिएको प्रश्नमा यस्तो प्रतिक्रिया दिएका हुन ।
उनले भने, ‘आज पनि जोडिएन होइन, ल ठिक छ ! त्यो हेर्दै जानुपर्छ । तर देश बिगार्न, उद्योग धन्दा बन्द गर्न र देशलाई टाट पल्टाउन चाहिँ दिइँदैन ।’ पत्रकारहरुसँग खासै खुल्न नचेका प्रधानमन्त्री ओलीले एसपीपीको सम्बन्धमा वर्तमान सरकारलाई कुनै जानकारी नभएको बताए ।
संघीय सरकारले प्रदेशलाई अधिकार नदिएको गुनासो आइरहेको विषयमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले ‘त्यस्तो होइन होला, खाली अधिकारको कुरा होइन कामको कुरा गरौं न,’ भने । नेपाली काँग्रेस नेता डा. शेखर कोइरालाले सरकारले काम गर्न सकेन भनेर भन्दै हिँडिरहनु भएको छ नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले ‘त्यस्तो होइन होला’ भन्दै जवाफ दिए ।
बजारमा अनेकथरी हल्ला चल्ने गरेको भन्दै उनले भने, ‘सरकार नै ढल्छ भन्ने हल्ला छ त ! एक वर्षपछि शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, त्यसपछि उहाँले चुनाव गर्नुहुन्छ, चुनावले जे परिणाम दिन्छ त्यही कार्यान्वयन हुन्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८१ - २०:५२
सोलुखुम्बु । विभिन्न व्यक्तिलाई प्रलोभन देखाई ठगी कार्यमा संलग्न २ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सोलुदुधकुण्ड नगरपालिका...
मंसिर २० गते, २०८१ - २०:३४
काठमाडाैं । हत्या गरेको अपराधमा १४ वर्षदेखि फरार एक महिला पक्राउ परेकी छिन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दोलखा बैतेश्वर– १ घर भएकी ४७ वर्षी...
मंसिर २० गते, २०८१ - २०:३०
काठमाडौँ । गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी/ प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने नक्कली पिए लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ग...
मंसिर २० गते, २०८१ - २०:१३
काठमाडौं । छिमेकी देश चीनकाे भ्रमण सकेर फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले १४ बुँदे प्रेस नाेट जारी गरेका छन् । चिनियाँ प्रधानमन्त्री लि छियाङको न...
मंसिर २० गते, २०८१ - २०:०२
काठमाडौं । नेपाल पत्रकार महासङ्घले सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत सञ्चारकर्मीलाई धम्की दिएको विषयमा आफ्न...
मंसिर २० गते, २०८१ - १९:५९
रामपुर । नागरिकका गुनासो र अपेक्षा सङ्कलन गर्ने उद्देश्यले रामपुर नगरपालिकाले ‘जनप्रतिनिधिसँग संवाद’ कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाले १० वटै वड...
मंसिर २० गते, २०८१ - १९:५५
ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा सबैले सिक्न योग्य हुनेगरी काम गर्नुपर्नेमा जोड दिएका छन...
मंसिर २० गते, २०८१ - १९:५०
भैरहवा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि सरकारले लगानीको वातावरण बनाउने बताएका छन् । भैरहवामा आजदेखि सुरु भ...
मंसिर २० गते, २०८१ - १९:४३
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सातै प्रदेशमा सरकारविरुद्ध खवरदारी गर्ने भएकाे छ । माओवादी केन्द्रले आगामी केन्द्रीय समिति बैठ...
मंसिर २० गते, २०८१ - १९:०७
पाँचथर । ११औँ संस्करणको फाल्गुनन्द गोल्डकपको पुरस्कार राशि दोब्बरभन्दा बढीले वृद्धि भएको छ । आयोजक फिदिम रिपोर्टिङ क्लबले सदरमुकाम फिदिममा पत्रकार सम्...
प्रतिकृया लेख्नुहोस्: