मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङमा पछिल्लो चार महिनाको अवधिमा करिब डेढलाख पर्यटक भित्रिएका छन् । चालु आर्थिक वर्षको साउन देखि कात्तिक महिनाको अन्तिमसम्म स्वदेशी र विदेशी गरेर एकलाख ४१ हजार ४७ पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् ।
ति मध्य एकलाख ५ हजार ९ सय ९९ स्वदेशी र ३५ हजार ४८ विदेशी पर्यटक मुस्ताङ पुगेका छन् । दशैंदेखि यता मात्र १३ हजार सातसय २६ विदेशी र ७० हजार चार सय २१ आन्तरिक गरी ८४ हजार एकसय ४७ पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए । उनका अनुसार साना ठूला गरेर यो अवधिमा १८ हजार तीनसय ४५ सवारीसाधन मुस्ताङ भित्रिए । प्रहरी कार्यालयले घाँसामा सडक मार्गबाट भित्रिने पर्यटकको तथ्याङ्क राख्दै आएको छ ।
प्रहरीका अनुसार यो अवधिमा स्वदेशी र विदेशी गरेर १५ सय ३८ पर्यटक हवाई मार्ग हुँदै मुस्ताङ पुगेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमले विदेशी पर्यटको तथ्याङ्क राख्ने गर्दछ । अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत थोराङ्ला पास गरेर मनाङ हुँदै मुस्ताङ आउने पर्यटक,म्याग्दी हुँदै सवारी साधन मार्फत र हवाई मार्गबाट मुस्ताङ पुग्ने पर्यटकको तथ्याङ्क राखिने कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले बताए । उनका अनुसार यो अवधिमा सार्क मुलुकबाट २४ हजार ३ सय ८६ र अन्य मुलुकबाट १० हजार ६ सय ६२ पर्यटक मुस्ताङ भित्रिएका छन् ।
यसपाली मुस्ताङ भित्रिएका अधिकांश पर्यटकहरु माथिल्लो मुस्ताङ स्थित चीनको सीमानामा रहेको कोरला नाका पुगेका छन् । कोरला नाकामा दशैं देखि नै आन्तरिक पर्यटकको निकै भिडभाड भएको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टासी न्हर्वु गुरुङले बताए । उनले भने,‘‘लोमन्थाङ र चीनको सिमानामा रहेको कोरला नाकाको अवलोकनका लागि अघिल्लो वर्ष भन्दा यसपाली पाँचगुणा भन्दा धेरै पर्यटकहरु आए । दशैं देखि अहिले सम्म लोमन्थाङका सबै होटलहरु पर्यटकले भरिभराउ भएका छन् । पर्यटक आगमन बढेसँगै होटल व्यवसायीहरु उत्साहित भएका छन् ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: