Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

मुस्ताङमा चार महिनामा डेढलाख पर्यटक भित्रिए

खबरडबली संवाददाता

मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङमा पछिल्लो चार महिनाको अवधिमा करिब डेढलाख पर्यटक भित्रिएका छन् । चालु आर्थिक वर्षको साउन देखि कात्तिक महिनाको अन्तिमसम्म स्वदेशी र विदेशी गरेर एकलाख ४१ हजार ४७  पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । 

ति मध्य एकलाख ५ हजार ९ सय ९९ स्वदेशी र ३५ हजार ४८ विदेशी पर्यटक मुस्ताङ पुगेका छन् । दशैंदेखि यता मात्र १३ हजार सातसय २६ विदेशी र ७० हजार चार सय २१ आन्तरिक गरी ८४ हजार एकसय ४७ पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए । उनका अनुसार साना ठूला गरेर यो अवधिमा १८ हजार तीनसय ४५ सवारीसाधन मुस्ताङ भित्रिए । प्रहरी कार्यालयले घाँसामा सडक मार्गबाट भित्रिने पर्यटकको तथ्याङ्क राख्दै आएको छ । 

प्रहरीका अनुसार यो अवधिमा स्वदेशी र विदेशी गरेर १५ सय ३८ पर्यटक हवाई मार्ग हुँदै मुस्ताङ पुगेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमले विदेशी पर्यटको तथ्याङ्क राख्ने गर्दछ । अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत थोराङ्ला पास गरेर मनाङ हुँदै मुस्ताङ आउने पर्यटक,म्याग्दी हुँदै सवारी साधन मार्फत र हवाई मार्गबाट मुस्ताङ पुग्ने पर्यटकको तथ्याङ्क राखिने कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले बताए । उनका अनुसार यो अवधिमा सार्क मुलुकबाट २४ हजार ३ सय ८६ र अन्य मुलुकबाट १० हजार ६ सय ६२ पर्यटक मुस्ताङ भित्रिएका छन् । 

यसपाली मुस्ताङ भित्रिएका अधिकांश पर्यटकहरु माथिल्लो मुस्ताङ स्थित चीनको सीमानामा रहेको कोरला नाका पुगेका छन् । कोरला नाकामा दशैं देखि नै आन्तरिक पर्यटकको निकै भिडभाड भएको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टासी न्हर्वु गुरुङले बताए । उनले भने,‘‘लोमन्थाङ र चीनको सिमानामा रहेको कोरला नाकाको अवलोकनका लागि अघिल्लो वर्ष भन्दा यसपाली पाँचगुणा भन्दा धेरै पर्यटकहरु आए । दशैं देखि अहिले सम्म लोमन्थाङका सबै होटलहरु पर्यटकले भरिभराउ भएका छन् । पर्यटक आगमन बढेसँगै होटल व्यवसायीहरु उत्साहित भएका छन् ।’’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: